20110329

कुटाकुटमा उत्रिएका माओवादी पार्टीनिकट मजदुर संगठन विघटन

आन्तरिक विवाद साम्य पार्न बसेको माओवादीको स्थायी समितिको बैठक सकिएको छ । आजको स्थायी समितिको बैठकले आपसमा कुटाकुटमा उत्रिएका पार्टीनिकट मजदुर संगठन विघटन गरी राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गर्ने निर्णय गरेको छ । बैठकले दाहाल, वैद्य र भट्टराई पक्षका तीनवटै समानान्तर मजदुर संगठन विघटन गर्ने निर्णय गरेको हो । अध्यक्ष दाहाल समर्थित शालिकराम जमकटेल, वैद्य पक्षका बद्री बजगाई तथा भट्टराई पक्षका लालध्वज नेम्वाङ नेतृत्वमा समानान्तर मजदुर संगठन चलेपछि कतिपय स्थानमा कुटाकुटसमेत भएको थियो । स्थायी समितिको आजको बैठकले राष्ट्रिय सम्मलेन आयोजक समिति गठनका लागि ३ वटै मजदुर नेतासँग छलफल गरिने पनि जनाएको छ । बैठकले सुनियोजित
रुपमा तराईमा बम विष्फोट गराइएको भन्दै त्यसको भत्स्रना गरेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक