20110224

अमेरिकाका राष्ट्रपति ओबामाले लिबियामा जारी रक्तरञ्जित संघर्षलाई निन्दा गर्दै विश्वले एक भएर लिबियाप्रति प्रतिक्रिया जनाउन आग्रह


 
 अमेरिकाका राष्ट्रपति बाराक ओबामाले लिबियामा जारी रक्तरञ्जित संघर्षलाई निन्दा गर्दै विश्वले एक भएर लिबियाप्रति प्रतिक्रिया जनाउन आग्रह गरेका छन् । लिबियाली प्रशासनले सर्वसाधारणका विरुद्ध हिंसा प्रयोग गर्नु निन्दनीय भएको बताउँदै अमेरिकाले उनका विरुद्ध केही विकल्प तयार गर्नेबारेमा विचार गरिरहेको पनि उनले बताएका छन् । लिबियाका सम्बन्धमा संसारभरका राष्ट्रको एक मत नभएको हो कि भन्ने आशंका ओबामाको धारणा बाहिर आएपछि गर्न थालिएको छ ।
 
ओबामाको यस धारणापछि लिबियामा अब गृहयुद्ध हुने सम्भावना रहेको बताउँदै लिबियाली सरकार प्रमुख कर्णेल मुआमार अल गद्दाफीले जनताहरुलाई घरबाहिर ननिस्कन चेतावनी दिएका छन् । घरबाहिर निस्किएमा मारिने सम्भावना बढी भएकाले आफ्ना बालबालिकाहरुलाई घरबाहिर जान नदिन आग्रह गरेका छन् ।
यसअघि मंगलबारमात्र संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले लिबियासँग हिंसा अन्त्य गर्नका लागि माग गरेको थियो । यता अरब लिगले पनि लिबियासँगको आफ्नो सम्बन्ध सकिएको घोषणा गरेको थियो ।
 
बुधबार अफ्रिकी संघले पनि 'नागरिकका विरुद्ध बढीभन्दा बढी बल प्रयोग गर्नु निन्दनीय' भन्दै प्रतिक्रिया दिएको थियो । चाँडै आफ्नो क्रियाकलापमा सुधार नल्याए गद्दाफी सरकारविरुद्ध प्रतिबन्ध लगाउनेसम्मको विचार गरिरहेको अमेरिका र युरोपेली संघले यसअघि नै प्रतिक्रिया दिइसकेका छन् ।
उदेक त के छ भने विश्वभर यस्तो प्रतिक्रिया आइरहँदा पनि घटनाक्रमलाई लिएर गद्दाफी सरकार उदासीन देखिएको छ । 
गद्दाफी सरकारको नियन्त्रण राजधानी त्रिपोली र पश्चिमी लिबियामा मात्र सीमित छ । प्रदर्शनकारीहरुले पूर्वी भागमा आफ्नो किल्ला गाडेको घोषणा गरिसकेका छन् ।
अहिलेसम्म आन्दोलनको क्रममा ३ सयभन्दा बढी प्रदर्शनकारीहरु मारिएको खबर छ भने शहर बन्द छ । सरकार नियन्त्रित क्षेत्रमा भने सडकभर गद्दाफी समर्थक बन्दुकधारीहरु घुमिरहेका छन् । प्रदर्शनकारीहरुलाई सडकबाहिर ननिस्कन चेतावनी दिइएको छ भने निस्किएको खण्डमा गोली हानी मार्ने आदेश पनि दिइएको छ ।
आन्दोलनकारीहरु सशक्त हुँदै गइरहेका छन् भने कर्नेल गद्दाफीको नियन्त्रणक्षेत्र साँघुरिदै जान थालेको छ । शहरका विभिन्न क्षेत्रमा सेनाको ट्याङ्क तैनाथ गरिएको छ । राजधानीको पूर्वी क्षेत्रमा रहेको एउटा शहरमा आन्दोलनकारीहरुको नियन्त्रण रहेको छ भने स्थानीय व्यक्तिहरुले सेनासँग लुटेका बन्दुकहरु लिन लामो लाइन लागेका छन् ।
बन्दुक लिएर उनीहरु "त्रिपोलीको लडाइँ"मा आफू भाग लिन तयार भएको आन्दोलनकारीहरुले बताएका छन् । सरकारका तर्फबाट सम्पूर्ण सरकारी कर्मचारहिरुलाई काममा र्फकन एसएमएस पठाइएको छ तर कर्मचारीहरु काममा र्फकन डराइरहेका छन् ।

६ सय नेपालीहरु मारमा
यता एक रिपोर्टअनुसार लिबिया छोड्न लागेका नेपालीहरु त्यहाँबाट उम्कने प्रयासमा लागिपरेका छन् । त्यहाँ काम गर्न पुगेका ६ सय नेपालीहरु आन्दोलन चर्कंदै गएपछि फाट्टफुट्ट देश छोड्न भ्याए पनि अझै करिब ६ सय कामदारहरु छिमेकी देश इजिप्ट हुँदै नेपाल र्फकने तयारीमा रहेका छन् । तर आन्दोलन चर्कंदै गएका कारण सरकारी कर्मचारीहरु अफिस नगएका कारण नेपालीहरुको विचल्ली भएको बताइएको छ । उनीहरु कार्यालय कतिबेला खुल्ने हो भनी प्रतीक्षामा बसेका छन् ।
अन्य देशका नागरिकहरु भने आन्दोलन शुरु हुने बित्तिकै उद्धार शुरु भएका कारण समस्यामा नपरेका तर आन्दोलन चर्किसक्दा पनि नेपाली दूतावास र नेपाल सरकारका तर्फबाट कुनै पहलकदमी नहुँदा उनीहरुको त्यहाँ बिजोग भएको बताइएको छ । लिबियामा करिब २ हजार १ सय नेपालीहरु कार्यरत रहेको वैदेशिक रोजगार विभागको तथ्याङ्क रहेको छ ।

द्वन्द्व अझै चर्किने सम्भावना
विपक्षीहरु सहरहरु कब्जा गर्दै जाने र कर्णेल गद्दाफीले गद्दी नछोड्ने वा राजीनामा दिने कुनै कारण नभएको बताइरहँदा द्वन्द्व चर्किने सम्भावना बढेर गएको छ । गद्दाफीले यसअघि नै प्रदर्शनमा निस्किनेहरुलाई कीरा र साङ्लाको उपमा दिँदै आन्दोलनमा निस्कनेलाई हत्या गर्न उक्साएका छन् । यता प्रदर्शनकारीहरुलाई दमन गरेको भन्दै उनकै जेठा छोराले समेत उनको साथ छाडेर आन्दोलनप्रति एक्यबद्धता जनाएका छन् ।
 

को हुन् गद्दाफी ?
सन् १९४२ को जुन ७ मा जन्मिएका गद्दाफी सन् १९६९ मा भएको विप्लवपछि नेता बनेका हुन् । उनी सन् १९७२ देखि राष्ट्रको प्रधानमन्त्रीका रुपमा आसिन छन् । उनी प्रधानमन्त्री पदमा सबैभन्दा लामो समयसम्म रहने व्यक्तिका रुपमा पनि चिनिन्छन् । हालै अरब राष्ट्रहरु ट्युनिसिया, इजिप्टलगायतका क्षेत्रमा आन्दोलन भड्किएपछि यहाँ पनि फरवरी महिनादेखि आन्दोलन सुरु भएको हो ।
बेडोयुन परिवारमा जन्मिएका उनी सुरुताका इजिप्टका राष्ट्रपति गमाल अब्देल नासेरका प्रशंसक थिए । त्यतिबेलाको चर्चित अरब सोसियलिस्टलाई उनी मान्थे । सन् १९५६ मा इजरायलविरोधी प्रदर्शनमा उनले पनि भाग लिएका थिए ।
उनी सैनिक कलेजमा पढे । उनले सैनिकसम्बन्धी तालिम गि्रस र बेलायतमा लिएका थिए । सेप्टेम्बर १, सन् १९६९ मा गद्दाफी स्वयंले नेतृत्व गरेको रक्तहीन संघर्षका क्रममा इदि्रस राजालाई बर्खास्त गरेका थिए । राजा इदि्रस उनी टर्कीमा आफ्नो उपचारका क्रममा थिए । राजकुमार सैयद हसनलाई सेनाले घरभित्रै नजरबन्द पारेको थियो । उनी आफूलाई क्रान्तिकारी सेना मान्थे र उनैले राजतन्त्रको अन्त्य भई लिबियाली अरब रिपब्लिक भएको घोषणा गरेका थिए । त्यतिबेला मात्र २७ वर्षका उनले आफूलाई नयाँ ँचे ग्वेभेरा’ मान्थे । त्यसयता नै लिबिया पश्चिमी देशहरुका विरोधीहरुको स्वर्गका रुपमा परिचित हुन पुग्यो ।
उनले रक्तहीन क्रान्तिपछि रिभोल्युसनरी कमाण्ड काउन्सिल बनाई देशमा रा जगर्न थाले । उनी त्यो काउन्सिलको अध्यक्ष भए । उनले सन् १९७० देखि आफूलाई प्रधानमन्त्री भन्न थालेतापनि २ वर्षदेखि नै प्रधानमन्त्री भन्न छाडेका थिए । 
उनी राष्ट्रप्रमुख भएपछि राष्ट्रलाई समाजवादी राष्ट्र भएको घोषणा गरेका थिए भने उनले आफ्नो देशको शासन प्रणालीलाई लोकपि्रय प्रजातन्त्र भन्न थालेका थिए । यो प्रणालीलाई उनले इस्लामिक समाजवाद भन्थे । एकताका माओले सानो रातो किताब लेखेजस्तै गद्दाफीले आफ्नो राजनीतिक दर्शनलाई हरियो किताब लेखेका थिए र सोहीअनुसार शासन प्रणाली लेखका थिए । यो हरियो किताब सन् १९७५ देखि १९७८ सम्म तीन भागमा बजारमा ल्याएका थिए ।
सन् २००१ मा अमेरिकामा भएको ट्वीन टावर आक्रमणपछि गद्दाफीले आतङ्कवादविरुद्ध लड्नका लागि आफूले सक्दो सहयोग गर्ने वचन दिएपछि भने उनीप्रतिको पश्चिमी देशको धारणामा परिवर्तन भएको थियो । खासगरी ८० को दशकमा रोनाल्ड रेगनको राष्ट्रपतीय कार्यकालमा अमेरिकी सेनाले लिबियाली सेनालाई धूलो चटाएको प्रकरणपछि चिसिएको सम्बन्ध केही सुधार भएको थियो । सन् २००४ मा बेलायती प्रधानमन्त्री टोनी ब्लेयरको भ्रमणपछि गद्दाफीका बारेमा भएका भ्रम च्यात्तिएको भन्दै ब्लेयरले उनको प्रशंसासमेत गरेका थिए । त्यसपछि सन् २००६ मा अमेरिकी स्टेट डिपार्टमेन्टले आफ्ना सम्पूर्ण कूटनीतिक लिबियासँग खोल्ने निर्णय गरेको थियो ।
गद्दाफीले दुई बिहे गरे भने उनका ८ सन्तान भए । तीमध्ये ७ जना छोरा मात्र छन् । उनले दुई सन्तान हाना र मिलादलाई गोद लिएका छन् । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक