20110407

एकीकृत नेकपा माओवादीका चेला चपेटा हरुद्वारा बिद्रोह शुरु !

एकीकृत नेकपा माओवादी परित्याग गरेका र अयोग्य लडाकूहरू मिलेर गठन गरेको नेकपा माओवादी जनबिद्रोह  का अध्यक्षसहित पाँच जना प्रमुख केन्द्रीय नेतालाई बुधबार प्रहरीले राजधानीबाट पक्राउ गरेको छ। राजधानीका तीन दर्जनभन्दा बढी स्थानमा बम विस्फोट गराउने तयारी गरिरहेको सो समू्हलाई प्रहरीले पक्राउ गरेको हो। वैशाखको पहिलो सातादेखि उपत्यकाबाट हिंस्ाात्मक जनबिद्रोह  गर्ने योजना बनाइरहेका बेला महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको प्रहरी टोलीले भक्तपुरको जगातीबाट पक्राउ गरेको थियो। महानगरीय प्रहरी आयुक्त कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा महाशाखाका प्रमुख हेमन्त मल्लले सो पार्टी
आबद्ध ५ जनालाई प्रहरीले पक्राउ गरेको जानकारी दिँदै वैशाखबाट अत्याधुनिक हतियार ल्याएर राजधानीमा आतंक फैलाउने गिरोह पक्राउ परेको जानकारी दिनुभयो। सो गिरोहलाई लामो समयदेखि खोजी गरी बुधबार बैठक बसिरहेका बेला पक्राउ परेको उहाँले बताउनुभयो। पक्राउ पर्नेहरूमा पार्टीध्यक्ष गिर्वाण उपनाम भएका ललित लिम्बू, पाँचथरका उपाध्यक्ष मुक्ति भीम ओझा, काठमाडौंका वरुण श्रेष्ठ, रामेछापका पार्टीैन्य कमान्डर अजय थापामगर र काभ्रेका पार्टीचिव रिचवान उपनामका नेत्रप्रसाद दाहाल रहेका छन्। उनीहरूमध्ये अजय थापामगर भूमिगत कालमा माओवादीको काठमाडौं जिल्ला सदस्य रहेको र मुक्ति भने पाँचथर फिदिम गाविसका पर्ूवअध्यक्ष रहेको प्रहरीले जनाएको छ।

गत जेठमा सो पार्टीठन गरी गोप्य रूपमा पोलिटब्युरोको बैठक बसी पार्टी भावी कार्यक्रम तय गरिरहेको गोप्य सूचनाका आधारमा बुधबार महानगरीय अपराध महाशाखाका प्रहरी टोलीले घर घेरा हालेर पक्राउ गरी उनीहरूका साथबाट २ थान पेस्तोल, ब्यानर, स्क्याप, कम्ब्याट, डायरी, पटाका, गोलीको खोका, प्रेसर कुकर, सहयोग रसिद, नगद, रिसिप, मोबाइल फोन, सिमकार्ड, अपिल, आर्थिक सहयोग माग्ने लेटरप्याड, छापलगायतका सामानहरू बरामद गरेको थियो। उनीहरूमध्ये लिम्बू, ओझा र थापामगरलाई बालुवाटारबाट तथा श्रेष्ठ र दाहाललाई भक्तपुर जगातीबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । उनीहरूले भक्तपुरका विभिन्न स्थानमा सैन्य अभ्याससमेत गर्दै आएका थिए। प्रहरीले उनीहरूको साथबाट कार्ययोजना, भारतबाट मगाएका हातहतियार र प्राविधिक तयारीसमेत फेला पारेको थियो।

प्रहरीले फेला पारेको दस्तावेजमा भरुवा बन्दुक २० थान, कटुवा पेस्तोल ४ थान, सिक्सर ३ थान, नीलोतुथो ३० हजार केजी फयुज, र्एचई फिटिङ १० थान, जिलेटिन र बिजुली बारुद संकलन गर्ने कार्ययोजनासमेत उल्लेख छ। गत माघ १५ देखि सैन्य हेडक्वाटर निर्माण गर्ने, माघ २५ गतेसम्म कम्तीमा ५ लाख रुपियाँ चन्दा सहयोगी संकलन गर्ने, फागुन १५ गतेसम्म १० देखि २० थान साना हतियार जुटाउने, मधेसका युवाहरुलाई पार्टी प्रवेश गराउने, गत फागुन १५ देखि अन्तरजिल्ला चन्दा संकलन तीव्र बनाउने, आगामी वैशाख १५ सम्म पुनः ५० थान हतियार जुटाउने, वैशाख १५ सम्म कम्तीमा ५ सयदेखि १ हजार जनासम्म जनसेना तयार गर्ने, आगामी वैशाखसम्ममा १० जिल्ला कमिटी गठन गरी संगठन विस्तार गर्ने, योजना बनाएको एसएसपी मल्लले जानकारी दिनुभयो।

उपत्यकाको १५ स्थानमा एकैपटक बम विस्फोटन गरी राज्यलाई आफनो पार्टी अस्तित्व जनाउनेजस्ता कार्ययोजना बनाइरहेको पनि प्रहरीले जनाएको छ। माओवादी त्यागेका र अयोग्य प्रमाणित लडाकू मिलेर सशस्त्र जनव्रि्रोहको तयारी गरिरहेको जानकारी आएपछि ६ महिनादेखि महाशाखाको टोली उनीहरुको खोजीमा जुटेको थियो। एके ४७, एसएलआरलगायतका अत्याधुनिक हतियारसहित उनीहरुले भक्तपुरका विभिन्न स्थानमा सैन्य अभ्यास गरेको जानकारी आए पनि प्रहरीले फेला पार्न सकेको थिएन।


अमेरिकामा घर जग्गा किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि  !
 जिन्दगीमा घर धेरै पटक किनबेच गरिदैन,
 त्यो पनि अझ अमेरिकामा, घर किनबेच गर्दा सहि रियल्टर र कम्पनी छान्नु भएन भने पछी तपाईंले धेरै दु:ख र झन्झट पनि बेहोर्नुपर्ने मात्र होइन घर त्यसै छाड्नुपर्ने पनि हुनसक्छ पछी, तसर्थ परिपक्व, चिनेको र बिस्वासिलो रियल्टर र कम्पनी सँग घर किनबेच गर्नु तपाईंको लागि राम्रो हुन्छ ।   अमेरिकामा ३० बर्ष मा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.5 % वार्षिक । यो बेला घर किन्ने बेला हो । घर भएकाले दोस्रो घर किनेर राख्ने बेला हो । लगानी गरेर प्रतिफल कमाउने बेला हो । अमेरिकामा घर जग्गाको को भाउ बिस्तारै माथि जादै गरेकोले लगानी गर्नेहरुले प्रतिफल पाउने राम्रो अबसर छ, तपाईं ले पनि बिचार गर्ने कि ?? घर किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि म तपाईंलाई सहयोग गर्न तयार छु संपर्क गर्न सक्नुहुन्छ ।
If you want to Buy, Sale Home and Property in United States of America !  I can Help you !
- Ram Prasad Khanal - Realtor®
 Long and Foster
(Leading Real Estate company in the World)
Cell - 703-419-0924
Email : rampdkhanal@gmail.com
 "Note : This Advertisement is only for Those People Who Legally Live and Work in United State of America"  

1 comment:

  1. DALLAS bro doest get surprised and will not be either. Its not their fault they are uneducated poor people. The one who is responsible is prachand. He is the bloody one who taught all these kind of terror techniques . The ongoing explosion in terai is also the consequences of maoists terror.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक