20110216

प्रधानमन्त्री खनालले पार्टी निर्णयविपरीत नै माओवादीलाई गृह मन्त्रालय दिन लागेको भन्दै त्यसो नगर्न केपी ओली र माधव नेपालको चेतावनी

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष झलनाथ खनालले पार्टी निर्णयबिना नै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँग दोस्रो सहमति गरेकोमा नेता केपी ओलीले भेटेर आपत्ति जनाउनुभएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार भएको भेटमा नेता ओलीले प्रधानमन्त्री खनाल र माओवादी अध्यक्ष प्रचण्डबीच भएको सातबुँदे सहमतिलाई सच्याउने पार्टी निर्णय भएको तर कुनकुन बुँदालाई कसरी सच्याउने भन्ने विषयमा कुनै पनि निर्णय नहुँदै अर्को सहमति भएकाले सो सहमतिलाई पार्टी सहमति मान्न नसकिने बताउनुभएको थियो।
दोस्रो सहमतिका बारेमा आफ्ना भनाइ राख्न प्रधानमन्त्रीनिवास बालुवाटार पुग्दा सुरक्षाकर्मीले रोकेको भन्दै फर्कनुभएका नेता ओलीले बुधबार भने प्रधानमन्त्री खनाललाई सरकारी कार्यालय सिंहदरबारमा भेट्नुभएको थियो। नेता ओलीले प्रधानमन्त्रीमा खनाल रहुन्जेल अब बालुवाटार नजाने बताइसक्नुभएको छ। नेता
ओलीले प्रधानमन्त्री खनालले पार्टी निर्णयविपरीत नै माओवादीलाई गृह मन्त्रालय दिन लागेको भन्दै त्यसो नगर्न चेतावनी पनि दिनुभएको थियो। पार्टी स्थायी समितिले अर्थमा भरतमोहन अधिकारी गृहमा विष्णु पौडेल र शिक्षामा गंगालाल तुलाधरलाई पठाउने निर्णय गरिसकेको अवस्थामा निर्णय परिवर्तन नहुँदै प्रधानमन्त्री खनालले अर्को निर्णय लिएमा त्यसको परिणाम भोग्न तयार हुन पनि नेता ओलीले चेतावनी दिनुभएको थियो।
तपाईंले पार्टी निर्णयविपरीत गृह मन्त्रालय माओवादीलाई दिनुभयो भने यो सरकार एमालेको सरकार हुनेछैन -ओलीको भनाइ उद्धृत गर्दै्र एक नेताले भने। नेता ओलीले कुनै पनि हालतमा सुरक्षासम्बन्धी मन्त्रालय माओवादीलाई दिनै नहुने अडान व्यक्त गर्नुभएको थियो।

भेटमा नेता ओलीलाई मंगलबार राति प्रधानमन्त्रीनिवास बालुवाटारबाट सुरक्षाकर्मीले फर्काएको विषयमा पनि छलफल भएको थियो। प्रधानमन्त्री खनालले आन्तरिक विषयलाई सार्वजनिक गरेको भन्दै ओलीसँग असन्तुष्टि जनाउनुभएको थियो भने ओलीले पनि आफूलाई पहिलो पटक बालुवाटारमा रोकिएको भन्दै असन्तुष्टि जनाउनुभएको बुझिएको छ।

नेता ओलीले आफू र वरिष्ठ नेता माधवकुमार नेपाल अझै पनि सातबुँदे सहमति पार्टी निर्णयअनुरुप पुनर्लेखन हुनुपर्ने अडानमा रहेको जानकारी गराएर निस्कनुभएको थियो।

1 comment:

  1. This is nothing but shameful politics. The whole nation cares so less about the person in power and wants peace and development, regardless of who is in power. If one party cannot unite within itself, how can that party unite the whole country?
    Personally K P Oli needs to be hanged by his balls. Neither he has the vision Nepal needs nor the capability. Too much talking!!!!

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक