20110409

"सिमसिमे पानीमा" भन्ने गीत बिबादमा तानिदै गर्दा उता "पानको पात" पनि बिबादमा : लोक गायन क्षेत्रका हस्तिहरु प्रेमराजा महत, रेखा शाह, बमबहादुर कार्की बिबादमा होइन समझदारीमा आउनोस !


"सिमसिमे पानीमा" भन्ने गीत बिबादमा तानिदै गर्दा उता "पानको पात" पनि बिबादमा तानिएको छ । गायक कृष्णसुधा ढुंगानाले बनाएको "पानको पातमा" भन्ने गीत माथि फेरी अर्का गायक बम बहादुर कार्की ले दाबी गर्दै गायक प्रेम राजा महत बिरुद्ध खनिएको काठमाडौंबाट हाम्रा सम्बाददाता सनत सापकोटाले बताएका छन । बम बहादुरले प्रेम राजाको एकल साँझको नाम नै "पानको पात" राखेकोमा आपत्ति जनाउदै मेरो गीतमा किन प्रेम राजा महतले आँखा गाडेको भनी पत्रकारहरु सँग टिप्पणी गर्दै आफुपनी प्रतिलिपी अधिकार तिर लाग्ने धम्की थाल्नु भएको छ । सबैलाई थाहा भएको कुरा के हो भने "पानको पात, माया तिम्लाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सलल"
भन्ने गीत कृष्ण सुधा ढुंगाना को सँकलन हो, यसमा बम बहादुर कार्की, प्रेमराजा महत, र कृष्ण सुधा ढुंगानाको संयुक्त स्वर रहेको छ। "सिमसिमे पानीमा, ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा" भन्ने गीत रेखा शाहको सँकलन हो, जसमा रेखा र प्रेमराजा महतको सयुक्त स्वर रहेको छ सबैलाई थाहा छ, यो कुरा स्वयम प्रेमराजाले स्विकारीसक्नुभएको छ । गायक गायिका हरुबिच आपसमा बिबाद हुनु, बिबाद बाहिर आउनु राम्रो कुरा होइन। समयमा चुप लागेर बस्ने र बर्सौँ पछी आएर बिबाद गर्नु पनि पक्कै राम्रो कुरा होइन । प्रेमराजा महत, बमबहादुर कार्की, रेखा शाह लोक गीत क्षेत्र का ठुला हस्तिहरु हुनुहुन्छ, वहाँहरु आपसमा बिबाद मा उत्रिएको स्रोता तथा दर्सकलाई चित्त बुझेको देखिदैन। तिनै जना हाम्रा अभिन्न साथीहरु हुनुहुन्छ । हामी कामना गर्दछौं यि सबै बिबाद संगै बसेर समझदारिमा वहाँहरुले टुङ्याउनुहुने छ । आ आफ्ना ठाउँमा सबैको उच्च योगदान छ । त्यसैमा पनि प्रेमराजाले अमेरिकामा बसेर पनि लोक संस्कृतिको जगेर्नामा खेलेको भूमिका अझ बढी प्रसँसनिय छ । आगामी दिनमा बिबाद नहोस्, सबैको लोकगीतको क्षेत्रमा अझ बढी प्रगती र योगदान देख्न पाइयोस हाम्रो यही कामना छ।


सिमसिमे पानी बिबाद प्रकरण यसरी छताछुल्ल बिभिन्न मिडिया आएको देख्दा हामीलाई मात्र होइन सबै दर्शक श्रोता लाई मन परेको छैन, हेर्नुस् केही प्रकाशित समाचारहरु जस्ताको तस्तै अनी तपाईं पनि भन्नुस् त यस्तो बिबाद राम्रो हो त ?                             




कला र शैली»

सिमसिमे पानीमा... झमेला


- सुशील पौडेल
काठमाडौ, चैत्र १४ -
सिमसिमे पानीमा

ज्यानले बेइमान गर्छौ कि जिन्दगानीमा...

रेडियो नेपालद्वारा २०४९ मा आयोजित राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा यही गीतले गायिका रेखा शाहलाई पहिलो स्थान दिलाएको थियो । त्यही समयदेखि संगीत पारखीहरूको जिब्रोमा झुन्डिरहेको यो गीत अहिले अर्कै कारणले चर्चामा तानिएको छ । रेखाले यसको कपीराइटको मामिलामा आफूमाथि बेइमानी भएको आरोप लगाएकी छन् ।

'एसएलसी दिएपछि पहिलो पटक आफ्नै शब्द रचना र लय संकलनमा यो भाका गाएकी थिएँ,' रेखाले उक्त गीतको कपी राइट -प्रतिलिपि आधिकार) आपmनो रहेको दाबीसहित सोमबार पत्रकार सम्मेलनमा भनिन्, 'त्यो गीत हिट भएपछि मात्रै प्रेमराजा महतले मसँग युगल गाएका हुन् ।' 'सिमसिमे पानीमा' एल्बमका लागि युगल गाएको उक्त गीतमा प्रेमराजाले एकलौटी गरेको आरोप लगाउँदै उनले कानुनी उपचार खोज्नेसमेत बताइन् ।

आफू लामो समय मुुटुको समस्याले थलिएकाले पनि अधिकार खोज्न ढिलो भएको उल्लेखसहित रेखाले भनिन्, 'पहिले प्रतिलिपि अधिकारका बारेमा ठोस ऐनकानुन पनि थिएन । अब न्याय पाउँछु कि भन्ने आस छ ।' उनले आपmनो हक पाउन उत्पादक र प्रयोगकर्ताविरुद्ध प्रतिलिपि अधिकार रजिस्टारको कार्यालयमा उजुरी हाल्ने पनि बताइन् ।

केही वर्षयता अमेरिका बस्दै आएका प्रेमराजा यति बेला काठमाडौंमा छन्, आपmनो एकल साँझका लागि । त्यही कन्सर्टमा उनले सार्वजनिक गर्न लागेको एल्बम 'आकाशैमा जून' मा पनि 'सिमसिमे पानीमा...' समावेश गरिएको र त्यसबारे आफूसँग अनुमति नलिइएको रेखाले बताइन् । 'तर मैले तीन वर्षअघि मात्रै उक्त गीतको रिमिक्स गर्न खोज्दा म्युजिक नेपालले गायक प्रेमराजाको स्वीकृति लिएर आउन भनेको थियो,' उनले सुनाइन्, 'आफ्नै गीत गाउँछु भन्दा स्वीकृति ल्याउन आदेश पाएपछि मलाई अत्यन्तै चित्त दुख्यो ।' उनले 'सिमसिमे पानीमा...'  विवाद निजी मामिला नभई प्रतिलिपि अधिकार गुमाएका स्रष्टाहरूको साझा समस्या भएको जिकिरसमेत गरिन् ।

'सिमसिमे पानीमा...' शीर्षक एल्बमको बिक्रीबापत पाउनुपर्ने न्यायसंगत रोयल्टी पनि आफूले नपाएको भन्दै रेखाले एल्बम उत्पादक म्युजिक नेपालले गरेको प्रतिलिपि अधिकार सम्झौता हेर्न नदिएको गुनासोसमेत गरिन् ।


"षड्यन्त्र हो" -  प्रेमराजा महत, लोक गायक



यो गीत तपाईंले एकलौटी पारेको आरोप
छ नि  ?

सब वाहियात हो । त्यो गीतलाई मैले आप्mनो भनेकै छैन । रेखाजीको शब्द संकलन र मेरो कम्पोजिसनमा हामी दुईले गाएका हौं । मेरो एल्बमका लागि गाएपछि त्यो गीतमा मेरो अधिकार स्वतः हुन्छ । कुनै बेला दुई जनाले गाइयो त के बिराइयो ?

युगल गीत आप्mनो एल्बममा राख्दा सहकर्मीको अनुमति लिनुपर्दैन ?

अनुमति लिनैपर्ने भए त उहाँले पनि लिनुपर्ने हो । रेखाजीले पनि बिनाअनुमति मेरो बाहेक अरू चार एल्बममा गाउनुभएकै हो । त्यही गीतलाई उहाँले र्‍याप/पप अनेक थरी बनाएर गाउन हुने, मैले नहुने ?

विवाद किन उब्जियो त ?

म पनि अचम्ममा परेको छु । यतिका समयसम्म वास्ता नगर्ने मान्छेले अहिले मेरो एकल साँझकै पूर्वसन्ध्यामा किन कुरा उठाउनुपरेको होला ? यो सबै षड््यन्त्र हो । मेरो एल्बममा गाएबापत रेखा शाहले त्यति बेलै पारिश्रमिक लिइसक्नुभएको थियो । रोयल्टीकै कारण यतिका विवाद गर्न खोजेको भए भन्नुपर्‍यो । बेलाबेलामा पोल्ने काम गर्नु राम्रो होइन ।

एकल साँझमा यो गीत गाउनुहुन्छ ?

गाउँदिनँ । यो गीतदेखि नै घृणा लाग्न थाल्यो । वाहियातको विवाद निम्त्याएर त्यो गीतप्रतिकै मोह भंग गरिदिइसके । उहाँको गीत उहाँले बोकेर जता लानुहुन्छ, लानुस् ।

तपाईं के गर्नुहुन्छ ?

मेरो कार्यक्रमसम्म केही बोल्दिनँ । पछि दोहोरी नै खेल्नुपर्छ भने खेलौंला । आखिर दोहोरी गाएकै त परियो ।



"लिखित प्रमाण ल्याउनुपर्‍यो"

- सन्तोष शर्मा, प्रमुख, म्युजिक नेपाल

रेखाजीलाई सम्झौतापत्र हेर्न दिनुभएन
रे नि ?

उहाँ त्यस्तो पत्र हेर्न आएको बारे मलाई जानकारी भएन । कम्पनी र स्रष्टाबीचको समझदारी तेस्रो पक्षलाई देखाउने भन्ने हुँदैन । गोपनीयताको प्रश्न आउँछ । तर रेखा शाहको हकमा उहाँ पनि उक्त गीतको स्रष्टा भएकोले लिखित पत्रसहित हेर्न आए नपाउने कुरै छैन ।

आर्थिक र नैतिक अधिकार नपाएको गायिकाको गुनासो छ ।

हामीले नियममा चल्नुपर्छ । गायक- गायिकाबीच केकस्तो सम्झौता भयो, हामीलाई थाहा छैन । तर म्युजिक नेपालले एल्बमका लागि गायक प्रेमराजसँग कन्ट्रयाक साइन गरेकोले रोयल्टी पनि स्वतः उहाँलाई नै जान्छ ।

अन्यायमा परेको गायिकाको गुनासो छ ।

हामी स्रष्टाकै हकहितका लागि खुलेका हौं । यदि कोही अन्यायमा परेको महसुस गरी लिखित प्रमाणसहित अँउूछ भने विवाद नसल्टेसम्म उक्त गीत रोकिन्छ । तर उहिलेको कुरो अहिले किन विवादमा आएको छ, मैले बुm्न सकेको छैन । रोयल्टीकै समस्या हो भने पहिले किन उँाूले दाबी गर्नुभएन ? गीतकै लागि पनि म्युजिक नेपालबाटै 'सिमसिमे पानीमा -रिमिक्स)' एल्बम निकाल्न रेखा शाहले तीन वर्षअघि प्रेमराजा महतकै सिफारिस ल्याउनुभएको हो ।


चर्चित गीत ‘सिमसिमे पानीमा...’ प्रतिलिपि अधिकार बिबादमा !

 
-डब्बु क्षेत्री
काठमाडौं,१४ चैत
‘नजाउ पर आउ ओर ओर
तिम्रो म छु मेरो पो को छर
सिमसिमे पानीमा
ज्यानले  बेईमान गर्छकी
जिन्दगानीमा’
१७ वर्ष पुरानो यो गीत यतीबेला कसको भन्ने बिबादमा परेको छ । यो गीत आफ्नो भएको र प्रेमराजा महतलाई आफुले गाउन दिएको दाबी गायिका रेखा शाहको छ । प्रेमराजा महतले भने सो गीत आफ्नो रहेको बताउँदै आएका छन् ।
काठमाडौंमा सोमबार दिउँसो प्रेस भेटघाट गरी त्यो गीत आफ्नो भएको दाबी गायिका शाहले गरिन् । यता सोही गीतलाई आफ्नो नयाँ गीतिसँग्रह ‘आकाशैमा जुन’मा पुन सँग्रहित गरेर गायक प्रेमराजा महतले सार्वजनिक गर्दैछन् ।
सो गीतबारे पत्रकारसँग गायिका शाहले भनिन्,‘मैले शब्द र लय सँकलन गरी सँगीत भरेर यही गीत गाएर २०४९ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रब्यापी लोकगीत प्रतियोगितामा म प्रथम भएकी हुँ ।’
पछि आफुले गीतिसँग्रह निकाल्न यो गीत प्रेमराजा महतलाई गाउन लगाएको उनले बताईन् । सो गीतलाई  महतले प्रतिलिपि अधिकार हनन गरेर कागजी रूपमा एक्लौटी बनाएको पनि उनले स्पष्ट पारिन् ।
‘सो गीतलाई एलबममा निकाल्न म १५ वर्षकी नावालिका थिएँ । त्यसैले त्यत्तिबेला म्युजिक नेपालबाट एलबम निकाल्ने आसयले मात्र प्रेमराजा महतलाई गाउन दिएको हुँ ’ उनले भनिन्,‘तर त्यत्तिबेला मलाई म्युजिक नेपालसँगको सम्झौता पत्र हेर्न दिईएन । हाल बुझ्दा म्युजिक नेपालसँगको सो सम्झौता पत्रमा गायक प्रेमराजा महतको एकलौटी अधिकार रहेको मैले पाएँ।’
गायिका शाहले पत्रकार भेटघाटको क्रममा अगाडि थपिन्,‘ गीतिसँग्रह सिमसिमे पानीमा ४ लाख प्रति बिक्री भईसक्दा पनि अहिलेसम्म मैले उचित रोयल्टी पाएकी छैन ।तीन वर्ष अघि यही गीतलाई मैले रिमिक्स गर्न खोज्दा समेत प्रेमराजा महतको अनुमति चाहिन्छ भनेर म्युजिक नेपालले मलाई आफ्नै गीत रिमिक्स गर्न दिएन ।’
एक महिना अघि नेपाल आएका प्रेमराजा महतले १५ चैत दिउँसो राजधानीमा आफ्नो एकल साँझमा नयाँ गीतिसँग्रह ‘आकाशैमा जुन’ लोकापर्ण गर्दैछन् । सो गीतिसँग्रहको सातौ नम्बरमा सो गीत राखेका छन् । सो गीत आफ्नो भएको आधिकारिक धारणा महतले सोही कार्यक्रममा राख्ने बताएका छन् ।
आफ्नो गीत सिमसिमे पानीमालाई महतले आफुसँग अनुमति नलिई अनाधिकृत रुपले सो सँग्रहमा राखेको पत्रकार भेटघाटको क्रममा गायिका शाहले प्रष्ट पारिन् ।
त्यो गीतको अधिकार प्राप्तिका लागि गायिका शाहले रजिस्टारको कार्यालयलाई जानकारी गराएकी छिन् ।
१५ चैतमा रजिस्टारको कार्यालयमा लिखित उजुरी गर्ने पनि उनले बताईन् । सो गीतको प्रयोजन आफ्नो अनुमति बिना कसैले पनि नगर्न उनले सञ्चार माध्यम मार्फत अनुरोध गरेकी छिन् ।
सो गीत बारे रजिस्टार बीर बहादुर राईले पत्रकार भेटघाटको क्रममा भने,‘शोषण भएको बारे हामीले जानकारी पायौं । गायिका रेखा शाहले न्याय पाउनु पर्छ । ’उत्पादक सँस्था म्युजिक नेपाल र गायक प्रयोगकर्ता प्रेमराजा महतले पनि उनलाई क्षतिपूर्ति दिनु पर्नेमा पनि राईले जोड दिए ।’
०४९ सालमा निक्लिएको र त्यतिबेला सर्वाधिक चर्चित भएको गीति सँग्रह ‘सिमसिमे पानीमा’ मा यो गीत रेखा र प्रेमराजाका जुगल स्वरमा थियो । यो गीत आ आफ्नो भएको दाबी यी दुईले केही समय यताबाट गर्दै आएका छन् ।
सो गीतलाई यलबममा निकालेर ४ चाख प्रति बिक्री गरिसकेको म्युजिक नेपालले भने अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन । म्युजिक नेपालसँग गायक महतले आफ्नो गीत भनेर एकल नाममा सम्झौता गरेको बुझिएको छ ।
उता रेडियो नेपालको २०४९ सालको राष्ट्रब्यापी लोकगीत प्रतियोगिताको अभिलेख हेर्दा सो गीत रेखा शाहले गायको देखिन्छ । सो गीत गायर प्रथम भएको प्रमाणपत्र पनि रेखाले सुरक्षित राखेकी छिन् । अब यो गीतको बिबादलाई रजिष्टारका कार्यालयले कसरी टुँग्याउँछ । त्यो भने प्रतीक्षाको बिषय बनेको छ ।

प्रेमराजाले सिमसिमे पानीमा...गाएनन् ।


काठमाडौं, २९ मार्च । मँगलबार काठमाडौंमा आफ्नो एकल साँझ लिएर प्रस्तुत भएका लोक गायक प्रेमराजा महतले आफ्नो बिबादित गीत ‘सिमसिमे पानीमा...’ गायनन् ।
रेखा शाह र आफुले गायको सो गीतलाई आफ्नो एकल साँझको पूर्व सन्ध्यामा गायिका रेशा शाहले बिबादित बनाएको दुखेसो उनले गरे ।
सो गीत गाउन आफुलाई अनुरोध नगर्न दर्शकलाई उनको आग्रह थियो । नभन्दै दर्शकले पनि सो गीतको लागि आग्रह गरेनन् ।

सो कार्यक्रममा पुगेका केही दर्शकले सिमसिमे पानीमा गीत सुन्न पाईने आशा गरेका थिए,‘तर आज पत्रपत्रिकामा पढेर सो गीत बिबादमा परेको थाहा पायौं । सोही कारण प्रेमराजाले सो गीत नगाएका रहेछन् ।’ सो कार्यक्रममा पुगेकी नयाँ बानेश्वरकी कल्पना पोखरेलले भनिन् ।

आफ्ना नयाँ र पुराना गरेको करिब डेढ दर्जन गीत गायक महतले सो एकल साँझमा गाए । ‘पानको पात’ नाम राखिएको उनको एकल साँझको सो नाम प्रति अर्का लोक गायक बमबहादुर कार्कीले आपत्ती जनाएका थिए । पानको पात गीत आफ्नो भएकाले सो गीतको शिर्षकबाट महतले आफ्नो कार्यक्रम नराखेको भए हुन्थ्यो भन्ने कार्कीको धारणा थियो ।

बिबादका कारण आफ्नो गीत सिमसिमे पानी आफैंलाई दिक्क लाग्न थालेको गायक महतले बताए पनि आफ्नो नयाँ गीतिसँग्रह ‘आकाशैमा जुन’ मा सो गीत राखेका छन् । आकाशैमा जुनको बिमोचन पनि सो एकल साँझमा महतले गराए । निकै बिबादित हुने आशा गरिएको प्रेमराजा महतको सो एकल साँझ निकै भव्य र सभ्य भयो ।

रेखा शाहको 'सिमसिमे पानीमा' विवादमा

आज भन्दा १८ वर्ष अघि 'सिमेसिमे पानीमा ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा' भन्दै अर्का गायक प्रेम राजामहत माथि शंका व्यक्त गर्ने रेखा शाहको शंका सत्य साबित भएको छ। आफूले १८ वर्ष अघि वि.सं२०४९ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रब्यापी लोकगीत 'सिमसिमे पानीमा ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा'गीत गाएर प्रथम स्थान हासिल गरेकी रेखा शाहले तहाँ उप्रान्त आफ्नो गीतमा अर्का गायक प्रेमराजा महतले एकलौटी अधिकार कायम गरेको र आफ्नो सिर्जनालाई आफूले पनि प्रयोग गर्न नपाएको भन्दै पत्रकार सम्मेलन गरेपछि सो गीत विवादमा परेको छ। सोमबार दरबार मार्ग स्थित एटिक बारमा आयोजित पत्रकार सम्मेलनमा आफू माथि अन्याय भएको भन्दै उनले गायक प्रेमराजा महत र एल्बम उत्पादक कम्पनी म्यूजिक नेपाल बिरुद्ध प्रतिलिपी अधिकार हनन्को मुद्धा दायर गर्ने बताएकी छिन्।
रेखा शाहका अनुसार प्रेमराजा महत र म्यूजिक नेपालले २०५० साल देखि उक्त गीतलाई बिना स्विकृति बारम्बार प्रयोग गरिरहेको उनको आरोप छ। पत्रकार सम्मेलनमा आक्रोषित मुद्रामा प्रस्तुत भएकी रेखाले आफूले आफ्नै गीत रिमिक्स गर्न लाग्दा पनि नपाएको आरोप लगाइन। “गीत रिमेक गर्न खोज्दा म्यूजिक नेपालले प्रेमराजा महतसँग अनुमति लिनुपर्छ भनेर मलाई फर्कायो”,रेखाले पत्रकार सम्मेलनमा भनिन्। रेखा शाहले लामो समयसम्म बिरामी परेकाले बेलैमा यो कुरा उठाउन नपाएको पनि बताइन। रेखा शाह र प्रेमराजाको यो बहसले प्रतिलिपी अधिकार हनन्का थुप्रै मुद्धाहरु ब्युँतिने विज्ञहरुको अनुमान छ।

Saturday April 9, 2011 

   चोरि भयो सिम सीमे पानी


गायिका रेखा शाहले आफूले गाएको गीत 'सिमसिमे पानीमा'को प्रतिलिपी हनन् भएको भन्दै गीतको उत्पादक कम्पनी म्युजिक नेपाल र गायक प्रेमराजा महतविरुद्ध उजुरी गर्ने तयारी गरेकी छन्। शाहले १८ वर्षअघि रेडियो नेपालको राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा गाएको सो गीतले प्रथम स्थान पाएको थियो। राजधानीमा सोमबार पत्रकार सम्मेलन गरी गायक प्रेमराजा महत र उत्पादक म्युजिक नेपाल विरुद्ध उजुरीको तयारी गरिरहेको रेखाले  बताइन्। 'आफ्नो गीत रिमेक गर्न खोज्दा म्युजिक नेपालले प्रेमराजा महतसँग अनुमति लिनुपर्ने बताएपछि आफु छक्क परेंको रेखाले बताएकी छिन् ।
  
उत्पादक कम्पनी र गायक महतले अनाधिकृत रुपमा गीतको प्रयोग गरिरहेको पाएपछि प्रतिलिपि कानुन अनुसार कारवाही अघि बढाउन शाह लागेकी हुन्। गीतको नैतिक र आर्थिक अधिकार आफूमा रहेको दाबी गर्दै रेखाले भनिन्,'प्रयोगकर्ताविरुद्ध प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यलयमा उजुरी दिँदैछु।'
महतको 'आकाशैमा जुन' नामक एल्वममा समेत प्रयोग भएको यो गीतको आफूसँग अनुमति नलिइएको उनले बताइन्। 'त्यो मेरो सहमति बिनै राखिएको हो।'
१८ बर्षअघि रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा 'सिमसिमे पानीमा' गाएर रेखा प्रथम भएकी थिइन्। रेखाको सो दोहोरी गीतमा पुरुषतर्फ गाउने महत हाल अमेरिकाको एउटा राज्यका लागि अवैतनिक वाणिज्यदूत छन्।

Headline News and programs
 
डिसीनेपाल डटकम संवाददाता - 
'सिमसिमे पानीमा
ज्यानले बेइमान गर्छ कि
जिन्दगानीमा'
डेढ दशकअघिको आफ्नो यो चर्चित गीतको प्रतिलिपि अधिकारी हनन भएको गायिका रेखा शाहले गुनासो गरेकी छन् । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी शाहले भनिन्, 'मैले शब्द र लय संकलन गरी संगीत भरेरे यही गीत गाएँ । जसबाट म २०४९ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा प्रथम भएकी हुँ ।' पछि आफूले यो गीत प्रेमराजा महतलाई गाउन दिएको र सो गीतको महतले प्रतिलिपि अधिकार हनन गरेर एक्लौटी बनाउन खोजेको उनले बताइन् । 'मैले त्यतिबेला म्युजिक नेपालबाट एल्बम निकाल्ने आसयले मात्र प्रेमराजा महतलाई गाउन दिएकी हुँ, तर त्यतिबेला मलाई म्युजिक नेपालसँगको सम्झौता पत्र हेर्न दिइएन । हाल बुझ्दा म्युजिक नेपालसँगको सो सम्झौतापत्रमा गायक प्रेमराजा महतको एकलौटी अधिकार रहेको खुल्न आएको छ ।'

पत्रकार भेटघाटका क्रममा गायिका शाहले भनिन्, 'सो एल्बम चार लाखप्रति बिक्री भइसक्दा पनि अहिलेसम्म मैले उचित रोयल्टी पाएकी छैन । तीन वर्षघि यही गीतलाई मैले रिमिक्स गर्न लाग्दा प्रेमराजा महतको अनुमति चाहिन्छ भनेर म्युजिक नेपालले मलाई मेरै गीत रिमिक्स गर्न दिएन ।' गत महिना नेपाल आएका प्रेमराजा महतले १५ चैतमा नयाँ गीतिसंग्रह 'आकासैमा जुन' लोकार्पण गर्दै छन् । सो गीतिसंग्रहको सातै नम्बरमा आफ्नो गीत सिमसिमे पानीमा महतले आफूसँग अनुमति नलिई राखेको पनि शाहले स्पष्ट पारिन् ।

सो गीतको अधिकार प्राप्तिका लागि गायिका शाहले राजिस्टारको कार्यालयलाई जानकारी गराएकी छन् ।
आफ्नो गीतका प्रतिलिपि अधिकारका लागि आफू मंगलबार कानुनी कारबाहीमा जाने पनि गायिका शाहले बताइन् । सो गीतको प्रयोजन आफ्नो अनुमतिविना कसैले पनि नगर्न उनले सञ्चारमाध्यममार्फ अनुरोध गरेकी छन् । ०४९ सालमा निक्लिएको गीतिसंग्रह सिमसिमे पानीमा यो गीत रेखा र प्रेमराजाको युगल स्वरमा थियो । सो गीत त्यतिबेला र्सवाधिक सफल भएको थियो ।


प्रेमराजा महतविरुद्ध उजुरी

 

काठमाडौं, चैंत १५ (नागरिक)- गायिका रेखा शाहले आफूले गाएको गीत 'सिमसिमे पानीमा'को प्रतिलिपी हनन् भएको भन्दै गीतको उत्पादक कम्पनी म्युजिक नेपाल र गायक प्रेमराजा महतविरुद्ध उजुरी गर्ने तयारी गरेकी छन्। शाहले १८ वर्षअघि रेडियो नेपालको राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा गाएको सो गीतले प्रथम स्थान पाएको थियो।
राजधानीमा सोमबार पत्रकार सम्मेलन गरी गायक प्रेमराजा महत र उत्पादक म्युजिक नेपाल विरुद्ध उजुरीको तयारी गरिरहेको उनले बताइन्। 'आफ्नो गीत रिमेक गर्न खोज्दा म्युजिक नेपालले प्रेमराजा महतसँग अनुमति लिनुपर्ने बताएपछि म छक्क परें,' रेखाले भनिन्। उत्पादक कम्पनी र गायक महतले अनाधिकृत रुपमा गीतको प्रयोग गरिरहेको पाएपछि प्रतिलिपि कानुन अनुसार कारवाही अघि बढाउन शाह लागेकी हुन्। गीतको नैतिक र आर्थिक अधिकार आफूमा रहेको दाबी गर्दै रेखाले भनिन्,'प्रयोगकर्ताविरुद्ध प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यलयमा उजुरी दिँदैछु।'
महतको 'आकाशैमा जुन' नामक एल्वममा समेत प्रयोग भएको यो गीतको आफूसँग अनुमति नलिइएको उनले बताइन्। 'त्यो मेरो सहमति बिनै राखिएको हो।'१८ बर्षअघि रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा 'सिमसिमे पानीमा' गाएर रेखा प्रथम भएकी थिइन्। रेखाको सो दोहोरी गीतमा पुरुषतर्फ गाउने महत हाल अमेरिकाको एउटा राज्यका लागि अवैतनिक वाणिज्यदूत छन्।

सिमसिमे पानीमा'को प्रतिलिपी हनन् भएको भन्दै म्युजिक नेपाल र गायक प्रेमराजा महतविरुद्ध उजुरी
Tuesday, March 29, 2011
काठमाडौं - गायिका रेखा शाहले आफूले गाएको गीत 'सिमसिमे पानीमा'को प्रतिलिपी हनन् भएको भन्दै गीतको उत्पादक कम्पनी म्युजिक नेपाल र गायक प्रेमराजा महतविरुद्ध उजुरी गर्ने तयारी गरेकी छन्। शाहले १८ वर्षअघि रेडियो नेपालको राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा गाएको सो गीतले प्रथम स्थान पाएको थियो।

राजधानीमा सोमबार पत्रकार सम्मेलन गरी गायक प्रेमराजा महत र उत्पादक म्युजिक नेपाल विरुद्ध उजुरीको तयारी गरिरहेको उनले बताइन्। 'आफ्नो गीत रिमेक गर्न खोज्दा म्युजिक नेपालले प्रेमराजा महतसँग अनुमति लिनुपर्ने बताएपछि म छक्क परें,' रेखाले भनिन्।
उत्पादक कम्पनी र गायक महतले अनाधिकृत रुपमा गीतको प्रयोग गरिरहेको पाएपछि प्रतिलिपि कानुन अनुसार कारवाही अघि बढाउन शाह लागेकी हुन्। गीतको नैतिक र आर्थिक अधिकार आफूमा रहेको दाबी गर्दै रेखाले भनिन्,'प्रयोगकर्ताविरुद्ध प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यलयमा उजुरी दिँदैछु।'
महतको 'आकाशैमा जुन' नामक एल्वममा समेत प्रयोग भएको यो गीतको आफूसँग अनुमति नलिइएको उनले बताइन्। 'त्यो मेरो सहमति बिनै राखिएको हो।'
१८ बर्षअघि रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा 'सिमसिमे पानीमा' गाएर रेखा प्रथम भएकी थिइन्। रेखाको सो दोहोरी गीतमा पुरुषतर्फ गाउने महत हाल अमेरिकाको एउटा राज्यका लागि अवैतनिक वाणिज्यदूत छन्।


'सिमसिमे पानीमा' चोरी गरेको आरोप
- मेचीकाली : 2011-03-29 11:18:30



गायिका रेखा शाहले आफूले गाएको गीत 'सिमसिमे पानीमा'को प्रतिलिपी हनन् भएको भन्दै गीतको उत्पादक कम्पनी म्युजिक नेपाल र गायक प्रेमराजा महतविरुद्ध उजुरी गर्ने तयारी गरेकी छन्। शाहले १८ वर्षअघि रेडियो नेपालको राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा गाएको सो गीतले प्रथम स्थान पाएको थियो। राजधानीमा सोमबार पत्रकार सम्मेलन गरी गायक प्रेमराजा महत र उत्पादक म्युजिक नेपाल विरुद्ध उजुरीको तयारी गरिरहेको उनले बताइन्। 'आफ्नो गीत रिमेक गर्न खोज्दा म्युजिक नेपालले प्रेमराजा महतसँग अनुमति लिनुपर्ने बताएपछि म छक्क परें,' रेखाले भनिन्।

उत्पादक कम्पनी र गायक महतले अनाधिकृत रुपमा गीतको प्रयोग गरिरहेको पाएपछि प्रतिलिपि कानुन अनुसार कारवाही अघि बढाउन शाह लागेकी हुन्। गीतको नैतिक र आर्थिक अधिकार आफूमा रहेको दाबी गर्दै रेखाले भनिन्,'प्रयोगकर्ताविरुद्ध प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यलयमा उजुरी दिँदैछु।'

महतको 'आकाशैमा जुन' नामक एल्वममा समेत प्रयोग भएको यो गीतको आफूसँग अनुमति नलिइएको उनले बताइन्। 'त्यो मेरो सहमति बिनै राखिएको हो।'

१८ बर्षअघि रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा 'सिमसिमे पानीमा' गाएर रेखा प्रथम भएकी थिइन्। रेखाको सो दोहोरी गीतमा पुरुषतर्फ गाउने महत हाल अमेरिकाको एउटा राज्यका लागि अवैतनिक वाणिज्यदूत छन्।

कागजात प्रमाणित (Notarize) गराउनु परेमा Notary Public Ram Khanal

अमेरिका/भर्जिनियामा रियल्टरको रुपमा घर जग्गा किन बेच Business गर्दै आइरहेकोमा अब देखी यस रियल्टरको रुपमा गर्ने Real Estate Business सँग सँगै नेपाली समुदाय र सेवाग्रही American सबैलाई केही हदसम्म भए पनि कागजातहरु प्रमाणित गराउन सहयोग पुर्याउन सकियोस भन्ने हेतुले अमेरिकी मापदन्ड, नियम कानुन पुरा गरी अब लाइसेन्स प्राप्त नोटरी पब्लिक ( Notary Public ) को रुपमा पनि मैले काम शुरु गरेको सहस्र जानकारी दिलाउँछु । अब उप्रान्त तपाईंका कागजात प्रमाणित (Notarize) गराउनु परेमा मलाई सम्झन सक्नुहुन्छ । If you want to notarize your Documents, you can contact me 24/7, we can translate from Nepali-English, Hindi-English - Ram Prasad Khanal, Notary Public/Realtor, 703-419-0924, Manassas VA



अमेरिकामा घर जग्गा किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि  !
 जिन्दगीमा घर धेरै पटक किनबेच गरिदैन,
 त्यो पनि अझ अमेरिकामा, घर किनबेच गर्दा सहि रियल्टर र कम्पनी छान्नु भएन भने पछी तपाईंले धेरै दु:ख र झन्झट पनि बेहोर्नुपर्ने मात्र होइन घर त्यसै छाड्नुपर्ने पनि हुनसक्छ पछी, तसर्थ परिपक्व, चिनेको र बिस्वासिलो रियल्टर र कम्पनी सँग घर किनबेच गर्नु तपाईंको लागि राम्रो हुन्छ ।   अमेरिकामा ३० बर्ष मा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.5 % वार्षिक । यो बेला घर किन्ने बेला हो । घर भएकाले दोस्रो घर किनेर राख्ने बेला हो । लगानी गरेर प्रतिफल कमाउने बेला हो । अमेरिकामा घर जग्गाको को भाउ बिस्तारै माथि जादै गरेकोले लगानी गर्नेहरुले प्रतिफल पाउने राम्रो अबसर छ, तपाईं ले पनि बिचार गर्ने कि ?? घर किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि म तपाईंलाई सहयोग गर्न तयार छु संपर्क गर्न सक्नुहुन्छ ।
If you want to Buy, Sale Home and Property in United States of America !  I can Help you !
- Ram Prasad Khanal - Realtor®
 Long and Foster
(Leading Real Estate company in the World)
Cell - 703-419-0924
Email : rampdkhanal@gmail.com
 "Note : This Advertisement is only for Those People Who Legally Live and Work in United State of America"  

1 comment:

  1. khata baseka ghau haru pilo bani pake pani|
    nichorera phutldinu ruda rudai thake pani |
    sunami ho namitho bachan sansar dubauchha |
    k, napaunu holara rekha ji aadhikar mage pani||
    ma pani singit karmi ho mero name nachale pani|
    kasai ko rachana nachoriyos sarjag vage pani||
    < sarjag marera gaya pani,marera gaya pani>
    madhab b.m.
    madhavbm_99@yahoo.com

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक