20110221

अन्तरराष्ट्रिय नेपाली साहित्य समाजको शितकालिन कबि गोस्ठी कार्यक्रम वाशिङटन डिसीमा सम्पन्न

प्रकाश नेपाल कबिता प्रतियोगितामा प्रथम !
अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को वासिङगटन डीसी मेट्रो च्याप्टरले हरेक वर्ष आयोजना गर्ने शीतकालीन कविता प्रतियोगिता यस वर्ष यही फेब्रुअरी २० का दिन
भर्जिनियास्थितस्थानीय आर्लिङ्गटन लाइब्रेरीमा सम्पन्न गरेको छ l

गुणराज लुइटेल, रविन्द्रभक्त श्रेष्ठ, अनिषा दवाडी, विवेचना निरौला, प्रकाश नेपाल र विजय थापाले प्रतियोगी कविता वाचन गर्नु भएको थियो भने होमनाथ सुवेदी, शरद निरौला, रजनी श्रेष्ठ, मञ्जु निरौला, रामप्रसाल खनाल, गोपाल रेग्मी, प्रेम संग्रौला, हेमन्त श्रेष्ठ र विमला निरौलाले आफ्ना कविता अप्रतियोगी रुपमा कविता वाचन गर्नु भयो । रामप्रसाद खनाल, गोपाल रेग्मी र मोहन निरौला रहनु भएको निर्णायक मण्डलले कविता छनौट गरेको प्रतियोगिता प्रकाश नेपालको अशुभ हुन्छ भन्छन् शीर्षकको कविता प्रथम, गुणराज लुइटेलको क्रन्दन दोश्रो र विजय थापाको नेपाल आमा नामक कविता तेस्रो भएका थिए । प्रमुख अतिथि नेपाली दूतावासका प्रथम सचिव आनन्द प्रसाद शर्माले विजयी कविहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नु भयो ।

कार्यक्रममा साहित्यकार गोविन्द गिरी प्रेरणाले नेपाली मुर्धन्य साहित्यकारहरु कवि शिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मी प्रसाद देवकोटा, बालकृष्ण सम, भूपि शेरचन, हृदयचन्द्र सिंह प्रधान लगायतका व्यक्तित्वहरुका काव्य यात्रा सम्बन्धमा प्रकाश पार्नु भएको थियो । सो अवसरमा अनेसास बोर्ड अफ ट्रष्टीका अध्यक्ष होमनाथ सुबेदीले प्रवासमा साहित्य विस्तारको लागि सवैको सहयोग चाहिने कुरा बताउनु भयो ।

सोही अवसरमा प्रमुख अतिथि नेपाली दूतावासका प्रथम सचिवले कवयत्री तथा लेखिका मञ्जु निरौलाको नयां पुस्तक ‘यथार्थमा अमेरिका’को पनि विमोचन गर्नु भयो ।
अनेसाससका आजिवन सदस्य विजय थापाले संचालन गर्नुभएको उक्त कार्यक्रममा प्रमुख अतिथि आनन्दप्रसाद शर्माले अनेसासले नेपाली साहित्यको जगेर्ना गर्न पुर्‍याएको योगदानको प्रसंशा गर्दै आफैद्धारा रचित छन्दबद्ध कविता वाचन गर्नु भयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक