20110221

तामाङ समाज द्वारा अमेरिकाको डिसीमा मनाइएको लोसार

तामाङ सोसाईटी अफ ग्रेटर वाशिंटनले फेबु्रवरी २० तारिकका दिन भर्जिनियाको स्प्रींगफिल्डमा एक भब्य कार्यक्रमको आयोजना गरी २४४८ औं ल्होसार (नयाँ वर्ष) पर्व मनायो । हरेक वर्ष
ल्होसार कुनै जनावरको प्रतिनिधि वर्ष हुने हुदा यस वर्ष (ल्होसार) बिरालो वर्ष पर्दछ ।

लामा गुरुको मन्त्रोचारण र पूजाद्धारा सुरु भएको यस कार्यक्रमका प्रमुख अथिती नेपाली दुताबास वाशिंटन डिसीका उपनियाक प्रमुख कालिप्रसाद पोखरेलले पानसमा बत्ति बाली औपचारिक कार्यक्रमको उद्घाटन गर्नु भयो । आफ्नो मन्तव्यका क्रममा पोखरेलले यस खाले कार्यक्रमहरुले नेपाली वालवालिकाहरुलाई हाम्रो आफ्नो संस्कृति बारे बुझ्न र यो हाम्रो हो भन्न सहयोग गर्ने हुनाले यसको विशिष्ट महत्व रहने कुरा बनाउनु भयो ।

कार्यक्रममा तामाङ सोसाईटी अफ ग्रेटर वाशिंटन डिसीका उपाध्यक्ष विना लामाले आगन्तुक तथा सहभागीलाई स्वागत गर्दै ल्होसारबारे जानकारी समेत प्रदान गर्नु भयो । तामाङ सोसाईटी अफ ग्रेटर वाशिंटन डिसीका पुर्व अध्यक्ष डिगबहादुर तामाङले केहि दिन पहिले आत्महत्या गर्न पुगेकी गायिका योगीता मोक्तानका बारेमा प्रकाश पार्नुका साथै समवेदना व्यक्त गर्नु भयो ।

तामाङ सोसाईटी अफ ग्रेटर वाशिंटन डिसीका अध्यक्ष श्रीलाल मोक्तानको अध्यक्षतामा सम्पन्न औपचारीक सत्रमा तामाङ सोसाईटी अफ अमेरिका न्यूयोकका निवर्तमान अध्यक्ष इन्द तामाङ, तामाङ सोसाईटी अफ अमेरिकाका प्रेम तामाङ, तामाङ सोसाईटी अफ वाशिंटन डिसीका पुर्व अध्यक्षहरु डिगवहादुर तामाङ र श्याम लामाको सहभागीता रहेको थियो । कार्यक्रममा अध्यक्ष मोक्तानले कार्यक्रमलाई सफल पार्न कार्यक्रममा उपस्थित हुनु भएका सहभागी तथा आगन्तुकहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो ।

कार्यक्रमको दोस्रो र अनौपचारिक सत्रमा सास्कृतिक कार्यक्रम भएको थियो । गायक गायिकाहरु संजिव प्रधान, राजु लामा (एन्जल व्याण्ड), मंजु पुन, शशि दाहाल, सागर मोक्तान, मेधना लामा, मोहित लामा , नविन तामाङ, पेमा लामा आदिले आ-आफ्ना गीतले कार्यक्रमलाई मनोञ्जनात्मक बनाउनु भएको थियो । ल्हमु तामाङ, प्रमिला लामा, आयुष्मा कोईराला, करुणा मोक्तान, सुजु गुरुङ, गणेश ग्लन, ब्रजेश लामा, रश्मी लामा, सजिता लामा, श्रेयङ्का दाहाल, सृष्टीका दाहाल, रुविना लामा, आदी स्थानीय कलाकारहरुले नृत्य प्रस्तुत गर्नुभयो । उक्त कार्यक्रममा ९ वर्षीया वालिका श्रृष्नीता लामाले निक्कै रोचक मार्सल आर्ट प्रस्तुत गर्नु भयो ।

कार्यक्रममा डिसी मेट्रो क्षेत्र वरपर रहेका नेपाली तथा अमेरिकी वासिन्दाहरुको मात्र उपस्थिती नभएर न्यूयोक, वोस्टन लगायत अमेरिकाका अन्य शहरमा बसोवास गर्ने नेपालीहरुको समेत उपस्थिती थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक