20110402

‘जनता सर्वोच्च न्यायाधीश हुन् , राजतन्त्रबारे जनतालाई नै निर्णय गर्न दिनु पर्छ ’ : पूर्व राजा ज्ञानेन्द्र

Exclusive News.....
पूर्व राजा ज्ञानेन्द्र शाहले जनताले चाहे राजतन्त्रबारे जनतालाई नै निर्णय गर्न दिनु पर्ने बताएका छन् । शुक्रबार राति  काठमाडौंको सोल्टी होटलमा आफ्ना ब्यवसायिक साझेदार प्रभाकर शमशेर राणाका नातीको पास्नी सहभागी पूर्वराजा शाहले उपस्थित केही सञ्चारकर्मीहरुसँग अनौपचारिक कुराकानीमा उनले यस्तो बताएका हुन् । अझै पनि राजाको रुपमा फिर्ता हुने सम्भावना देख्नुहुन्छ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा पूर्व राजा ज्ञानेन्द्रले राजतन्त्रका बारेमा जनताले निर्णय गर्ने भन्दै त्यस्ता विषयमा आफूले बोल्नु काल्पनिक बताए । ‘जनता सर्वोच्च न्यायाधीश हुन्’ उनले भने-’राष्ट्र र जनताका लागि दीर्घकालिन प्रभाव पार्ने विषयमा निर्णय गर्नका लागि जनतालाइ नै निष्पक्षर स्वतन्त्र अवसर दिनु पर्छ ।’ आफूले सधै राष्ट्रको हितलाई सर्वोपरी राख्दै जनताको निर्णयको सम्मान गरेको
भन्दै उनले भविश्यमा पनि त्यस विपरित नजाने बताए । उनले आफू पनि यो देशको नागरिक भएकोले आफ्नो विचार, चिन्ता र चासो पनि एउटा आम नेपाली नागरिकको भन्दा फरक नभएको बताए । पूर्वराजा ज्ञानेन्द्रले नागरिकका रुपमा आफू मुलुकको अवस्थाप्रति चिन्तित रहेको वताए । वर्तमान समयमा देश इतिहासको सबैभन्दा कठिन घडीबाट गुज्रिरहेको कुरा कसैबाट नछिपेको भन्दै उनले महान आवश्यकतामा आफ्नो जिम्मेबारी पुरा गर्नका लागि कसैले लाज मान्न नहुने बताए । अन्तराष्ट्रिय समुदाय र राजनीतिक पार्टीको विरोधका बाबजुद पनि सत्ता हातमा लिएर गल्ती गरेजस्तो लाग्दैन भन्ने जिज्ञासामा पूर्व राजाले आफूले लिएको पहलकदमी देशको हितमा थियो भन्नेमा आफू विश्वस्त रहेको बताए । आफ्नो उद्देश्य जनतालाई बुझाउन आसफल भएको स्वीकारेका पूर्व राजा ज्ञानेन्द्रले त्यसका लागि आन्तरिक र बाहृय सहयोग नपाएको गुनासो गरे । वर्तमान अवस्थामा देशको अखण्डता, सार्वभौमिकता र एकतामा कतै सम्झौता भए जस्तो लाग्छ भन्ने प्रश्नको जवाफमा पूर्व राजाले प्रत्येक नेपाली देशभक्त भएका कारण देश बचाउन सबै तयार रहेको बताए । देश बिखण्डित भएको र समाप्त भएको कल्पना गर्न पनि नसकिने भन्दै उनले नेपाली जनतामा पूर्ण विश्वास रहेको पनि वताए । विगतमा पनि यस प्रकारका खतराहरु टार्न सफल भएका कारण नेपालीहरु एक रहे सम्म कसैले केही गर्न नसक्ने उनको भनाइ थियो । राजतन्त्र विस्थापित भएपछि नेताहरु असफल भएकोमा तपाईलाई खुसी लागेको होलानी भन्ने प्रश्नमा पूर्व राजाले कुटनीतिक जवाफ दिए । जिम्मेवारी पाएकाहरुले आफ्नो जिम्मेवारी मिलेर पुरा गर्नु पर्ने भन्दै उनले नेताहरुले प्रत्येक नेपालीको मुहारमा मुस्कान ल्याउनका लागि गरेका प्रतिबद्धताहरु पुरा गरेमा आफू सबैभन्दा खुसी हुने वताए । आफू सहित सवै नेपालीको चाहना सम्मान सहित सुरक्षित वातावरणमा बाँच्न पाउनु तथा समृद्ध र शान्त नेपाल हेर्नु रहेको बताए ।



3 comments:

  1. wastabik nepali ko rup hernu parda gyanendra lai hernu parchha.aatma biswas ra uchha sir dhaka topi lagayeko, nepali posak, ho yahi nai ho nepali pan, aba pani sabai nepali ko bhawisya jogaunu chha bhane hamile sochne bela aaiye sakyo.

    ReplyDelete
  2. मियो बिनाको दाइ भनेको सुनेको थिये
    आज नेपालमा भैरहेको नेताहरुको चर्तिकला
    देख्दा कुरो ठिकै रहेछ भन्ने स्पस्ट भयो ज्ञानेन्द्रको
    भनाइ पनि येसै कथनमा आधारित छ।

    ReplyDelete
  3. नेपालको सन्दर्भमा २४० वर्षदेखि शाहवंशले नेपालरुपी घर विग्रन–भत्कन दिएको थिएन। जस्तोसुकै अप्ठ्यारा परिस्थितिमा पनि आफ्नो स्वाभिमान बचाईराखेको थियो। राष्ट्रद्रोहीले भारतमा गएर नाकाबन्दी लगाउन लगाए पनि नेपाली जनतालाई जहाजमा तेल र खाद्यान्न पदार्थ ओसारेर खुवाएकै थिए। जनतासामु झुक्ने तर विदेशीको पाउ कहिल्यै नमोल्ने राजसंस्था जनतासामु झुक्यो। तर नेपाली जनताले त्यस्तो राजसंस्थालाई अझै चिन्न सकेका छैनन।

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक