20110329

'मेरो नेम प्लेट र वेभ साइटबाट मेरो नाम हटाइदिनु' : उच्च क्षमता र स्वच्छ छवि भएका मानिने अर्थ सचिव रामेश्वर खनाल

शतिले श्राप गरेको देश मा राम्रो मान्छेको यस्तै हबिगत !
अर्थ सचिव रामेश्वर खनाल मंगलबार मन्त्रालयबाट रिसाउँदै बाहिरिएका छन् । उनले राजीनामा दिएको चर्चा चलेपनि त्यसको आधिकारिक पुष्टी भने हुन सकेको छैन । खनालले मंगलबार आफ्नो कार्यकक्षमा मन्त्रालयका अन्य अधिकारीहरुसंको छलफलमा आफू १५ दिनका लागि ट्रेकिङमा जान लागेको र अव उपरान्त मन्त्रालय नआउने बताएका थिए। 'मेरो नेम प्लेट र वेभ साइटबाट मेरो नाम हटाइदिनु',भन्दै खनाल बहिरिएका मन्त्रालयका एक अधिकारीले जानकारी दिए । खनाल मन्त्रालयबाट पैदल नै बाहिरिएका थिए । केही समय अगाडि मन्त्रालयमा भएको सरुवामा पनि खनालको असहमति रहेको बुझिएको छ । सचिव खनाल त्यसरी मन्त्रालयबाट बाहिरिएपछि मन्त्रालयका सह सचिवहरु मुख्य सचिवलाई भेट्न गएका छन् । खनालले अर्थमन्त्री भरतमोहन अधिकारीको कार्यशैलीप्रति
मतभेद राख्दै आएका थिए। उच्च क्षमता र स्वच्छ छवि भएका मानिने अर्थ मन्त्रालयका सचिव रामेश्वर खनालले मंगलबार आफ्नो कार्यकक्ष छोडेर निस्किएपछि त्यसबारे व्यापक चर्चा-परिचर्चा भएका छन्। अर्थ मन्त्री भरतमोहन अधिकारीसँग विभिन्न नीतिगत विषयमा गम्भीर मतभेदहरु सृजना भएपछि खनालले त्यस्तो कदम चालेको बताइएको छ। खनालले राजिनामा दिएको भन्ने समाचारहरु आएपनि त्यस्को आधिकारीक रुपमा पुष्टी भने हुन सकेको छैन। अर्थ सचिव खनाल क्षमतावान र स्वच्छ छवि भएका सरकारी अधिकारी मानिन्थे। तर उनी अचानक ‘अब आउँदिन’ भन्दै मन्त्रालयबाट बाहिरिएको खबरले मंगलबार दिनभर स्थानीय सञ्चार माध्यमहरुमा निकै प्राथमिकता पायो।

अर्थ सचिव खनालले लिएको निर्णयबारे आधिकारीक जानकारी लिन उनी स्वयं, मन्त्री अधिकारी लगायतका अर्थ मन्त्रालयका उच्च अधिकारीहरुसंग सम्पर्क गर्ने पटक पटकको प्रयास विफल भयो। उनी निकट एकजना उच्च सुत्रका अनुसार सचिव खनालले खासगरी नक्कली भ्याट बिल बनाउने देशका कैंयौं ठूला ब्यापारीहरुलाई कारवाही गरि छोड्ने र सरकारले ल्याउनै लागेको पुरक बजेट ल्याउन नहुने सम्वन्धमा लिएको अडानबाट अर्थ मन्त्री भरतमोहन अधिकारी असन्तुष्ट थिए। त्यसैगरी हालै आफ्नो इच्छा विपरित अर्थ मन्त्रालयभित्र व्यापकरुपमा कर्मचारी सरुवाहरु गरिएबाट पनि खनाल रुष्ट भएको बताइएको छ। विगतमा नेपाली कांग्रेसका अर्थ मन्त्री रामशरण महत, माओवादी अर्थ मन्त्री बाबुराम भट्टराई तथा एमालेकै अर्का अर्थ मन्त्री सुरेन्द्र पाण्डेसंग मिलेर काम गरेका सचिव खनालले भरत मोहन अधिकारी अर्थ मन्त्री बनेको दुई महिना पनि नबित्दै उनीसंग तिब्र मतभेद भएको संकेत दिएको छन्। सक्षम प्रशासकहरुलाई अत्यावश्यक राजनीतिक दबाब दिइदा त्यस्ले प्रशासनिक अधिकारीहरुको मनोबल गिराउछ भन्दै धेरैले सचिव खनालले कार्यालय छोड्नु परेको स्थिति प्रति चिन्ता व्यक्त गरेका छन्।




  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक