20110227

सडकबाटै जनताको संघीय गणतन्त्रसहितको संविधान घोषणा गर्ने माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईको उद्घोष


 प्रतिगामी शक्तिहरुले माओवादीलाई एक्ल्याएर संविधानसभा भंग गर्न खोजेको आरोप लगाउँदै पूर्व अर्थमन्त्री एवम् एकीकृत माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले देश प्रतिगमनतिर फर्किए सडकबाटै जनताको संघीय गणतन्त्रसहितको संविधान घोषणा गर्ने उद्घोष गर्नुभएको छ। शनिबार काभ्रेको भकुन्डेबेसीमा स्थापना गरिएको मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको उद्घाटन गर्दै उहाँले प्रतिगामीहरुले संविधानसभालाई बन्धक बनाएर जेठ १४ गतेभित्र भंग गर्न खोजेको आरोप पनि लगाउनुभयो। राजतन्त्र गए पनि अझै रहेका राजतन्त्रका ठेकेदारहरुले माओवादीलाई नेतृत्व गर्न नदिने प्रपाच रचेका छन् सरकार मात्र होइन अहिले त मन्त्रीहरुसमेत नदिने भनेर ती प्रतिगामीहरु अघि बढेका छन् उहाँले भन्नुभयो- माओवादीलाई एक्ल्याउने प्रयास भइरहेको
छ संविधानसभालाई बन्धक बनाएर यसलाई भंग गर्न खोजिएको छ हामी संविधानसभाबाट नयाँ संविधान निर्माण हुन नसके आन्दोलनमा गएर सडकबाट संघीय गणतन्त्रसहितको संविधान ल्याईछाड्छौं। दुई वर्षदेखि राजनीतिक अस्थिरताले संविधान र शान्ति अन्योलमा परेको बताउँदै उहाँले देशमा नयाँ संविधान निर्माण र शान्तिप्रकि्रया निष्कर्षमा पुर् याउनका लागि संयुक्त सरकारको विकल्प नभएको बताउनुभयो। साथै उहाँले जनताद्वारा चुनिएको सबैभन्दा ठूलो दलको नेतृत्वमा सबै दल सरकारमा सहभागी नभएसम्म संविधान निर्माण र शान्तिप्रक्रिया निष्कर्षमा पुग्न नसक्ने ठोकुवा गर्नुभएको थियो। संविधानसभामार्फत संविधान बनाउनु र शान्तिप्रकि्रयालाई तार्किक निष्कर्षमा पुग्नुको सट्टा अहिले प्रधानमन्त्री पदको झिनाझपडी बढी हुँदा राजनीतिक नेताहरु नै लज्जित हुनुपरेको प्रसंग उठाउँदै उहाँले हरेक कुरामा निहुँ खोज्नुको सट्टा संविधान निर्माणमा केन्द्रित हुन आग्रह गर्नुभएको थियो। गाउँको आर्थिक विकास नगरी नयाँ नेपाल बनाउछु भन्नु गँजडीको गफ मात्र हुने डा. भट्टराईको तर्क थियो। आफू अर्थमन्त्री हुँदा लगानी बोर्ड र सहकारी बोर्ड बनाउन खोजे पनि सरकार ढलेपछि त्यो सम्भावना टरेको उहाँको भनाइ थियो। कार्यक्रममा पण्डित दीनवन्धु पोखरेलले राजनीति मात्र सबै क्रान्ति होइन भन्दै सामाजिक आर्थिक र सांस्कृतिक क्रान्तिको सम्मिश्रण नवक्रान्तिमार्फत पनि नयाँ नेपाल बनाउन सकिने बताउनुभयो। सोही अवसरमा सभासद् अक्कलबहादुर थिङ एमाले जिल्ला उपसचिव अशोक व्यांजु नेपाली जनता दलका उपाध्यक्ष कविराज तिमल्सिना बाइट बैंकका संचालक भेषराज तिमल्सिना सहकारीका अध्यक्ष उत्सव खनाल सचिव रमेश धिताललगायतले सहकारी क्षेत्रबारे चर्चा गर्नुभएको थियो। डा. भट्टराई भकुन्डेबेसीमा माओवादी कार्यकर्तालाई प्रशिक्षण दिन सहभागी भई भकुन्डेबेसीमा लगाइएको महायज्ञमा पनि सहभागी हुनुभएको थियो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक