20110301

मनाङ र मुस्ताङ बाहेक ७३ जिल्लाका ब्राम्हणहरु सहभागि !

बाहुन  जाति पनि आफ्नो अधिकार सुनिश्चि हुनुपर्ने माग गर्दै सडकमा !
जात जाती भाषा भासी, मधेस, पहाड, हिमाल, लोकतन्त्र, गणतन्त्र, सँघियता भन्दा भन्दै सोमालिया र संसार का अन्य असफल राष्ट्र कै बाटो मा हिडिरहेको नेपाल मा अब अरु जात जाती जस्तै गरी बाहुन हरु पनि सडक मा आएका छन। कही नभएको गाइजात्रा हाँडी गाउँ मा भने जस्तै सबै सँकोचित हुँदै गृहयुद्ध को बाटो हिडिरहेका छन, थाहा छैन यो भस्मासुर तालले नेपाल र नेपालीलाई कहाँ पुर्याउने हो ??  नेपाल र नेपाली भन्न छाडेर अब सबै सँकुचित हुँदै बाहुन, छेत्री, मगर, गुरुङ, दमाइ, सार्की, नेवार, लिम्बुवान, खुम्बुवान, मधेस, पहाड भन्दा भन्दै कुन दिन नेपाल नै सकिने हो हामी नेपाली को भस्मासुरे दिमागले त्यतापट्टी कहिलै सोंचेनौ ! धिक्कार छ हाम्रो नेपाली कुबुद्धिलाई !         
पछिल्लो समयमा विभिन्न जातजाति र समुदायले आफ्नो अधिकारको माग गर्दै आन्दोलन गरिरहेका छन्। यहि क्रममा नेपालका ब्राहमण जाति पनि आफ्नो अधिकार सुनिश्चि हुनुपर्ने माग गर्दै सडकमा उत्रिएका
छन्। 
जातीय सद्भाव र राष्ट्रिय अखडता कायम गर्नुपर्ने ब्राम्हणहरुको माग छ। यही मागसहित ब्राम्हण समाजले मंगलबार काठमाडौंको खुलामञ्चमा बृहतसभाको आयोजना गर्‍यो। सभामा ब्राम्हण समूदायको जातीय पहिचान झल्काउने प्रयास गरिएको थियो। जातीय नाममा सडकमा उत्रिए पनि उनीहरुले सवै जात–जाति एकै हुन भन्ने सन्देश दिन खोजेका थिए। जातीय राज्यको अवधारणाप्रति उनीहरुले तीब्र असन्तुष्टि व्यक्त गरेका थिए। जुन उनीहरुको साँस्कृतिक प्रस्तुतीमा पनि समावेश थियो।  कार्यक्रममा सहभागि ब्राम्हणहरुले विभेदकारी नीतिका कारण आफूहरु उपेक्षित भएको गुनासो गरेका थिए। अन्य जातिले जस्तै ब्राम्हणहरुले पनि नयाँ संविधानमा आफ्नो साँस्कृतिक, सामाजिक अधिकार सुनिश्चित हुनुपर्ने माग गरेका थिए। जाति, भाषा र धर्मको आधारमा नभई भूगोलको आधारमा संघीयतामा जानुपर्ने उनीहरुको सुझाव थियो। ब्राहमणलाई अन्य जातिमा बर्गीकृत गरिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै उनीहरुले आफूहरुलाई पनि आदीवासी र जनजातिमै समावेश गर्नुपर्ने उनीहरुको भनाइ थियो। नयाँ बन्ने संविधानमा ब्राम्हणको अधिकार सुनिश्चित नभए त्यो आफूहरुलाई मान्य नहुने उनीहरुको चेतावनी थियो।  यसअघि ब्राक्हणहरुले जातिय विभेदरहित संविधान हुनुपर्ने मागसहित काठमाडौंका विभिन्न स्थानवाट र्‍याली निकालेका थिए। कलंकी, कोटेश्वर, गौशाला, चावहिल, महाराजगञ्ज, बालाजुलगायतका स्थानबाट निस्किएको र्‍यालीमा बाजा–गाजा र सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो। बिरोधसभामा मनाङ र मुस्ताङ बाहेक ७३ वटै जिल्लाका ब्राम्हणहरु सहभागि रहेको समाजले दावी गरेको छ। 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक