20110326

सात बुँदे सहमति भन्दापनि ठूलो सहमति एमाले पार्टीभित्र, झलनाथ खनाल र केपी ओलीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको सनसनीपूर्ण खुलासा !

 उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीले खनाल नेतृत्वको वर्तमान सरकार ढले केपी ओलीको नेतृत्वमा अर्को सरकार बन्ने दाबी गर्नुभएको छ। भक्तपुरको खरिपाटीमा हिजोबाट शुरु भएको पार्टीको आन्तरिक प्रशिक्षणमा बोल्दै उहाँले माओवादी र एमालेबीच भएको सहमतिलाई पनि आफ्नै परिभाषा दिनुभएको छ। वर्तमान सरकार ढल्छ कि भन्ने चिन्ता लिएका कार्यकर्तालाई आश्वास्त पार्दै उहाँले भन्नुभयो 'यो सरकार ढल्छ कि भन्ने चिन्ता किन लिनुपर्यो ? यो सरकार ढले केपी कमरेडको नेतृत्वमा सरकार बन्छ ।' कार्यक्रममा ओलीको गुनगान गाउनुभएका एमालेका स्थायी समिति सदस्य रहेका अधिकारीले खनाल नेतृत्वको सरकारलाई ढाल्ने षड्यन्त्र भएपनि आत्तिनु नपर्ने बताएको स्रोतले बताएको छ। सात बुँदे सहमति भन्दापनि ठूलो सहमति आफ्नो पार्टीभित्र भएको भन्दै
उहाँले झलनाथ खनाल र केपी ओलीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको पनि खुलासा गर्नुभएको छ। एमालेबाटै वर्तमान सरकार गिराउने खेल भैरहेको चर्चा चलिरहँदा अधिकारीले गरेको यस्तो सनसनीपूर्ण खुलासा गरेका हुन्।



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक