20110223

फकाउनका लागि प्रधानमन्त्री झलनाथ खनालद्वारा एमाले केन्द्रीय कमिटीका सदस्य, सभासद र पार्टी सल्लाहकारहरुलाई रात्रिभोज !

 आफुले भनेको नभए झलनाथ सरकार ढाल्ने प्रचन्डको धम्की !
 प्रधानमन्त्री झलनाथ खनालले बुधबार पार्टी नेताहरुका लागि रात्रिभोजको आयोजना गरेका छन् । साँझ  प्रधानमन्त्रीको निवास बालुवाटारमा  रात्रिभोजका लागि एमाले केन्द्रीय कमिटीका सदस्य, सभासद र पार्टी सल्लाहकार कमिटीका सदस्यहरुलाई निम्तो दिइएको थियो ।  झलनाथ खनालले प्रधानमन्त्रीमा आफु निर्वाचित भएको उपलक्ष्यमा पार्टी नेताहरुका लागि रात्रिभोजको आयोजना गरिएको जनाइएको छ । माओवादी का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सातबुँदे सम्झौतामा तलमाथि गर्ने प्रयास भइरहेको बताउँदै त्यसमा तलमाथि भए वर्तमान सरकार ढल्ने बताउनुभएको छ। मंगलबार नेपालगन्जका साचारकर्मीसँग बोल्दै अध्यक्ष प्रचण्डले सातबुँदे सम्झौता शान्तिप्रक्रिरयाको तार्किक निष्कर्ष जनअपेक्षित संविधान र स्थायित्वका लागि भएकाले यसको कांग्रेसले विरोध गरेकोमा
आश्चर्य व्यक्त गर्नुभयो। उहाँले राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रिया सफल नभएकाले बहुमतको सरकार गठन गरिएको प्रस्ट पार्दै सरकार गठनको प्रक्रियाको नै विरोध गर्ने कांग्रेससँग त्यसबारे छिट्टै संवाद गरिने बताउनुभयो। क्रान्तिकारी पत्रकार संघ बाँकेले नेपालगन्ज विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले एमालेको निर्णयसँगै आफ्नो पार्टीको पोलिटब्युरोको बैठक बसेर राजनीतिक दिशा कसरी अगाडि बढाउने भन्ने निर्णय गर्ने बताउनुभयो। उहाँले भन्नुभयो- कुनै पनि मन्त्रालयमा आफ्नो माग वा अडान नभएको तर सातबुँदे सहमतिभित्रै त्यसको टुंगो लागिसकेकाले विवाद गर्नुको अर्थ छैन। पार्टीको आन्तरिक विवादका सन्दर्भमा दायाँतिर मोहन वैद्य किरण र बायाँतर्फका डा. बाबुराम भट्टराईलाई संकेत गर्दै पार्टीमा कुनै किसिमको विवाद नभएको दाबी गर्दै देशभरका प्रशिक्षणमार्फत उक्त सन्देश कार्यकर्तातहमा पुर्याएको दाबी गर्नुभयो। उहाँले भन्नुभयो- तपाईंहरुका लागि दुःखद खबर छ- हामी मिलिसक्यौं पार्टीमा कुनै विवाद छैन। मंगलबार मात्रै मध्य तथा सुदूरपश्चिमका तीन राज्यसमितिका सहभागी ६ सयबढी कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सातबुँदे सम्झौताबारे प्रस्ट्याउँदै जनयुद्ध र जनआन्दोलनको मर्म भावनाअनुरुप संविधान बनाउन स्थायी सरकारको आवश्यकता भएकाले सम्झौता गर्नुपरेको प्रस्ट्याउनुभएको थियो। धेरैजसो समय एमालेभित्रको अन्तर्विरोध र पार्टीमा देखिएको समस्याबारे बोल्नुभएका अध्यक्ष प्रचण्डले आन्तरिक विवाद सम्पूर्ण रुपमा सकिएको बताउनुभयो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक