20110208

भारतको मुम्बईमा एक नेपाली युवाको हत्या ! सुनसरीको इटहरीमा एमाले कार्यकर्ताको छातीमा गोली हानी हत्या

भारत मुम्बईमा एक नेपाली युवाको हत्या भएको छ । विराटनगर घर भई मुम्बईमा ट्याम्पो चलाउँदै आएका झण्डै ४० वर्षिय परमेश्वर साह नेपाल फर्कने क्रममा अज्ञात समुहको आक्रमणमा मारिएका हुन् ।  घटनावारे मुम्मई प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी परिवारका सदस्यहरुलाई दिएको छ । एक दशकयता भारतमा ट्याम्पो चलाएर ६/६ महिनामा पूर्व आउने साहलाई हतियार प्रयोग गरी हत्या गरिएको पारिवारीक स्रोतले जनाएको छ । परिवारका सदस्यहरु शब बुझ्न मुम्मई गएकाले हत्या र मृत्युको विस्तृत कारण थाहा हुन सकेको छैन् । साहसित रहेको परिचयपत्रका आधारमा शबको पहिचान गरी प्रहरीले खवर गरेको थियो । भारतीय संचारमाध्यमहरुले पछिल्लो समयमा रेल्वे सेवामा लुटेरा समुहको गतिविधि बढेकाले असुरक्षा
भएको उल्लेख गरेका छन् । 
एमालेको भातृ संगठन युवा संघका मोरङका एक गाउँस्तरीय कार्यकर्ताको गोली हानी हत्या भएको छ । मोरङको दुलारी-१ निवासी २३ वर्षीय भुवन कार्कीको सोमबार राति सुनसरीको इटहरीमा हत्या भएको हो ।
उनको शव इटहरी-४ मा रिक्सामा मंगलबार बिहान फेला परेको थियो । एमाले स्रोतका अनुसार कार्की दुलारी गाउँ समिति सदस्य हुन् । मोरङ एमाले अध्यक्ष विनोद ढकालका अनुसार उनको पार्टीमा संलग्नता र घटनाबारे सोधखोज भइरहेको छ । प्रहरीका अनुसार छातीमा गोली हानी हत्या गरेको अवस्थामा पाइएका कार्कीलाईर् कसले गोली प्रहार गरेको भन्ने खुलेको छैन । शव पाइएको स्थान आसपास बिहानैदेखि कार्यकर्ताको ठूलो उपस्थिति रहेकाले तनावको अवस्था छ । कार्कीको शव धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमका लागि लगिएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक