20110402

कुरान जलाएको भन्दै इस्लाम प्रदर्शनकारीले राष्ट्र संघ कार्यालयमा आक्रमण गर्दा पाँच नेपाली सुरक्षागार्डसहित कम्तिमा 20 विदेशी मारिए !

Breaking News...

धार्मिक ग्रन्थ कुरान जलाएको भन्दै विरोधमा उत्रेका इस्लाम प्रदर्शनकारीले राष्ट्र संघ कार्यालयमा आक्रमण गर्दा पाँच नेपाली सुरक्षागार्डसहित कम्तिमा 20 विदेशी मारिएका छन्।
तीन अफगान पनि मारिएको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ। प्रदर्शनकारीहरू उत्तरी अफगानिस्तानको मजारे-सरिफस्थित राष्ट्र संघ कार्यालयमा छिरेर
त्यहाँका सुरक्षागार्डमाथि गोली चलाएको एक उच्च प्रहरी अधिकारीले जानकारी दिए। अफगानिस्तानस्थित राष्ट्र संघीय सहायता नियोगका प्रवक्ता ड्यान म्याकनर्टनले घटनाको पुष्टि गरेका छन्। कार्यालयमा भएको आक्रमणमा राष्ट्र संघमा काम गर्ने कर्मचारीहरू मारिएको उनले बताए। घटनाको थप विवरण भने दिएनन्। अफगान राष्ट्रिय प्रहरीका कमान्डर जनरल डौड डौडले हिंसामा परेर मारिनेमा राष्ट्र संघ कार्यालयका पाँच नेपाली सुरक्षागार्ड र तीनजना त्यहीँ काम गर्ने विदेशी नागरिक छन्। अर्का एकजना विदेशी नागरिक गोली लागेर घाइते भएका थिए। नायब प्रहरी प्रमुख राओफ ताजका अनुसार उनको पनि पछि मृत्यु भयो। मारिनेको यकिन संख्या खुलेको छैन। अफगान प्रहरीका प्रवक्ता लाल मोहम्मद अहमदाजीले समाचार संस्था एएफपीलाई १० जना मारिएको जानकारी दिएका छन्। 'प्रदर्शनकारीद्वारा राष्ट्र संघका दस कर्मचारी मारिएका छन्,' उनले भने, 'ती सबै विदेशी हुन्।' अमेरिकाको फ्लोरिडास्थित चर्चमा गत महिना कुरान जलाइएको विरोधमा प्रदर्शनकारीहरू सडकमा ओर्लिएका थिए। शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शनले एकाएक हिंसात्मक रूप लिएको थियो।







                                     

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक