20110301

मंगलबार राति आमा र छोरीको निमर्ममतापुर्वक हत्या !

सुनसरीको मधेशामा मंगलबार राति आमा र छोरीको निमर्ममतापुर्वक हत्या गरिएको छ । मधेशा ५ बस्ने उमेश पौडेलकी २४ वर्षीय श्रीमती टिका पौडेल र उनकी तीन वर्षीया छोरी आशिकाको हत्या भएको हो । आमा टिकालाइ मधेशा ५ स्थित बिधुतको पोलमा झुण्डयाएर हत्या गरिएको अबस्थामा बुधबार बिहान फेला पारिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक राजेन्द्र पराजुलीले बताए । टिकालाइ झुण्डयाएको तल उनको छोरीको शव फेला परेको पराजुलीले जानकारी दिए । बच्चालाइ पानीमा डुवाएर मारे जस्तो देखिएको पराजुलीले बताए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक