20110301

भ्रष्टाचारको आरोपमा कारागार चलान गरिएका नेपाल वायु सेवा निगमका निलम्वित कार्यकारी अध्यक्ष कंसाकारको रिहाइको माग गर्दै प्रदर्शन

कंसाकार विरामी परेपछि उनलाई काठमाडौं त्रिपुरेश्वरस्थित काठमाडौं अस्पतालमा भर्ना !
भ्रष्टाचारको आरोपमा कारागार चलान गरिएका नेपाल वायु सेवा निगमका निलम्वित कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकारको रिहाइको माग गर्दै प्रदर्शन भएको छ।  नेवाः जागरण मञ्च तथा नेपाल वायु सेवा निगम सम्वद्ध कर्मचारीहरुले कंसाकारको तुरुन्त रिहाइको माग गर्दै प्रदर्शन गरेका हुन्।  कंसाकारको रिहाइको माग गर्दै नेवाः जागरण मञ्च तथा निगमका कर्मचारीले काठमाडौंको क्षेत्रपाटीबाट सुरु गरेको प्रदर्शन अशन भोटाहिटी र बागवजार हुँदै डिल्लीवजार कारागार पुगेको थियो। उनीहरुले कारागार अगाडि केहीवेर धर्ना समेत दिएका थिए। कंशाकारलाई भ्रष्टाचारको झुटो आरोप लगाएर निगमलाई डुबाउन षडयन्त्र गरिएको उनीहरुको दावी छ। भ्रष्टाचारको आरोपमा कंसाकारसँगै निलम्बनमा परेका नेपाल वायु सेवा निगमका कायमुकायम
नायव महाप्रवन्धक राजु केसीले बैना पठाएको रकम एयर बस कम्पनीले फिर्ता गर्ने बताइसक्दा पनि भ्रष्टाचार गरेको आरोप लगाउनु निराधार भएको उनीहरुको भनाइ छ। प्रदर्शनमा सहभागीहरुले जहाज खरिद प्रकरणलाई विवादित बनाएर इमान्दार कर्मचारीलाई अन्याय गरेको दावी गरेका छन्।  कारागारमा रहेका कंसाकार विरामी परेपछि उनलाई काठमाडौं त्रिपुरेश्वरस्थित काठमाडौं अस्पतालमा भर्ना गरिएको छ। उनको छातीमा समस्या देखिएको छ।  वशेष अदालतले मागेको ६ करोड रुपैयाँ धरौटी रकम नवुझाएपछि कंसाकारलाई आइतवार साँझ कारागार चलान गरिएको थियो। नयाँ विमान खरिदका लागि एयर बस कम्पनीलाई आफूखुसी बैना रकम दिएको भन्दै कंसाकारसहित वायु सेवा निगमका ६ जना अधिकारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दर्ता गरेको थियो। कंसाकारले बिमान खरिदका लागि निगमको खाताबाट सञ्चालक समितिको निर्णय बिना नै पाँच करोड ७३ लाख पचहत्तर हजार रुपैयाँ बैना बुझाएका थिए। आयोगले अभियुक्तहरुबाट बैना रकमसहित व्याज असुल गर्न माग गरेको छ।

यसैबीच कंसाकारको उपचारमा संलग्न चिकित्सकले उच्च रक्तचापका कारण मुटुको धडकनमा देखिएको अनियमितताका कारण उहाँलाइ आइसीयुमा राखिएको बताएका छन्। हाललाइ कंसाकारको अन्य जाँचहरु गर्न पठाइसेककेा भन्दै चिकित्सकले जाँचको रिपोर्ट नआएसम्म  अस्तपतालमै राख्नुपर्ने बताएका छन्। 
कंसारकारको स्वास्थ्य स्थिति बुझन माओबादी नेतृ हिसिला यमी अस्पताल नै पुग्नुभएको थियो।  उहाँले कंसाकार जस्तो कर्मठ र इमान्दार ब्यक्तिमाथि अन्याय भएको प्रतिक्रिया दिनुभयो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक