20110222

हात हेराउने र भैँसी पूजागर्ने प्रचन्डले भने "भारतलगायतका देशी विदेशीहरू नेपालको शान्ति प्रक्रिया विथोल्न लागिपरे"

एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारतलगायतका देशी विदेशी शति्कहरू नेपालको संविधान बन्न नदिई शान्ति प्रक्रिया विथोल्न लागिपरेको बताउनुभएको छ। एकीकृत नेकपा (माओवादी) जिल्ला सङ्गठन समिति बर्दियाद्वारा जनयुद्धको माइतीगाउँ सोरहवा–२ जगतियामा आयोजित भेलालाई सम्बोधन गर्र्दै अध्यक्ष दाहालले भन्नुभयो– जनताको संविधान बन्न नदिन र शान्ति कायम हुन नदिन भारतलगायतका विदेशी दलाल र प्रतिक्रियावादी तत्वहरूले षड्यन्त्र गरिरहेका छन्, त्यसले हाम्रो स्वाभिमान र राष्ट्रियता सङ्कटमा परिरहेको छ। उहाँले विदेशी दलाल र चाकडी गरेर बस्न चाहने तत्व देशमा स्थापित हुने खतरा
बढेको स्पष्ट पार्दै भन्नुभयो– एकीकृत (माओवादी) र राष्ट्रियताविरुद्ध षड्यन्त्र चलेकाले त्यसकाविरुद्ध खबरदारी गर्न नेपाली जनता सङ्घर्षमा उत्रिनुको विकल्प नरहेको जिकिर गर्नुभयो। अध्यक्ष दाहालले विदेशी रिमोर्टकन्ट्रोलबाट चल्ने पुराना संरचनाका राजनीतिक दलहरूका कारण सरकार गठनमा ढिलाइ भइरहेको बताउनुभयो

सो भेला एकीकृत माओवादीका जिल्ल्ाा इन्चार्ज तीलक शर्मा हिमालको सभापतित्वमा भएको थियो। यसअघि सहिद तथा बेपत्ता परिवारसँगको साक्षात्कारमा एमाओवादीका अध्यक्ष दाहालले आफ्नो समर्थनमा बनेको एमालेको सरकार रहिरहे सहिद बेपत्ता परिवारलाई रु १० लाखका दरले राहत उपलब्ध गराउने प्रतिबद्धता व्यत्क गर्नुभयो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक