20110227

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो च्याप्टरको आयोजनामा कवि गोष्ठी सम्पन्न
- कोलोराडो प्रतिनिधी शैलेश पोख्रेल/निर्मल प्याकुरेल
 अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो च्याप्टरको आयोजनामा मासिक रुपमा हुँदै आइरहेको कवि गोष्ठी
कार्यक्रम 'साहित्य संगम'को २०११ फेब्रुअरी अंक हिजो शनिबार फेब्रुअरी २६ ,२०११ का दिन वासुदेव खनाल तथा सम्झना आचार्यको आथित्यमा वहाँहरुको निवास व्हिटरिज कोलोराडोमा, सफलतापूर्वक सम्पन्न भयो। कवि गोष्ठी कार्यक्रमको संचालन च्याप्टरका अध्यक्ष पदम विश्वकर्माले गर्नु भएको थियो भने कार्यक्रममा अन्य साहित्य अनुरागीहरुका अतिरिक्त बरिष्ठ नेपाली गजलकार तथा कथाकार मनु ब्राजाकी तथा योग गुरु श्री ललित शंकर योगी पनि उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा आफ्ना रचना पाठ गर्ने कवि/कवियत्रीहरुमा मिना पौडेल, विजयराज शर्मा, प्रमिला शर्मा, केशव आचार्य, विजय अधिकारी, निर्मल प्याकुरेल, वासुदेव खनाल, सम्झना आचार्य, राजु सिटौला, आचार्य प्रभा, पदम विश्वकर्मा, मनु ब्राजाकी तथा कुमारजंग कार्की हुनुहुन्थ्यो। यसको साथै कार्यक्रममा कवियत्री रन्जु 'मार्ग'को आगन्तुक कविता केशव आचार्यले पाठ गर्नु भएको थियो। यसैगरी योग गुरु श्री ललित शंकर योगीले कार्यक्रममा योग साधना र देश प्रेमको बारेमा आफ्नो छोटो मन्तव्य राख्नुको साथै आफ्ना केही कविता र भजनहरु पनि सुनाउनु भएको थियो। कार्यक्रममा सहभागी हुनुहुने अन्य साहित्य अनुरागीहरुमा कृष्णप्रसाद लामिछाने, माया लामिछाने तथा चिरन्जिवी रेग्मी हुनुहुन्थ्यो। कार्यक्रममा फोटो तथा भिडियो खिच्ने कार्य शैलेश पोख्रेलले गर्नु भएको थियो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक