20110320

अमेरिकी तथा युरोपका फौजले लिवियाका विभिन्न स्थानमा लडाकु विमान र युद्धपोतबाट बमबारी !

सबै हतियार भण्डार खुला गरिने गद्याफीको चेतावनी !

लिवियामा उडान निषेधित क्षेत्र लागु गर्ने प्रयासस्वरुप अमेरिकी तथा युरोपका फौजले लिवियाका विभिन्न स्थानमा लडाकु विमान र युद्धपोतबाट बमबारी गरेका छन्। मोहम्मर गद्याफीको शासन विरुद्ध भएको आन्दोलन दवाउन सरकारले लडाकु विमान समेत प्रयोग गरेपछि केही दिन अघि मात्र राष्ट्रसंघ सुरक्षा परिषदले सैनिक कारवाहीको विकल्प सहितको उडान निषेधित क्षेत्रको प्रस्ताव पारित गरेको थियो। सन् दुई हजार तीनमा भएको इराक आक्रमण पछि अरव विश्वमा शुरुभएको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय फौजी कारवाही अन्तर्गत शनिबार पहिलो पटक फ्रान्सका लडाकु जेटहरुले बेनघाजी शहर नजिकैको क्षेत्रमा बम आक्रमण
गरेका थिए। आक्रमणमा क्रममा गद्याफीका फौजका ट्याङ्क र सवारी साधन क्षतीग्रस्त भएको बताइएको छ। त्यसको केही घ48टापछि अमेरिकी तथा बेलायती युद्धपोतमा रहेका नौ सैनिकहरुले तटीय क्षेत्रका विभिन्न निशानामा एक सय भन्दा बढी क्षेप्यास्त्र आक्रमण गरेका थिए। लिवियाली फौजले हवाइ गस्ती रोक्नका लागि ती निशानामा आक्रमण गरिएको हुन सक्ने अनुमान गरिएको छ। आक्रमणपछि लिवियाका गद्याफी सेनाको हवाइ सुरक्षा प्रणाली नराम्रोसँग प्रभावित भएको अमेरिकी अधिकारीहरुको दावी छ। बेलायती सेनाले लिविया आक्रमणमा आफ्ना लडाकु जेट पनि प्रयोग भएको बताएको छ। लिवियाली टेलिभिजनले राजधानी टि्रपोलीमा भएको आक्रमणमा गैरसैनिक क्षेत्र निशानामा परेको र केही इन्धन आपुर्ती गर्ने ट्याङ्कमा क्षती पुगेको जानकारी दिएको छ। सरकारी टिभीले अड्चालीस जना मारिएको र एक सय पचास जना घाइते भएको समाचार प्रसारण गरेपनि त्यसको स्वतन्त्र पुष्टी हुन सकेको   छैन। उता आक्रमण पछि पनि अडिग देखिएका लिवियाली शासक मोहम्मर गद्याफीले पश्चिमाहरुले गरेको आक्रमणलाई धर्मयुद्धको शूरुवात शुरुबात र साम्राज्यबादी आक्रमणको संज्ञा दिएका छन्। आक्रमण पछि टेलिभिजनमा जारी अडियो सन्देशमा गद्याफीले लिवियाको एकता र सम्मान कायम गर्नका लागि देशमा रहेका सम्पुर्ण हतियार भ48डार खुला गर्ने आबश्यकता आएको चेतावनी पनि दिए। भूमध्य सागर र उत्तर अफ्रिकालाई लडाइँको मैदानको सज्ञा दिदै गद्याफीले लिवियाले राष्ट्रसंघीय प्रस्तावना अनुसार आत्मरक्षाको लडाइ लड्ने उनको भनाइ छ। लिवियामा विगत चार दशक देखि निरन्तर सत्तामा रहेका गद्याफी विरुद्ध मध्य फेव्रुअरीमा शुरु भएको आन्दोलन दवाउन सरकारले सैनिक आक्रमण गरेपछि त्यहाँको अवस्था गृह युद्धमा परिणत भएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक