20110219

सहमति ! सहमति ! सहमति !     
-निर्मल प्याकुरेल
 जतिसुकै सहमतिको विगुल फुकुंन नेपाली राजनितिज्ञहरुले , तर सहमतिको अनुहार देख्ने भाग्य नेपाली जनताहरुको पर्ुर्पुरोमा कहिले भएन । सहमतिको आबस्यकता , सहमतिको गृहकार्य , सहमतिको लागी आगामी योजना , सहमतिका बु“दाहरु । मानौं सपर्ुण्ा नेपाल सहमतिय धरातलमा घेरिएको छ,  र यो घेरा टुटाउन पनि सहमतिनै चाहिएको छ । अनि बिकास , प्रगति ,जनताको चाहना आदि कुराहरु त नेताहरुको कल्पनाको सिमारेखा भित्र पनि छैन । एउटा प्रधानमंत्रीलाई मंत्रीको नियूक्त गर्न पनि सहमति - सहमति बिना  प्रधानमंत्रिको अस्तित्व छैन भने , प्रधानमंत्रिको लागी किन सक्षम व्यक्ति
चाहियो - दोवाटोको काले कुकुरलाई ल्याएर प्रधानमंत्रिको कर्ुर्सिमा राखिदिए भैहाल्यो नि † उस्ले त केहि गर्नु छैन..काम त सबै सहमति बाट भैहाल्छ । सहमतिको आबस्यकतामा कसैको दर्ुइमत हुनसक्दैन । तर राजनैतिक धरातलमा राजनैतिक व्यक्तित्वको क्षमतालाई नै पहिलो प्राथमिकता दिनर्ुपर्छ  । त्यसपछि मात्रै सहमतिको निति अवलंम्वनको आवस्यकता हुन्छ । एउटा प्रधानमंत्रिको लागी एकातिर आप\mनै पार्र्टर्ीीो सहमति , अर्कोतिर बिपक्षी पार्टर्ीीे सहमति - यो संभव छ - प्रधानमंत्रि भनेको सहमतिको दम हालेर चलाईने खेलौना घोडा हो - खै कहा“ गयो जीन्दगी भर राजनीति गरेर बटुलेको अनुभव - कि जनताको आ“खामा सहमतिको छारो हालेर आप\mनो अयोग्यता लाई लुकाउन खोजेको -
दुखको कुरो, हरेक प्रधानमंत्रि  नियूक्त हुने क्रमसंगै आफुलाई स्वतः दम हालेर चलाउने घोडा किन ठान्छ - आप\mनो राजनैतिक अनुभवको प्रयोग किन गर्दैन - जहिले पनि नेपाली राजनिति अन्यौलग्रस्त - कहिले हुने नेताहरु बिच सहमति - अनि कहिले निरिह र गरिब जनताहरुले बिकाशको फल खानपाउने - छ कोहि राजनैतिक नेताहरु संग यसको उत्तर - यदि उत्तर छैन भने सहमतिको नाउ“मा नेपाली जनताहरु लाई सधैं झुटो सा“न्त्वना किन दिने -
सहमति आफैमा नराम्रो शव्द थिएन । तर नेपाली नेताहरुले सहमतिलाई यसरी धुजाधुजा बनाई दिए कि , सहमति भन्ने कुरो बिकाश र प्रगती सामू भयंकर डरलाग्दो दानवको रुपमा नेपाली राजनैतिक धरातलमा प्रकट भैदियो । बिकाश र प्रगतिको लागी राजनिति होईन, सहमतिको लागी राजनिति गर्नथाले नेताहरु । साह्रै मिठो भाबार्थ बोकेको यो सहमति शव्दलाई नेपाली नेताहरुले यति बिकृती दिए कि , कुनैपनि नेपालीले कल्पनामा पनि अब यो शव्दलाई सुन्न चाहदैन ।
 नेताज्यूहरु..† अब सहमतिलाई बिर्सिएर आप\mनो राजनैतिक सुझबुझलाई प्रयोग गर्नथाल्नुस् । पद जोगाउनका लागी मात्रै गर्नखोजीएको  सहमतिलाई सबैले बुझेका छन् । त्यसैले सहमतिको चारो घरिघरि जनतालाई नहाल्नुस् । फेरि आफै सहमतिको खाल्डोमा पुरिनुहोला †


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक