20110204

मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, तराई मधेस लोकतान्त्रिक पार्टी र सदभावना पार्टी नयाँ सरकारमा सामेल नहुने !

संयुक्त मधेसी मोर्चामा आबद्ध तीन मधेसवादी दलहरूले झलनाथ खनाल नेतृत्वको सरकारमा सहभागी नहुने निर्णय गरेका छन् । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, तराई मधेस लोकतान्त्रिक पार्टी र सदभावना पार्टी नयाँ सरकारमा सामेल नहुने भएका हुन् । सदभावना पार्टीको कार्यालयमा शुक्रबार बसेको तीन दलको बैठकले प्रतिपक्षमा बस्ने निर्णय गरेको हो । बैठकमा तराई मधेस लोकतान्त्रिक पार्टी नेपाल र फोरम नेपालका प्रतिनिधी उपस्थित थिएनन् । त्यसैगरी बैठकले मतदाता नामावली संकलनकाक्रममा नागरिकता अनिवार्य गराइएकोमा आपत्ति जनाउँदै नागरिकताबिना पनि फोटोसहितको परिचयपत्र वितरण गर्न सरकारलाइ आग्रह गरेको छ । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक