20110410

१० दिनभित्र हत्यारा पत्ता लगाउने आश्वसन पछि आइतबार गोली हानी हत्या गरिएका व्यापारीको शव वीर अस्पतालबाट उठाइयो !

Updated ......प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीले १० दिनभित्र हत्यारा पत्ता लगाउने आश्वसन दिएपछि आइतबार गोली हानी हत्या गरिएका व्यापारीको शव वीर अस्पतालबाट उठाइएको छ। प्रहरी प्रमुखको आश्वसनसँगै वीर अस्पतालमा जारी व्यापारी-उद्योगीको धर्ना समेत अन्त्य भएको छ। ‘शान्ति सुरक्षाको अवस्था १० दिनभित्र देखिने गरी देखाउँछौं', महानिरीक्षक चन्दले आश्वसन दिँदै भने- ‘हत्यारा पत्ता लगाउनेछौं।' धर्नामा सभासद राजेन्द्र खेतान सहितका उद्योगी-व्यापारी सहभागी थिए। हत्याको विषयलाई लिएर केही समय नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्र बस्नेतले प्रधानमन्त्री झलनाथ खनालसँग भेट गरेका थिए। प्रधानमन्त्री खनालको आश्वसन समेतलाई ध्यानमा राख्दै व्यापारीले धर्ना अन्त्य गरेका हुन्। भारतीय नागरिक चाचानको खिचापोखरी गणबहालस्थित पसलमा आइतबार सम्साझै गोली हानी हत्या भएको थियो। बन्दुकधारीले पसलमै छिरेर गोली हानेका थिए। नाइटो र बायाँहातको नाडीमा गोली लागेका उनको वीर अस्पतालमा उपचारका क्रममा राति साढे नौ बजे निधन भएको थियो। महानगरीय प्रहरी आयुक्त कार्यालयले बढ्दो अपराध नियन्त्रणका लागि उपत्यकामा तीन तहको सुरक्षा व्यवस्था अपनाएको
पत्रकारबीच दाबी गरेको हप्ता दिन नबित्दै व्यापारीको हत्या भएको हो। चैत २३ गते पत्रकार सम्मेलनमा डिआइजी सुरेन्द्र शाहले सुरक्षा योजना सार्वजनिक गरेका थिए। विशेष सुरक्षा योजना ल्याएको साता नबित्दै सहरमा भएको हत्याकाण्डका अपराधी फरार छन्।

व्यापारी अञ्जनीकुमार चाचन ‘पप्पु'माथि पुतली सडकको न्युप्लाजामा गोली प्रहार, अवस्था गम्भीर !
Breaking News from Kathmandu......
व्यापार गर्दै आएका अञ्जनीकुमार चाचन ‘पप्पु'माथि पुतली सडकको न्युप्लाजामा गोली प्रहार भएको छ। कोखा र हातमा गोली लागेका उनको वीर अस्पताल लगिएको छ। चिकित्सकले हातमा लागेको गोली निकाले पनि पेटमा गोली लागेका कारण चाचनको अवस्था गम्भीर छ। बत्ती गएका बखत दुईजनाले आएर गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताए। 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक