20110318

आफ्नो प्रयासलाई कमजोरीका रुपमा नलिन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय सहमतिको आफ्नो प्रयासलाई कमजोरीका रुपमा नलिन पुनः आग्रह गर्नुभएको छ। काठमाडौंमा आयोजित प्रेस काउन्सिल नेपालको पैतिसांै वार्षिक प्रतिवेदन सार्जवनिक कार्यक्रममा प्रधानमन्त्री खनालले  शान्ति र संविधानको उद्देश्य पुरा गर्न वर्तमान सरकारलाई राष्ट्रिय स्वरुप दिने प्रयास भइरहेको दोहोर्‍याउनुभयो। शान्ति र संविधानका लागि जस्तोसुकै बाधा र अवरोध आए पनि त्यसलाई छिचोल्दै अघि बढ्ने खनालको भनाइ थियो।  प्रधानमन्त्री खनालले विश्वसनीय र तथ्यपरक सामग्री संप्रेसण गर्न संचारकर्मीहरुलाई आग्रह गर्नुभयो। कार्यक्रममा सुचना तथा संचारमन्त्री कृष्णबहादुर महराले मुलूक संक्रमणकालिन अवस्थाबाट गुजि्ररहेको भन्दै त्यसको अन्त्यका लागि संचारक्षेत्रको भूमिका महत्वपुर्ण हुने वताउनुभयो। कार्यक्रममा पे्रस काउन्सिल नेपालले पत्रकारिताका बिभिन्न विधामा उत्कृष्ट
भएकाहरुलाई पुरस्किृत गरेको छ। गोपालदाश पत्रकारिता पुरस्कारबाट मेघराज शर्मा र भाषागत पत्रकारिता पुरस्कारबाट स्माइल चौधरी पुरस्किृत हुनुभएको छ। साहित्यिक पत्रकारिता पुरस्कारबाट चेतनाथ धमला र स्तम्भलेखन पत्रकारिता पुरस्कारबाट विमल निभा र महिला सशक्तीकरण पत्रकारिता पुरस्कारबाट गंगा बराल सम्मानित हुनुभएको छ। त्यसैगरि यस वर्षको आचारसंहिता पत्रकारिता पुरस्कारबाट कान्तिपुर टेलिभिजनलाई सम्मानित गरिएकेा छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक