20110331

"खनालजीलाई हात जोडेर भन्छु आउनुहोस मिलेर काम गरौं, कुनै विषयमा हर्ट भएको छ भने म माफी माग्छु"

- अर्थमन्त्री भरतमोहन अधिकारी
 https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgO8KngSRNI3OqHVJnzDYgiGf4p_4QXx8hgWeTeI4I5HIGmSlrL35Sw6tzEHH35SFUU1ySJQD1TOshPgpO1q0AwtKNwuN8LDcnDKQPtlVuJmu1M2NZaNSDDoORFGftxIUNx7W65aAGzQyY/s1600/images.jpgनेपालको ईतिहासमा उपप्रधान तथा अर्थ मन्त्रिले सचिब सँग माफि मागेको यो नै पहिलो घटना हो !  
  अर्थसचिव रामेश्वर खनालले राजिनामा दिएको भन्ने खबर मिडियाहरुमा आएपछि अर्थमन्त्री भरतमोहन अधिकारीले अर्थ सचिवलाई फर्केर आउन अनुरोध गरेका छन् ।खनालको सरुवाको चर्चा हुँदा समेत आफूले बाँकी डेढ वर्षको कार्यकाल अर्थमा नै बिताउन अनुरोध गरेको स्मरण गर्दै अधिकारीले भने – 'काम गर्दा केही गल्ती भएको छ भने मलाई माफ गर्दिनुस्, खनालजीलाई हात जोडेर भन्छु आउनुहोस मिलेर काम गरौं, कुनै विषयमा हर्ट भएको छ भने म माफी माग्छु' । अर्थतन्त्रका चुनौती सामना गर्न, नयाँ बजेट निर्माण गर्न मन्त्रालयमा खनालको आवश्यकता रहेको अधिकारीले बताए। खनालसँग कुनै पनि विषयमा विवाद नरहेको दावी गर्दै बुधबार पत्रकारसँग उनले भने –मेरो दवावमा राजीनामा दिएको होइन, १५ दिन बिदा बसेको थाहा पाएको छु। मंगलबारदेखि नै लगातार प्रयास गर्दा पनि खनालसँग फोन सम्पर्क हुन नसकेको जनाउँदै अधिकारीले मूल्य अभिवृद्वि कर (भ्याट) को नक्कली बिल छानविनमा कुनै विवाद नभएको दावी गरे। नक्कली बिल नक्कली नोट सरहको अपराध भएको उनले बताए। यसलाई अगाडि बढाउने
प्रतिवद्धता पनि अधिकारीले गरे। कर्मचारीको सरुवाका विषयमा पनि सचिव खनालसँग कुनै विवाद नरहेको दावी उनले गरे।



   

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक