20110302

भारतीय विस्तारवाद प्रमुख शत्रु भएकाले चीन वा अमेरिकासँग मिलेर भारतविरुद्ध आन्दोलन : माओवादी उपाध्यक्ष बाबुराम भट्टराई

भारतीय विस्तारवाद प्रमुख शत्रु भएकाले चीन वा अमेरिकासँग मिलेरमात्रै भारतविरुद्ध आन्दोलन गर्ने माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले बताएका छन्। आन्तरिकरुपमा बलियो नबनी तथा चिनियाँ पुँजीवाद र अमेरीकी साम्राज्यवादमध्ये एकसँग नमिली थालिएको आन्दोलन सफल नहुने भएकाले अहिल्यै भारतीय विस्तारवादविरोधी आन्दोलन थाल्न नहुने उनले बताए। राष्ट्रिय मानव अधिकार सरोकार केन्द्र पश्चिमाञ्चल क्षेत्रीय समन्वय समितिले बुधबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एक्लै अघि बढ्दा प्राप्त उपलब्धी रक्षा गर्न नसकिने भएकाले संसदवादी-सुधारवादी दलसित संघर्ष भएपनि सहकार्य कायम राखेर अघि बढ्नु परेको बताए । उनीहरुकै सहकार्यमा शान्ति स्थापना, संविधान निर्माण गर्नुपर्ने तथा विदेशी चलखेल, प्रतिगमन र सामन्तवादका अवशेषसित लड्नुपर्ने भएकाले पनि माओवादीले तत्काल संसदवादी-सुधारवादीदलसित निर्णायक आन्दोलन नगर्ने स्पष्ट पारे। माओवादीभित्र भारतप्रति नरम मानिएका भट्टराईले 'भारतीय विस्तारवाद प्रमुख शत्रु' भएको दाबी गरे । उनले भने, 'हाम्रो देश आन्तरिकसँगै भारतीय विस्तारवाद, चिनियाँ पुँजीवाद र अमेरीकी साम्राज्यवाद जस्ता बाह्य ३ साम्राज्यवादको टकरावका कारण पनि जोखिममा परेको छ,' भट्टराईले भने, 'यसबाट बचाउन दलहरुबीच राष्ट्रिय स्वाधीनताका विषयमा साझा सहमति हुन आवश्यक छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक