20110328

बाल्टिमोर अमेरिकामा विजय श्रेष्ठको नेतृत्वमा एसोसिएसन अफ नेप्लीज इन अमेरिका (बाना) नयाँ कार्यसमिति चयन !


बाल्टिमोर अमेरिका / हिजो सम्पन्न निर्बाचनमा विजय श्रेष्ठको नेतृत्वमा एसोसिएसन अफ नेप्लीज इन अमेरिका (बाना)  नयाँ कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमितिकामा उपाध्यक्षमा ओमवहादुर तुलाचन, महासचिवमा पारुराम थापा (प्रभु थापा) सदस्यहरुमा रुद्र गुरुङ, मोहन पन्त, विशालमान श्रेष्ठ र संदिप कोईराला निर्वाचित हुनु भएको छ । बानाको सचिवमा दिवाकर ज्ञवाली, कोषाध्यक्षमा राजन केसी, मिडिया डाईरेक्टरमा महेश केसी र मेम्वरसिप डाईरेक्टरमा दीपब्रत शर्मा यस अघि नै निर्विरोध निर्वाचीत भैसक्नु भएको थियो । १४४९ कुल सदस्य संख्या रहेको बानाको यस निर्वाचनमा कुल १००८ मत खसेमा १२ मत बदर भएको थियो । निर्वाचित पदाधिकारीहरुलाई निर्वाचित भएको प्रमाण पत्र निर्वाचन कमिटिका संयोजक आनन्दकृष्ण घिमिरेले हस्तान्तरण गर्नुभयो ।
नेपाल मदर डट कम तथा अन्तरराष्ट्रिय कलाकार मन्च का तर्फबाट निर्बाचित सबै मित्र हरुलाई र यसै गरी मतका हिसाब मा पराजित भए पनि निर्वाचन मा संलग्न सबै उमेदवार एबम मतदातालाई पनि बधाई । सबै मिलेर अघि बढ्न, चुनाव का बेला प्यानल बनाए पनि अब संस्था चलाऊने कुरामा प्यानल नबनाउन आग्रह पनि।    
मत गणनाको घोषित परिणाम :


अध्यक्ष - विजय श्रेष्ठ ५९३, गौतम दाहाल ३९१
उपाध्यक्ष - ओमवहादुर तुलाचन ५१०, अनुसा वन्त ४६२
महासचिब - पारुराम थापा ५७०, भरत वर्राईली ३३८
सदस्य - रुद्र गुरुङ ६७५, मोहन पन्त ६५९, विशालमान श्रेष्ठ ५८०, संदीप कोईराला ५६४
वासु पराजुली ४१२,
भुवनेश्वरी बंजाडे ४७८ - photo from face book A/C of Prabhu Thapa




 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक