20110219

वर्तमान अवस्थामा पनि राष्ट्रिय शक्तिहरूबीच समन्वयको झन् आवश्यकता : पूर्वराजा ज्ञानेन्द्र ( देशवासीको नाममा सन्देश जारी गर्दै )

"प्रजातन्त्रको राजमार्गलाई फराकिलो पार्दै उत्तम प्रतिफलका लागि निषेधकारी राजनीतिक संस्कृतिभन्दा राष्ट्रिय शैलीको आमसमझदारीलाई अवलम्बन गर्नु आवश्यक"
 पूर्वराजा ज्ञानेन्द्रले नेपाल र नेपालीको भाग्य निर्माण गर्ने अभिभारा हामी नेपालीकै हो र राष्ट्रको स्वाधीनता, प्रजातन्त्र जगर्ेना र नेपालीको भविष्य सुनिश्चित गर्नका निमित्त वर्तमान अवस्थामा पनि राष्ट्रिय शक्तिहरूबीच समन्वयको झन् आवश्यकता रहेको उल्लेख गर्नुभएको छ। ६१औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा देशवासीको नाममा शुभकामना सन्देश जारी गर्दै उहाँले देशको राजनीतिक परिवेश सुहाउँदो लोकसम्मतिका आधारमा प्रजातन्त्रको राजमार्गलाई फराकिलो पार्दै उत्तम प्रतिफलका लागि निषेधकारी राजनीतिक संस्कृतिभन्दा राष्ट्रिय शैलीको आमसमझदारीलाई अवलम्बन गर्न देशभक्त तथा प्रजातन्त्रनिष्ठ शक्तिहरूबीच सम्मति हुनु उचित हुने जनाउनुभएको छ। शुभकामना सन्देशमा उल्लेख छ- ँराजनीतिक अभ्यास र प्रयोगको शृंखलाबाट अघि र्सर्दै आज हामी इतिहासको नयाँ मोडमा उभिएका छौं। राजनीति एक आदर्श र कला मात्र नभई विज्ञान र व्यवहारको सन्तुलित सम्भार पनि हो। प्रजातान्त्रिक राजनीति एवम् राज्यपद्धति देश र जनताको हितमा सधैं हुनुपर्छ भन्ने विश्वव्यापी
मान्यताअनुरूप नेपालको राष्ट्रिय अस्मिता, स्वाधीनता तथा शान्ति सर्ंवर्द्धन कार्यमा हाम्रो प्रजातान्त्रिक विचार र विवेक पनि सदैव केन्द्रित रहनुपर्दछ।’

2 comments:

  1. श्री ५ ज्ञानेन्द्र सरकार जस्तो सच्चा रास्त्रबादी कोइ पनि देखेयेना...देश र जनता ले निकास पाउन भनेर, देशमा शान्ति आओस भनेर आफ्नो पुर्खा देखि चल्दै आएको राजकाज नै छाडे...आज कोही नेता छ तेसरी देश र जनता को लागि त्याग गर्ने?

    ReplyDelete
  2. Raja ra praja ko jaya hos

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक