20110313

नेपाल एजुकेस्नल एन्ड कल्चरल सेन्टर (पशुपती बुद्ध मन्दिर) वाशिँगटन डिसिको टाउनहल मिटिङ सम्पन्न !

नेपाल एजुकेश एण्ड कल्चरल सेन्टर ( NECC ) ले यहि मार्च १३ तारीखका दिन भर्जिनियाको आर्लिङ्टनमा रहेको एक पुस्तकालयमा नगर वैठक सम्पन्न गरेको छ । एएनएमा देखिएको रडाकोलाई
मध्यनजर गर्दै नेकमा यो अवस्था नआओस भन्ने उदेश्य बोकेर आफ्नो संस्थालाई पारदर्शी राख्ने प्रयत्न गरेको आभाष दिने नेकको नगर बैठक प्रस्तुतिमा निक्कै व्यवस्थित र व्यवस्थापन समुह पूर्ण रुपले एकजुट देखिएको थियो ।

बैठकमा ‘नेक’ व्यवस्थापन समुहका कोषाध्यक्ष नेत्र घिसिङ् र लेखा परिक्षक हरि शर्माले संस्थाको आर्थिक विवरण प्रस्तुत गर्नु भयो । संस्थाको वेल्सभिलमा रहेको सामुदायिक भवनको सभा-कक्षलाई भाडामा दिदा अपनाउने प्रकृया र नियम बारे यसका ‘प्रपर्टि म्यानेजर’ कृष्ण प्रजापति र सरोस प्रजापतिले जानकारी गराउनु भयो । ‘नेक’ संग रहेको अचल सम्पत्ति र यसको वर्तमान अवस्थाबारे ‘नेक वोर्ड अफ डाईरेक्टर्स’ का निमित्त अध्यक्ष कृष्ण निरौलाले सविस्तार व्याख्या गर्नु भयो । वांहालाई ‘नेक वोर्ड अफ डाईरेक्टर्स’ का सदस्य कविन्द्र सिटौलाले सहयोग गर्नु भएको थियो । ‘नेक’ को इतिहास, वर्तमान, भविष्य र भविष्यका लागि भावी योजनाहरु बारे डा. श्याम कार्कीले प्रकाश पार्नु भयो भने वांहालाई ‘नेक’ व्यवस्थापन समुहका सचिव खिलेन्द्र न्यौपानेले सहयोग पुर्याउनु भएको थियो । नेकको विधान सम्वन्धमा ‘नेक वोर्ड अफ डाईरेक्टर्स’ का अध्यक्ष सिमोन ढुङ्गाना र लेखा परिक्षक हरि शर्माको सहयोगमा ‘नेक’ व्यवस्थापन समुहका उपाध्यक्ष प्रेम संग्रौलाले जानकारी दिनु भयो ।

‘नेक’ ले यसै नगर सभाको अवसरमा आफ्नो आधिकारीक ‘वेभ साईटको पनि उदघाटन गरेको छ । www.neccusa.org ठेगाना भएको यस साईटको वरिष्ठ समाजसेवी दुर्गा रिमालले उद्घाटन गर्नुभयो । ‘नेक वोर्ड अफ डाईरेक्टर्स’ का अध्यक्ष सिमन ढुङ्गानाको सहयोगमा ‘नेक’व्यवस्थापन समुहका सुचना तथा संचार निर्देशक रामचन्द्र खरेलको अगुवाईमा यस साईटको निर्माण गरिएको जानकारी वैठकमा दिईएको थियो । संस्थाको आधिकारीक साईटमा ‘नेक’ का सम्पूर्ण गतिविधि राखिने र यसमा गई ‘नेक’ लाई ‘डोनेसन’ गर्न पनि सकिने कुरा खरेलले बताउनु भयो । वांहाले यो साईटका प्राविधिक दिनेश रिजाललाई निर्माणमा पुर्याएको सहयोग वापत धन्यवाद पनि दिनुभयो । चन्दादाता र व्यवस्थापन समूहका विचमा दुरी कम गर्नुका साथै संस्थालाई पारदर्शी राख्न यस साईटले मद्दत गर्ने कुरा ‘नेक’ व्यवस्थापन समुहका सचिव खिलेन्द्र न्यौपानेले नेपाल मिडिया क्याफेलाई बताउनु भयो ।

बैठकमा रामचन्द्र भट्टराई र रामप्रसाद खनालले क्षेत्रिय कमिटिका तर्फबाट आ-आफ्नो मन्तव्य राख्नु भयो भने राजन अधिकारीले नेकको सफलताको लागि सुझावहरु प्रस्तुत गर्नुभयो । नगर बैठकमा पर्शुराम भण्डारी, नकुल रायमाझी, विजय थापा, लक्ष्मण बराल लगायत सहभागीहरुले आ-आफ्ना जिज्ञासा राख्नु भयो भने प्रस्तोताहरुले त्यसको जवाफ दिनुभयो ।

आफ्नै सामुदायिक सम्पत्तिमा उत्सवहरु गर्दा कस्तो फरक अनुभव हुन्छ भन्ने विषयमा भर्खरै नेपाली मन्दिरवाट आफ्नी छोरीको विवाह सम्मन्न गर्नु भएका पर्शुराम भण्डारीले आफ्नो अनुभव सुनाउनु भयो । आफ्नो घरवाट दुइ चार माईल टाढा राजधानी मन्दिर हुदा हुदै ३६ माईल टाढा रहेको पशुपति बुद्ध मन्दिर पुग्नुको एउटै उद्देश्य भनेको आफ्नो समुदायको सम्पत्तिलाई प्रयोग गर्नु र त्यहा उपस्थिती जनाउनु हो भन्ने भनाई वांहाले राख्नुभयो । कार्यक्रममा मन्दिरका तर्फबाट वांहालाई छोरीको विवाहको प्रमाण पत्र पनि हस्तान्तरण गरियो ।

‘नेक’ अध्यक्ष डा. महेन्द्र कार्कीको अध्यक्षता र सचिव खिलेन्द्र न्यौपानेको संचालनमा सम्पन्न उक्त नगर भेलामा सहभागीहरुवाट अहिलेको वेल्सभिलमा रेहेको ‘प्रपर्टि’ मा सफलता हासिल गरेपछि मात्र अन्य कुराबारे सोच्न सकिने, जुन विषयका लागि आएको आम्दानी हो त्यसलाई त्यसैमा उपयोग गरिनु पर्ने, टोल टोलमा मन्दिर हुनु वा बनाउन खोज्नु राम्रो हो तर एउटै पुरा नगरी भौतारीनु उचिन नहुने , कतिपय अवस्थामा पूर्ण जानकारी नै नपाई बहकिएको हुन सक्ने र यस जानकारी पछि वेल्सभिलमा रहेको ‘प्रपर्टि’ मा सहयोग गर्न आफु तयार रहेको भन्ने जस्ता प्रतिक्रिया आएका थिए ।- Photos by Nepalmother/News by Nepalmediacafe

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक