20110226

गजल :

 जमाना नै उल्टो हो कि !?
- रामप्रसाद खनाल
राम्रो कुरा गर्दा खेरी, उल्टो सुन्छन् मान्छेहरु !
सहयोग पुग्ने कुरा गरे, उल्टो बुझ्छन् मान्छेहरु !
आफ्नै ठानी विश्वास गर्दा, घात गर्छन् मान्छेहरु !
सुल्टो गर्दा सम्झी उल्टो, वात गर्छन् मान्छेहरु !!!

विदेशमा आउँदा पनि, सुध्रिदैनन् मान्छेहरु
राम्रो कुरा सिक्न किन, उघ्रिदैनन् मान्छेहरु ?
आफ्नो  विगत चट्ट भुल्छन्, ठूला बन्न मान्छेहरु
इज्यत सम्मान सट्ट भुल्छन्, ठूला बन्न मान्छेहरु !!!

कौवाले कान लग्यो भन्नुस्, दौडी हाल्छन् मान्छेहरु
नकारात्मक सोंचाईमै, पौडिहाल्छन् मान्छेहरु
किन होला यस्तो भनी सोंच्थे मैले पहिले पहिले !
जमाना नै उल्टो हो कि जस्तो देख्छु मैले अहिले !!!

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक