20110301

एक महिलाको घाँटी रेटेर हत्या !
पर्साको अलौँ गाविसमा एक महिलाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ।पर्साको अलौ गाविस ९ स्थित तिलावे नदीको किनारमा मंगलबार बिहान उनको शव फेला परेको हो। घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेका कारण उनको हत्या नै भएको पर्सा प्रहरीले जनाएको छ। घाँटी फेला नपरेका कारण उनको सनाखत् े हुन बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइ रहेको र दाइजोका कारण उनको हत्या भएको हुन सक्ने पर्सा प्रहरीको अनुमान छ।

 जनविद्रोहको तयारीका लागि माओवादीले "स्वयंसेवक परिचालन व्युरो" गठन गरे, वाइसियलको ठाउँमा फेरी अर्को माओवादी अराजक दस्ता !    

माओवादी सचिव सीपी गजुरेलले जनविद्रोहको तयारीका लागि पार्टीले स्वयंसेवक परिचालन व्युरो गठन गरेको बताएका छन् । मंगलबार बुटवलमा संचारकर्मीसित कुराकानी गर्दै उनले भने 'स्वयंसेवक परिचालन व्युरोको गठन जनविद्रोहको तयारीका लागि  हो ।' समयमा संविधान बन्ने कुरो आएको भए जनविद्रोह
को कुरै नउठ्ने तर्क गर्दै नेता गजुरेलले निर्धारित समयमा संविधान बन्ने ग्यारेण्टी नभएकाले जनविद्रोहको तयारी गर्नु परेको स्पष्ट पारे । 'जेठ १४ मा संवधान नबने आन्दोलनको साँच्चै ज्वारभाटा उठ्ने छ,' उनले भने । पछिल्लो समयमा शान्ति र संविधान निर्माणमा अवरोधै अवरोध देखिएको बताउँदै नेता गजुरेलले अव चिन्ता होइन सामनाको नीति अवलम्बन गर्नु पर्ने बताए । उनले स्वयंसेवक परिचालन व्युरोबारे पार्टीले निर्णय गरेकाले कुनै विवाद नरहेको समेत स्पष्ट पारे । नेता गजुरेलले सरकारमा जान माओवादी समरात्मक भएपनि सातबुँदेको अडान नछोड्ने बताए । माओवादीले भन्ने गरेका अवध, भोजपुरा मिथिला गरी तीन राज्यसमिति अन्तरगतका स्वयंसेवक परिचालन व्युरोका आफ्ना कार्यकर्तालाई गोप्य प्रशिक्षण दिन नेता गजुरेलसहित मंगलबार अन्य माओवादी नेता बुटवल आएका थिए । जसमा माओवादी स्थायी समति सदस्य नेत्र विक्रम चन्द, गिरीराजमणि पोख्रेल, पोलीटव्युरो सदस्य देवेन्द्र पौडेल, जनमुक्ति सेनाका डेपुटी कमान्डर चन्द्रप्रकाश खनाल, वाईसीएल अध्यक्ष गणेशमान पुन लगागायत सहभागी थिए । प्रशिक्षणमा तीन राज्यका महिला, मजदुर तथा विद्यार्थी फाँटका राज्य समिति सदस्यहरु त्था वाईसीएलतर्फ पार्टी जिल्ला सदस्य सम्मका गरी ४ सय बढी सहभागी भएका थिए । माओवादीले यसअघि सुनसरीको धरानमा पनि यस्तै प्रकारको प्रशिक्षण आयोजना गरेको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक