20110208

एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकार धरै दिन नटिक्ने बताए कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले

लोकतान्त्रिक गठबन्धन भङ्ग, झलनाथलाई प्रधानमन्त्री बनाउनु प्रचण्डको त्याग होइन एउटा बाध्यता मात्र !

कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकार धरै दिन नटिक्ने बताएका छन् । प्रधानमन्त्री चयन भएको ६ दिन र शपथ लिएको तीन दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तारमा देखिएको ढिलाइले खनाल नेतृत्वको सरकार धेरै दिन नटिक्ने पौडेलको
दाबी थियो ।
तनहुँको कांग्रेस भिमाद गाउँ कार्य समितिले मंगलबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा मंगलबार बोल्दै पौडेलले माओवादी र एमालेको गठबन्धन स्वार्थपर्ूण्ा भएको जिकिरसमेत गरे । उनले खनाल सरकार मन्त्री चयनमै अल्भिmँदा लोकतान्त्रिक पद्धतिकै उपहास भएको समेत बताए । कांग्रेस नेता पौडेेलले सत्ता साझेदार दल एमाले-माओवादी दुवै सरकार चयनमै अल्झेकाले तोकिएको समयभित्र संविधान बन्नेमा आशंकासमेत व्यक्त गरे । उनले माओवादीमा हतियारमोह र एमालेमा सत्तामोह रहुन्जेल संविधान बन्नै नसक्ने जिकिरसमेत गरे । उनले माओवादी र एमालेबीच भएको सातबुँदे सहमति कार्यान्वयन हुनै नसक्ने पनि बताए । 'कांग्रेस सातबुँदे सहमतिको विरोधमा छ, हामी कुनै पनि हालतमा त्यसलाई कार्यान्वयन हुन दिँदैनौं,' पौडेलले भने । उनले माओवादी-एमाले सहमति प्रधानमन्त्री पद हत्याउन एमाले अध्यक्ष खनालले खेलेको खेलका रूपमा टिप्पणी गरे ।
एमालेले झलनाथ खनाललाई प्रधानमन्त्री बनाउन गरेको निर्णयसँगै करिब दुई वर्षअघि तर्जुमा भएको लोकतान्त्रिक गठबन्धन भङ्ग भएको छ । नेपाली काङ्ग्रेसले अब प्रमुख प्रतिपक्षीको सशक्त भूमिका निर्वाह गर्ने निर्णय लिएको छ । काङ्ग्रेसबाहेक तराईकेन्द्रित मधेसी जनअधिकार फोरम -लोकतान्त्रिक), तमलोपा र सद्भावनालगायतका प्रजातान्त्रिक दलहरूले पनि प्रतिपक्षमा बस्ने घोषणा गरेका छन् । तर, वामपन्थी पृष्ठभूमिका व्यक्तिको बाहुल्य रहेको तराईकेन्द्रित दलहरूले भने सरकारमा सहभागिता जनाउने आन्तरिक तयारी गरेका छन् । यसबाट लोकतान्त्रिक गठबन्धन भङ्ग भएको मात्र नभई राजनीतिक धु्रवीकरणको प्रक्रिया अरू गहिरिने सम्भावना बढाएको छ । यसपटक प्रधानमन्त्रीको चयन -माघ २०, बिहीबार) सँगै झलनाथ खनालले राष्ट्रिय सहमतिको सरकार गठनका नाममा माधव नेपाल नेतृत्वको सरकार विस्थापित गराउन तथा विगत सात महिनादेखि प्रधानमन्त्री चयन कार्यमा अड्चन सिर्जना गरिरहनुको वास्तविक कारण खुल्न पुगेको छ । काङ्ग्रेसको विश्वास प्राप्त गर्न गाह्रो पर्ने देखिएपछि माओवादीसँग भित्रभित्रै लहस्सिन पुग्नुभएका झलनाथ खनालले प्रचण्डको विश्वास पहिल्यै प्राप्त गरिसक्नुभएको र त्यस कार्यमा चिनियाँ भूमिकासमेत महत्त्वपूर्ण रहेकोे बताइन्छ । कुनै पनि हालतमा आफू प्रधानमन्त्री बन्न नसक्ने निष्कर्षमा प्रचण्ड पुग्नुभएपछि उहाँ आफ्नोअनुकूल पात्र खोजी गर्दै जाँदा झलनाथको नाममा गएर अडिनुभएको हो । झलनाथ मदन भण्डारी प्रतिपादित बहुदलीय जनवादको विरोधी हुनु र सदैव नयाँ जनवादी क्रान्तिका पक्षमा उभिनु, लोकतान्त्रिक मुलुक भारतको सद्भाव प्राप्त गर्न गरिएको कोसिसमा झलनाथ असफल भएको प्रचण्डले ठान्नु र आफूले दुश्मन घोषणा गरेको पार्टी नेपाली काङ्ग्रेससँग दूरीको सम्बन्ध हुनुलाई प्रचण्डले झलनाथको विशेष योग्यता ठान्नुभयो र वामपन्थी एकताको गुलियो तर एकपक्षीय नारा लगाउँदै प्रधानमन्त्री बन्न सहयोग पुर्‍याउनुभयो । झलनाथलाई प्रधानमन्त्रीमा समर्थन गरेर प्रचण्डले आफूबाट धेरै ठूलो त्याग भएको सार्वजनिक रूपमै दाबी गर्नुभएको छ । तर, त्यही त्याग उहाँले बाबुराम भटि्टराईका नाममा चाहिँ गर्न सक्नुभएन । जब कि भटि्टराईलाई प्रधानमन्त्रीका रूपमा अघि सारिएको भए माओवादीको नेतृत्वमा सरकार बन्ने त निश्चित छँदै थियो, राष्ट्रिय सहमतिकै सरकार गठन हुन पनि सम्भव थियो । यस प्रकरणबाट प्रचण्ड माओवादी पार्टीभित्र आफ्नो कोही विकल्प नभएको ठान्नुहुन्छ, नहोस् भन्ने चाहनुहुन्छ र कसैलाई माथि उठ्न दिन पनि चाहनुहुन्न भन्ने स्पष्ट भएको छ । झलनाथलाई प्रधानमन्त्री बनाउनु प्रचण्डको त्याग होइन एउटा बाध्यता मात्र थियो भन्ने कुराको पुष्टि तथ्यहरूले गरेका छन् ।
प्रचण्डले जेसुकै सोचेर झलनाथ खनाललाई प्रधानमन्त्री बनाउनुभएको भए पनि खनालबाट प्रचण्डको आकाङ्क्षा पूरा हुनेमा भने शङ्का छ । प्रधानमन्त्री हुनेबित्तिकै खनाल एमाले नेताहरूको नियन्त्रण घेरामा परिसक्नुभएको छ, जसलाई तोडेर बाहिर निस्कन असम्भव ठानिन्छ । घेरा तोड्ने प्रयास गर्नुभन्दा घेरा स्वीकार गर्नुमै लाभ हुने भएकोले सम्भवतः झलनाथले पार्टीको बनिबनाउ घेरा तोड्न प्रयास गर्नुहुने पनि छैन । पार्टी नियन्त्रणबाहिरको झलनाथ एमाले र लोकतन्त्र दुवैका लागि खतरा हुनसक्ने, तर पार्टी नियन्त्रणभित्रको खनालचाहिँ प्रचण्डका लागि मात्र खतरनाक हुने स्थिति भएकोले पनि एमाले पार्टी यतिखेर विशेष संवेदनशील बनेको छ । खनालसँग गुप्त रूपमा गरिएको सम्झौता अक्षरशः कार्यान्वयन नभएमा माओवादी पार्टीले पुनः हैरानी व्यहोर्नुपर्ने अवस्था आउनसक्छ, जसबाट सबैभन्दा ठूलो क्षति व्यक्तिगत रूपमा प्रचण्डलाई हुने देखिएको छ । झलनाथ खनालको भूमिका माओवादीअनुकूल नभएमा आफ्नै पार्टीभित्र प्रचण्ड ज्यादा आलोचित हुनुहुने निश्चित छ । मन्त्रिमण्डल गठनमा भएको विलम्वले एमाले-माओवादी सम्बन्धको स्थिति स्पष्ट पारेको छ । कदाचित माओवादीसमक्ष झलनाथले आत्मसमर्पण गर्नुभएन या लोकतन्त्र, शान्ति र संविधानका पक्षमा दह्रिलो अडान लिन खोज्नुभएको अवस्थामा माओवादीले साथ छोडे पनि तराईकेन्द्रित दल र नेपाली काङ्ग्रेसको समेत समर्थन झलनाथलाई हुनसक्ने सम्भावना छ । एमालेको भूमिकाले झलनाथलाई प्रधानमन्त्री बनाएर अति उत्साही बन्नुभएका प्रचण्डको उत्साहलाई शिथिल तुल्याइदिएको छ । माओवादीसँग दूरी बढ्दै गएमा काङ्ग्रेस र अन्य लोकतन्त्र पक्षधर दलहरूले झलनाथलाई समर्थन गर्ने घोषणा गर्न सम्भव छ, जुन घटना भएमा प्रचण्ड र उहाँलाई त्यसो गर्न उक्साउने शक्तिहरूसमेत एकैपटकमा थला पर्ने निश्चित छ । त्यसो भएमा प्रचण्डले छिमेकी मित्रराष्ट्र भारतलाई ताकेर काङ्ग्रेसलाई हानेको गोली प्रचण्डतिर नै र्फकनेछ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक