20110303

माओवादीमा मन्त्री छान्ने बिबाद तिब्र भएपछी बैठक स्थगित गरेर प्रचन्ड गुल्मी पुगेर नाच्दै ! यस् पाली रेखा थापा सँग होइन अर्कै महिला संगै नाचे प्रचन्ड ! बोली फेर्न, नाटक गर्न, भित्री बाहिरी सबै जानेका छन उनिले !

संबिधान र शान्तिको मतलब नगरी लाजै पचाएर नाच्दै छन अझै हाम्रा नेतारुपी नौटँकी बाजहरु !
मन्त्री बन्न चाहनेको लर्को धेरै लामो भएपछि माओवादीले मन्त्रीपरिषदमा पठाउने व्यक्तिहरु छान्न सकेन। माओवादीभित्रै गृहमन्त्रीका दावेदार पनि दुइजना भएपछि बिहिबार बसेको माओवादी स्थायी समितिको बैठक कुनै निर्णय बिना टुंगियो। सरकारमा सामेल हुने निर्णय गरेको भोलीपल्ट
बसेको माओवादी स्थायी समिति बैठकको मुख्य एजेन्डा मन्त्रीपरिषदमा पठाउने नेताहरुको चयन गर्नु थियो। तर मन्त्रीमण्डलमा जानेको धेरै लामो सूचीबाट ११ जना चयन गर्न माओवादीलाई निकै गाह्रो भएको देखियो। माओवादी सचिव सी पी गजुरेलले भने, “हाम्रो आन्तरिक सूची नै धेरै लामो भएकाले चयन गर्न कठीन भयो।” गजुरेलकै अनुसार माओवादीले ११ मन्त्री र अन्य राज्य तथा सहायक मन्त्री पाउने सहमति एमालेसँग गरेको छ। बिहिबारको बैठकमा पछि प्राप्त हुन सक्ने गृहमन्त्रालयको जिम्मेवारी कसले लिने भन्नेमा पनि ठूलै विवाद भएको थियो। समाचार श्रोतका अनुसार देव गुरुङ र वर्षमान पुन मध्ये कसलाई अहिले विना विभागीयमा राखी पछि गृह मन्त्री बनाउने भन्ने विषयमा उत्पन्न भएको मतभेदले बैठक निष्कर्षमा पुग्न नसकेको हो। अहिलेलाई प्रधानमन्त्री झलनाथ खनालसँगै गृहमन्त्रालय राख्ने र पछि माओवादीलाई प्राप्त हुने सहमति अनुसार माओवादी सरकारमा सामेल हुन लागेको माओवादी नेताहरुले बताउँदै आएका छन्। कृष्णबहादुर महराको नेतृत्वमा सरकारमा सामेल हुने निर्णय गरेपनि अरु कुनै पनि व्यक्तिको नाम तय भइ नसकेको बताइएको छ। प्रधानमन्त्री बनेको एक महिना सम्म एकजना मन्त्रीलाई मात्र जिम्मेवारी दिन सकेको सरकारलाई पूर्णता दिन माओवादीको किचलोले थप ढिलाई गर्ने निश्चित छ। यस्तो अवस्थामा तराइ केन्द्रित दल लगायत अरुलाई समेत समेट्ने प्रधानमन्त्री झलनाथ खनालको चाहना सहजै पुरा हुने देखिँदैन।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक