20110329

दिपकद्धारा तीन मिनेटमा सानो प्लाष्टिकको चियाचम्चाद्धारा सबैभन्दा बढी अंगुरहरु खाने तथा तीस सेकेण्डमा सबैभन्दा बढी खामहरु आधा टुक्रा पार्ने विधामा थप दुई बिश्व किर्तिमान !

विश्व कृतिमान राम्रा कुरामा भए हुन्थ्यो, अङ्गुर खाने त्यो पनि चम्चाले, कागज च्यात्ने यो कस्तो कृतिमान हो कुन्नी ! हामीले अली बुझ्न सकेनौ, के यस्ता कृतिमान ले नेपाल र नेपालीको विश्व सामु इज्जत रहन्छ र ! केही समय अगाडि न्यू योर्क मा दुई भाई ले चौँतिस घण्टा हात मिलाएर कृतिमान कायम गरे, कृतिमान पनि सम्झ लायक, गर्व गर्न लायक भ राम्रो हुन्थ्यो कि महासयहरु !
कोलोराडो, अमेरिका / नेपाल पर्यटन वर्ष–२०११ लाई सफल बनाउन अन्र्तराष्ट्रिय रुपमा प्रचार प्रसार गर्ने अभियान अन्तर्गत संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यमा रहनु भएका नेपाल
पर्यटन वर्ष–२०११ का सदभावना राजदूत (गिनिज बहु–विश्वकिर्तिमानधारी) दिपक शर्मा बजगाईंले कम्युनिटि कलेज अफ अरोरा क्याम्पसमा ग्लोबल लिङ्क फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा तीन मिनेटमा सानो प्लाष्टिकको चियाचम्चाद्धारा सबैभन्दा बढी अंगुरहरु खाने तथा तीस सेकेण्डमा सबैभन्दा बढी खामहरु आधा टुक्रा पार्ने विधामा थप दुई बिश्व किर्तिमानहरु कायम गर्न सफल हुनुभएको छ । राष्ट्रिय तथा स्थानीय स्तरमा जनताहरुमा बिश्वको भोकमरी समस्याको बारेमा जनचेतना फैलाउने तथा नेपालको पर्यटनको प्रसार प्रसार गर्ने उद्धेश्यका साथ कोलोराडो, नेपाल, हाईटी र अफ्रिकामा खाना पु¥याउन बालबालिकाका लागि खाना अभियान नामक अभियानको उट्घाटन गर्ने क्रममा २०११ मार्च २६ गतेका दिन दिपकले तीन मिनेटमा १८० वटा अंगुरका दाना तथा तीस सेकेण्डमा ४४ वटा खामहरु आधा टुक्रा पार्दै दुई बिश्व किर्तिमानहरु भंग गरेका थिए । हालको किर्तिमानको रुपमा तीन मिनेटमा सबभन्दा बढी अंगुरहरु खाने विधामा २०१० जुन २३ मा अमेरिकी नागरिक अस्रीता फरमानले १७२ वटा अंगुर खाएको र तीस सेकेण्डमा सबभन्दा बढी खामहरु आधा टुक्रा पार्ने बिधामा जर्मनी नागरिक क्रिस्टियन स्काफरले ३६ वटा खामहरु टुक्रा पारेको किर्तिमान रहेको छ ।

गिनिज वल्र्ड रेकर्डसको प्रावधान अनुसार निम्नअनुसारका विभिन्न व्यक्तिहरु तथा स्थानिय प्रवुद्ध व्यक्तित्वहरुः किड्स अगेन्स हन्गर साउथ डेन्भर किवानिसका निर्देशक श्री केनवार्ड ब्राडले, अन्तराष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो च्याप्टरका अध्यक्ष श्री पदम बिश्वकर्मा, कालु शर्मा ले तीन मिनेटमा सानो प्लाष्टिकको चियाचम्चाद्धारा सबैभन्दा बढी अंगुरहरु खाने बिधामा तथा लेखिका प्रभा आचार्य, नर्स दीप्ति आचार्य, केरिन रोस्ले, सुजन महर्जन र प्रजोलिता शर्मा ले तीस सेकेण्डमा सबैभन्दा बढी खामहरु आधा टुक्रा पार्ने विधामा स्वतन्त्र साक्षीको रुपमा कार्यक्रमको निरिक्षण गर्नु भएको थियो ।

नया“ बिश्व किर्तिमान रहन सफल भएकोमा खुशीयाली व्यक्त गर्दै ग्लोबल लिङ्क फाउण्डेशनका अध्यक्ष श्री जोसेफ लेभिनले बालबालिकाहरु भोकमरीले ग्रस्त रहेका बिश्वका अन्य ठा“उको तुलनामा अमेरिकामा कति धेरै खानेकुरा छन् जुसले असन्तुलन भइरहेको छ भन्ने इङ्कीत गर्दै बिश्वको भोकमरी समस्या प्रति ध्यानाकर्षित गर्न यस कार्यक्रमका्े उद्देश्य रहेको टिप्पणी गर्नु भयो ।

कार्यक्रमको क्रममा, नेपाल पयर्यन बर्ष २०११ का सद्भावना राजदुत समेत रहेका श्री दिपक शर्मा बजगाईले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपालको भोकमरी समस्यको चर्चा गर्नुका साथै नेपालको पर्यटन सम्बन्धि श्रव्यदृश्य प्रस्तुत गर्दै सम्पुर्ण अमेरिकी जनतालाई २०११ भित्र वा जीवनमा एक पटक नेपालको भ्रमण गर्न अपिल समेत गर्नुभएको थियो ।



 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक