20110225

माओवादी झलनाथ खनाल नेतृत्वको सरकारमा सहभागी नहुने, एमालेले सातबुँदेलाई कार्यान्वयन नगरी धोका दिएको निष्कर्ष !

एमालेले सातबुँदे सहमतिलाई स्पष्ट नपारेसम्म एकीकृत नेकपा माओवादी झलनाथ खनाल नेतृत्वको सरकारमा सहभागी नहुने भएको छ । शुक्रबार बसेको माओवादी स्थायी समिति बैठकले सातबुँदे सहमतिमा एमालेको धारणाप्रति असहमति जनाउँदै खनाल नतृत्वको सरकारमा सहभागी नहुने
निर्ण्र्ाागरेको हो । बैठकले तत्काल सरकारमा सहभागी नभए पनि सरकारलाई दिएको र्समर्थन भने यथावत् राख्ने निर्ण्र्ाागरेको छ । बैठकले सातबुँदे सहमतिलाई एमालेले स्पष्ट नपारेसम्म सरकारमा सहभागी नहुने निर्ण्र्ाागरेको माओवादी प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए । 'सातबुँदे सहमतिलाई एमालेले स्पष्ट नपारेपछि माओवादी यथास्थितिमा सरकारमा सहभागी नहुने निर्ण्र्ााा पुगेको छ,' बैठकपछि प्रवक्ता शर्माले भने, 'हामी सरकारबाहिर बसेर नै यो सरकारलाई र्समर्थन गर्नेछौं ।' एमाले केन्द्रीय कमिटी बैठकले संघीय लोकतान्त्रिक गणतन्त्र किटान गरी लडाकूको छुट्टै फोर्स गठन र दर्ुइ दलको आलोपालो प्रणाली अस्वीकार गर्दै पर्ूवव्याख्यासहित सातबुँदे सहमति अनुमोदन गरेको थियो । एमालेको सो निर्ण्र्ााआफूअनुकूल व्याख्या गर्न मिल्ने भन्दै थप स्पष्ट पार्न गरिएको आग्रहविपरीत एमाले गएको ठहरसमेत माओवादीले गरेको छ ।
बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एमालेसँग पटक-पटक भएको वार्तामा पनि अनुमोदित सातबुँदे सहमतिलाई कार्यान्वयन गर्नुको बदला आफूअनुकूल व्याख्या गरेको जानकारी गराएका थिए । उनको बिप्रिmङपछि स्थायी समिति सदस्यहरूले एकमतले सरकारमा नजाने निष्कर्षनिकालेको हो । 'सरकारमा नजाने निर्ण्र्ाार्सवसम्मतले पारित भयो,' बैठकपछि स्थायी समिति सदस्य लीलामणि पोखरेलले भने । प्रधानमन्त्री निर्वाचनको पर्ूवसन्ध्यामा गत २० माघमा एमाले अध्यक्ष खनाल र माओवादी अध्यक्ष दाहालबीच सरकारको नेतृत्व आलोपालो गर्नर्े, रक्षा र गृह मन्त्रालय बाँडफाँट गर्ने, माओवादी लडाकूको छुट्टै फोर्स गठन गर्नेलगायत सातबुँदे सहमति भएको थियो ।
सोही सहमतिमा टेकेर माओवादीले आङ्खनो उम्मेदवारी फिर्ता लिएर खनाललाई र्समर्थन गरेको थियो । माओवादी स्थायी समितिले प्रधानमन्त्री निर्वाचनपछि एमालेले सातबुँदेलाई कार्यान्वयन नगरी धोका दिएको निष्कर्षनिकालेको छ ।
तत्काल सरकारमा नजाने निर्ण्र्ाागरेको माओवादीले एमालेले सातबुँदे सहमतिलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए सरकारमा सामेल हुन सक्ने बताएको छ । 'एमाले केन्द्रीय समिति बैठकले अनुमोदन गरेको सातबुँदे सहमतिलाई स्पष्ट पार्दै कार्यान्वयन गरे माओवादी सरकारमा सामेल हुन सक्छ,' प्रवक्ता शर्माले सञ्चारकर्मीहरूसँग भने, 'त्यसका लागि एमाले तप्पर हुनु पर्‍यो ।' बैठकले लामो समयदेखि चर्चामा रहेको तर गठन हुन नसकेको केन्द्रीय अनुशासन समिति गठन गरेको छ । पार्टर्ीीचिव पोष्टबहादुर बोगटीको संयोजकत्वमा गठित समितिमा स्थायी समिति सदस्य अमिक शेरचन, प्रवक्ता दीनानाथ शर्मा, केन्द्रीय सदस्य जयपुरी र्घर्तीमगर र सल्लाहकार हस्तबहादुर केसी सदस्य छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक