20110227

पत्याउनुहुन्छ ? एकै चोटि दुई हातबाट ६ वटा कलमले लेखेर बिश्व कृतिमान कायम गर्ने प्रयास मा अर्का नेपाली !!

Exclusive News........
एउटा हातमा तीनवटा मार्करपेन। अर्को हातमा पनि त्यत्ति नै मार्करपेन लिएर मनोजकुमार चन्दले बोर्डमा एकैचोटि पोखरा इज भेरी ब्युटिफुल सिटी -लेख्दा हेर्नेहरु सबै चकित परे। यति मात्र होइन मुख दुवै खुट्टा र दुवै हात अनि कुहिनाले पनि एउटै गतिमा लेखेर आफ्नो कलासमेत प्रस्तुत गरे। शरीरका फरकफरक अंगले लेखेर विश्वकीर्तिमान राख्ने लक्ष्य लिएका बैतडी चौखाम-३ का २३ वर्षीय चन्द आफ्नो प्रतिभा देखाउन यति बेला पोखरामा छन्। चन्दले एकैचोटि एउटै गतिमा दुवै हातमा लिएका छवटा मार्करले लेखेर सबैलाई चकित पारेका हुन्। ९ कक्षासम्म पढ्दा देब्रे हातले लेख्दै आएका चन्दलाई विद्यालयमा सबैले देब्रे भनेर बोलाउँदा मन दुखेको थियो। तर दुखेको मन बलियो बनाएर दाहिने हातले लेख्ने प्रयास
गरेका उनी केही समयपछि दाहिने हातले पनि लेख्न सक्ने भए -पहिले देब्रे भनेर बोलाउने साथीहरुले मनोज नोट लेख्देन भन्थे’ स्कुले जीवन सम्झदै उनले भने- विद्यालयमा पढ्दा दुवै हातले सँगसँगै लेखेर साथी र आफ्नो नोट एकैचोटि तयार गर्थें। धनगढीको इन्जिनियरिङ कलेजबाट ब्याचलर अफ कम्प्युटर एप्लिकेसन बीसीए पुरा गरेका चन्दले दुवै हातले एकैचोटि उल्टोसुल्टो पनि लेख्न सक्छन्। अहिलेसम्म दुवै हातले एकैचोटि एउटै शब्द लेख्दै आएको छु -उनले भने- अब फरक÷फरक शब्दलाई लेख्ने पनि प्रयाश थालेको छु त्यो पनि लेख्न सक्छु भन्ने विश्वास छ।’ एउटै शब्दलाई दुवै हातले लेख्दा एउटाले सुल्टो र एउटा हातले उल्टो पनि लेख्ने कला चन्दसँग छ। चन्दले हातका दुवै कुहिना र खुट्टाले पनि उल्टो/सुल्टो लेख्न सक्छन् भने उही गतिमा मुखले पनि। कला प्रष्फुटनमा सरकारले सहयोग गरेमा गिनिज बुक अफ दी वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाउन सक्ने उनले बताए। हात खुट्टाले लेख्नेहरु भए पनि मुख र कुहिनाले लेख्ने आफू संसारमै पहिलो भएको दाबी उनको छ। पोखरामा उनको प्रतिभालाई देखाउन एक्टिभ सोसाइटी फर चेन्जले अगुवाई गरेको छ। चन्दले एक हप्तासम्म पोखराका करिब ७० वटा शैक्षिक संस्थामा आफ्नो कला देखाउने एक्टिभ सोसाइटी फर चेन्जका अध्यक्ष खेमराज पौडेलले बताए। मेरो कलाले अरुलाई प्रेरणा दिने विश्वास लिएको छु -उनले भने- यसले समाजका प्रतिभाको प्रोत्साहनमा नयाँ आयाम ल्याउने छ। चन्दको प्रतिभा देखेर पोखरा विश्वविद्यालयले पूर्ण छात्रवृत्तिमा एमबीएम अध्ययनका लागि आग्रह गरेको छ। काठमाडौंमा बस्दै आएका चन्दलाई सायम कलेजमा छात्रवृत्ति उपलब्ध गराउने आश्वासन विश्वविद्यालयले दिएको छ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक