20110226

झलनाथ खनाललाई पार्टी त्यागेर स्वतन्त्र नेता बन्न माओवादी सुझाव


एकीकृत नेकपा माओवादीका पोलिटव्युरो सदस्य हेमन्त प्रकाश वलीले सात बुँदे सम्झौता लागू नगर्ने प्रधानमन्त्री तथा एमाले अध्यक्ष झलनाथ खनाललाई पार्टी त्यागेर स्वतन्त्र नेता बन्न सुझाव दिएका छन्। सात बुँदे सम्झौता अक्षरस पालना नभएसम्म माओवादी सरकारमा सामेल नहुने उनले बताए। एमालेले संझौता तोडेको भन्दै सरकारमा जाने आधार नबनेको उनको भनाई थियो। वलीले सात बुँदामा एमालेको स्ष्ट धारणा अझै आईनसकेको बताउँदै स्पष्ट नहुँदै सरकारमा जानु घातक हुने बताए। जेठ १४ गते भित्र संविधान निर्माण नभए उनले आन्दोलनमा उत्रने बताए। 'संविधान नबन्ने अवस्था आए नयाँ ढंगले सोँच्नु पर्छ। बाध्यतावस आन्दोलनमा उत्रने अवस्था पनि आउन सक्छ।’ उनले भने। उनले नयाँ संविधानका लागि आधारभुत खाका तयार भएको अवस्थामा संविधान सभाको म्याद केहि दिनका लागि मात्रै तलमाथि गर्न सकिने
बताए। १२ बुँदे सहमति देखिनै परिवर्तनको गति रोक्न चाहेका शक्तीहरू अहिलेसम्म पनि सक्रिय रहेका बताए। सेना समायोजन हुन नदिने र जनसेनालाई विघटन गर्ने कोसिस भैरहेको उनले दाबी गरे। लोकतन्त्रका पूर्वाधारहरुलाई भत्काएर प्रतिक्रान्तिकारीहरूले देशमा अशान्ति मच्चाउन चाहेका उनले बताए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक