20110209

शेर बहादुरलाई प्रधानमन्त्री हुन नपाएकोमा चिन्ता, झलनाथलाई प्रधानमन्त्री भएर पनि चिन्ता, मन्त्रिका लागि मारामार !

नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले आफूलाई पार्टीले प्रधानमन्त्री उमेद्‍वार नबनाएर गल्ती गरेको बताएका छन्। उनले रामचन्द्र पौडेलको जिद्दी र पार्टी सभापतिले नपत्याइदिँदा प्रधानमन्त्री हुने मौका आँफूले गुमाएको बताए ।पाल्पाको तानसेनमा बुधबार विहान सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता देउवाले भने –‘१६-१६ पटकसम्म चुनाव हारेको मान्छेलाई प्रधानमन्त्रीमा नउठाउँ भनेर केन्द्रीय समितिमा भनेपनि संस्थापन पक्षले वेवास्ता गरेको काङ्ग्रेसले नेतृत्व गुमायो । माओवादी र एमालेबाट आफूलाई प्रधानमन्त्रीको लागि प्रस्ताव आएको दावी गर्दै उनले आफू प्रधानमन्त्रीमा उठेको भए जित्न सक्ने दावीसमेत गरे । नेता देउवाले एमाले-माओवादी गठबन्धन सरकारको गुण र दोषको आधारमा समर्थन गर्ने बताए । नेता देउवाले ब्यवस्थापिका संसद र संविधानसभा अलग अलग विषय भएकोले संविधान र शान्ति प्रक्रियासँग सरकारको कूनै भूमिका
नहुने समेत बताए ।
एकीकृत नेकपा माओवादीले एमाले भित्रको आन्तिरिक विवादका कारण मन्त्रीमण्डल विस्तारमा ढिलाई भएको आरोप लगाएको छ । अध्यक्ष पुष्पकमल दाहालसँग भएको सातबुँदे सहमति कार्यान्यवनमा एमाले भित्रै विवाद भएपछि मन्त्री मण्डल विस्तार हुन नसकेको माओवादीको आरोप रहेको छ । प्रमुख सत्तारुढ माओवादी र एमालले गृह मन्त्रालयमा आआफनो दावी नछाडेपछि मन्त्रीमण्डल विस्तार हुन सकेको छैन । बुधबार बिहान एक सञ्चारमाध्यमसँग कुरागर्दै माओवादी प्रवक्ता दिनानाथ शर्माले शीर्ष नेतृत्वबीच भएको सात बुँदे सहमति एमालेले स्वीकार नगरेका कारण समस्या उत्पन्न भएको बताए । शर्माले सहमति गर्ने र कार्यान्यवन नगर्ने परिपाटीको अन्त्य नभए आगामी दिनमा दलहरुसँग अविश्वास बढने टिप्पणी गरे । मन्त्रालय बाँडफाँडमा सहमति भएपछि मात्र आफनो दलबाट मन्त्री बन्नेको नाम तय गर्ने बताउँदै उनले समानुपातिक तथा समावेसी बनाउन अन्य दलमा समेत वर्तमान सरकारमा सहभागी गर्ने विषयमा छलफल अघि बडाउने बताए । मन्त्रालय बाँडफाँमा एमालेसँग कुनै समझदारी नभएको उनको भनाई रहेको थियो ।

मन्त्रालय बाँडफाटमा सहमति जुटाउन गठित एमाले-माओवादी कार्यदलले बुधबार पनि मन्त्रालय बाँडफाट टुंगो लगाउन सकेन । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा ठोस सहमति हुन नसकेको कार्यदल सदस्यहरुले जानकारी दिएका छन् । बैठक सकारात्मक भए पनि दलभित्र आन्तरिक छलफल आवश्यक भएकाले पुनः बुधबार नै बैठक बस्ने माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए । एमालेले आन्तरिक छलफल गरेपछि शीर्ष तहमा मन्त्रालय बाँडफाटबारे बैठक बस्ने श्रेष्ठले जानकारी दिए । शक्तिशाली मन्त्रालय बाँडफाटबारे कार्यदलमा सहमति नभएपछि त्यसको जिम्मा शीर्ष नेताहरुलाई दिएको उनले बताए । बैठकमा ७ वटा मन्त्रालय अन्य दललाई दिएर बाँकी १९ मन्त्रालय माओवादी-एमालेले बाँड्ने सहमति भएको कार्यदल सदस्य एवं माओवादी प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक