20110327

खुमवहादुरलाई पनि सर्वोच्च अदालतले १५ दिनभित्र झिकाउने आदेश

सर्वोच्च अदालतले कङ्ग्रेस नेता खुमबहादुर खड्कालाई १५ दिनभित्र झिकाउने आदेश दिएको छ। प्रधान न्यायाधीश रामप्रसाद श्रेष्ठ र न्यायाधीश सुशीला कार्कीको संयुक्त इजलासले यसरी 'झिकाउने' आदेश दिएको हो। खड्काविरुद्ध २०६३ चैत १५ गते सम्पत्तिको स्रोत नखुलेकोबारे सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो। अख्तियारले पूर्व मन्त्री खुमबहादुर खड्का, गोविन्दराज जोशी, जयप्रसाद गुप्ता तथा रवीन्द्रनाथ शर्माविरुद्ध भ्रष्टाचारको मुद्दा चलाएको थियो । विशेष अदालतले मन्त्री खड्का र गुप्तालाई सफाइ दिएको थियो। शर्मा र जोशीविरुद्धको मुद्दा भने हदम्याद नाघेको भन्दै खारेज गरिदिएको थियो । विशेष अदालतको यस्तो फैसलाप्रति सरकारले उनीहरुविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन हालेको थियो । जसमध्ये सर्वोच्च
अदालतले पूर्व मन्त्री चिरञ्जीवी वाग्लेले भ्रष्टाचार गरेको ठहर गर्दै सजाय तोकिसकेको छ। गत चैत २ गते मात्र उनलाई डेढ वर्ष कैद, २ करोड ३ लाख रुपियाँ जरिवाना र त्यति नै रकम बिगो जफत गर्ने आदेश सर्वोच्च अदालतले गरेको थियो। उनी अहिले डिल्लीबजारस्थित कारागारमा छन्।

1 comment:

  1. March 29,2011 St. Paul,MN 55117
    Hello,Prachanda,Baburam & Vaidya.Why don't you
    think that this is the right time of drafting
    constitution & solve peace-process? Don't you
    feel shame that your sister organization is colidding? If not solve,UCPN Maoist will be extinct like dinosaur.Be careful."Binaasaa laale
    biparitta buddhi".

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक