20110407

चितवनको रामनगरमा एक व्यवसायीको गोली हानी हत्या !

Exclusive news from Nepal.......
चितवनको रामनगरमा बुधबार बिहान एक व्यवसायीलाई नचिनेका मानिसले गोली हानी हत्या गरेको छ । रामनगरको जगदम्बा पेट्रोलपम्पका व्यवस्थापक पूर्वी चितवनका भरत घिमिरेलाई गोली हानी हत्या गरेका हुन् । बिहान पौने पाँच बजे पाँच/छजनाको सङ्ख्यामा आएका युवाको एक समूहले पैसा लुट्न खोज्दा घिमिरेले प्रतिकार गरेपछि गोली हानेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पूर्वी चितवनको भानुचोक घर भएका घिमिरे पम्पमा मेनेजरका रूपमा काम गर्दै आउनुभएको थियो । लुटेराको गोली प्रहारबाट घटनास्थलमा नै घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ । गोली हानेपछि लुटेराहरू नजिकैको जङ्गलतर्फ भागेको प्रहरीले जनाएको छ । घटनामा घिमिरेसँगै कार्यरत विश्वराज सुवेदी घाइते हुनुभएको छ । घटनाको विरोधमा निजीस्तरबाट सञ्चालित चितवनका सबै पेट्रोल पम्प बुधबार बन्द भएका छन् । चितवन पेट्रोलियम डिलर्स एसोसिएसन र अखिल नेपाल पेट्रोलियम मजदुर सङ्घले एसोसिएसनमा आबद्ध सबै पेट्रोलपम्प
बन्द गराएका हुन् । पेट्रोलियम डिलर एसोसिएसनका चितवन अध्यक्ष काशीराज पाठक र अखिल नेपाल पेट्रोलियम मजदुर सङ्घका जिल्ला अध्यक्ष सनद श्रेष्ठले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै घटनाका दोषी पत्ता लगाई अविलम्ब कारबाही गर्न माग गर्नुभएको छ । जारी विज्ञप्तिमा मृतकका परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा शान्तिसुरक्षाको प्रत्याभूति दिलाउनसमेत सरकारसाग माग गरिएको छ ।

घटनापछि बसेको सर्वदलीय बैठकले घटनाको विरोध गरेको छ । सर्वदलीय बैठकमा चितवनका सबै राजनीतिक दलले दोषी पत्ता लगाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमसाग माग गरेका छन् । प्रमुख जिल्ला अधिकारी गौतमले २५ गतेभित्रमा घटनाको यथार्थ विवरण ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । दोषीलाई कुनै पनि हालतमा नछाड्ने गौतमले जानकारी दिनुभयो । घटनापछि मृतकका आफन्तले पूर्वर् पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर-८ भानुचोकमा दिनभरि यातायात अवरुद्ध पारेका थिए । यातायत अवरुद्ध हुादा अलपत्र परेका यात्रुहरूलाई रत्ननगर-७ का दोभान र पशु हाटबजार टोल विकास संस्थाले निःशुल्क खाना खुवाएका थिए । त्यस्तै, रामनगरको घटनास्थल आसपासका स्थानीयवासीले पनि बिहान केही घण्टा यातायात बन्द गराएका थिए । प्रहरीले दोषीलाई पक्राउ गरी कारबाही गर्ने प्रतिबद्धता जनाएपछि यातायात सञ्चालनमा आए ।

कागजात प्रमाणित (Notarize) गराउनु परेमा Notary Public Ram Khanal

अमेरिका/भर्जिनियामा रियल्टरको रुपमा घर जग्गा किन बेच Business गर्दै आइरहेकोमा अब देखी यस रियल्टरको रुपमा गर्ने Real Estate Business सँग सँगै नेपाली समुदाय र सेवाग्रही American सबैलाई केही हदसम्म भए पनि कागजातहरु प्रमाणित गराउन सहयोग पुर्याउन सकियोस भन्ने हेतुले अमेरिकी मापदन्ड, नियम कानुन पुरा गरी अब लाइसेन्स प्राप्त नोटरी पब्लिक ( Notary Public ) को रुपमा पनि मैले काम शुरु गरेको सहस्र जानकारी दिलाउँछु । अब उप्रान्त तपाईंका कागजात प्रमाणित (Notarize) गराउनु परेमा मलाई सम्झन सक्नुहुन्छ । If you want to notarize your Documents, you can contact me 24/7, we can translate from Nepali-English, Hindi-English - Ram Prasad Khanal, Notary Public/Realtor, 703-419-0924, Manassas VA



अमेरिकामा घर जग्गा किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि  !
 जिन्दगीमा घर धेरै पटक किनबेच गरिदैन,
 त्यो पनि अझ अमेरिकामा, घर किनबेच गर्दा सहि रियल्टर र कम्पनी छान्नु भएन भने पछी तपाईंले धेरै दु:ख र झन्झट पनि बेहोर्नुपर्ने मात्र होइन घर त्यसै छाड्नुपर्ने पनि हुनसक्छ पछी, तसर्थ परिपक्व, चिनेको र बिस्वासिलो रियल्टर र कम्पनी सँग घर किनबेच गर्नु तपाईंको लागि राम्रो हुन्छ ।   अमेरिकामा ३० बर्ष मा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.5 % वार्षिक । यो बेला घर किन्ने बेला हो । घर भएकाले दोस्रो घर किनेर राख्ने बेला हो । लगानी गरेर प्रतिफल कमाउने बेला हो । अमेरिकामा घर जग्गाको को भाउ बिस्तारै माथि जादै गरेकोले लगानी गर्नेहरुले प्रतिफल पाउने राम्रो अबसर छ, तपाईं ले पनि बिचार गर्ने कि ?? घर किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि म तपाईंलाई सहयोग गर्न तयार छु संपर्क गर्न सक्नुहुन्छ ।
If you want to Buy, Sale Home and Property in United States of America !  I can Help you !
- Ram Prasad Khanal - Realtor®
 Long and Foster
(Leading Real Estate company in the World)
Cell - 703-419-0924
Email : rampdkhanal@gmail.com
 "Note : This Advertisement is only for Those People Who Legally Live and Work in United State of America"  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक