20110409

मन्त्रिपरिषद विस्तारमा भइरहेको ढिलाईप्रति राष्ट्रपति डा. रामबरण यादवको चासो. माओवादी र एमालेबीच मनमुटावमा चिन्ता व्यक्त !

राष्ट्रपति डा. रामबरण यादवले मन्त्रिपरिषद विस्तारमा भइरहेको ढिलाईप्रति चासो राखेका छन्। सरकारको कामकारवाही तथा विस्तारको विषयमा सत्तासीन माओवादी र एमालेबीच भएको मनमुटावका विषयमा पनि उनले चिन्ता व्यक्त गरेका छन्। शीतलनिवासमा आज प्रधानमन्त्री झलनाथ खनालसँग भएको भेटमा राष्ट्रपति यादवले सरकारलाई छिटो पूर्णता दिएर संविधान लेखन र शान्ति प्रकृयालाई निष्कर्षमा पुर्याउन सुझाव दिएको बताइएको छ। जवाफमा खनालले सत्ता साझेदार दलहरुसँग छलफल जारी रहेकोले सरकारले छिट्टै पूर्णता पाउने बताएका थिए। सरकारको नियमित काम, शान्ति प्रकृया र संविधान लेखनका
विषयमा प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक