20110427

माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा बैठकमा !

Exclusive news......!
मन्त्रालयको नयाँ नाम : यार्सागुम्बु तथा रक्तचन्दन मन्त्रालय, ठेक्कापट्टा, भन्सार तथा मालामाल, गुटबन्दी गोदागोद तथा भन्डाफोर, मनोरन्जन तथा शुभलाभ र चाकरी चाप्लुसी तथा कमिसन मन्त्रालय!!!
माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा बैठकमा बाबुराम भट्टराई पक्षका केन्द्रीय सदस्य खगराज भट्टले कविताबाट अध्यक्ष पुष्पकमल दाहाललाई व्यंग्य गरे 'अनुहार उही, आचार उही, विचार उही लड्ने उही, लडाउने उही,' उनले भने, 'पालुङटार भाग दुई ।'मन्त्री विवाद मिलाउन नसकेको र पार्टीमा देखिएको विसंगतिबारे पनि उनले मन्त्रालयको नयाँ नाम यार्सागुम्बु तथा रक्तचन्दन मन्त्रालय, ठेक्कापट्टा, भन्सार तथा मालामाल, गुटबन्दी गोदागोद तथा भन्डाफोर, मनोरन्जन तथा शुलभलाभ र चाकरी चाप्लुसी तथा कमिसन मन्त्रालय बनाउन नेतृत्वलाई व्यंग्य गरे । वैद्य पक्षका केन्द्रीय सदस्यले अध्यक्ष दाहाल जनविद्रोहको नीतिबाट 'बहादुरीपूर्वक पछि हटेको' बताए...

माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा कार्यालय समयमा विशेष चहलपहल देखिन्छ । करिब डेढ सय नेताहरू हलभित्र चर्को बहस गरिरहेका छन् भने कार्यालय परिसरमा कार्यकर्ताहरू दिनभर रमाइलो गरेर बस्छन् । नेता तथा कार्यकर्ता र गाडीको भीडभाडका कारण पेरिसडाँडाको वातावरण रमाइलो देखिन्छ ।
पाँच दिनदेखि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म बस्ने जारी बैठकमा नेताहरूबीच हलभित्र चर्काचर्की भइरहेको हुन्छ, हल बाहिर बस्ने उनीहरूका सहयोगीबीच भने कुनै चर्काचर्की छैन । 'नेताहरूको विचार बहस आआफ्नो ठाउँमा छ,' स्थायी समिति सदस्यका एक सहयोगीले भने, 'हामीबीच मतभेद छैन किनभने हामी भोलि जसका पनि सहयोगी बन्न सक्छौं ।' नेताको हैसियतअनुसार उनीहरूले सहयोग राख्दै आएका छन् । पेरिसडाँडामा नेता तथा कार्यकर्ता, सुरक्षाकर्मी गरी करिब पाँच सयजना हरेक दिन जम्मा हुन्छन् ।
जसरी माओवादीको बैठक कार्यालय समयमा भइरहेको छ, त्यसरी नै खाजा खाने समय पनि मिलाइएको छ । दिउँसो एकदेखि दुई बजेसम्म खाजा समय तोकिएको छ । उनीहरूको खाजाको प्रकार सकभर हरेक दिन परिवर्तन हुन्छ । खाजामा मासु चिउरा, मम, पुरी-तरकारी, चाउमिन हुन्छ । कार्यालयको चमेना घरमा खाजाका लागि कुपनको व्यवस्था हुन्छ ।
बैठक लम्बिँदै जाँदा केन्द्रीय सदस्यहरूले कथा, कविता, व्यंग्यको सहाराले आफ्नो धारणा राख्न थालेका छन् । माओवादी प्रवक्ता दीनानाथ शर्माले बैठकमा वैचारिक बहस रमाइलो तरिकाले भइरहेको बताए । 'साथीहरूले आआफ्नो धारणा रमाइलो तरिकाले राखिरहनुभएको छ,' उनले भने, 'बैठक राम्रोसँग चलिरहेको छ ।' कतिपयले 'माओवादी शैली' अपनाएर कडा शैलीमा धारणा राख्दै आएका छन् भने धेरैले साहित्यको सहारा पनि लिएका छन् ।
मंगलबारको बैठकमा उपाध्यक्ष बाबुराम भट्टराई पक्षका केन्द्रीय सदस्य खगराज भट्टले कविताबाट अध्यक्ष पुष्पकमल दाहाललाई व्यंग्य गरे । 'अनुहार उही, आचार उही, विचार उही लड्ने उही, लडाउने उही,' उनले भने, 'पालुङटार भाग दुई ।' उनले बैठक तीन नेताबीच अन्तरसंघर्ष भएको पालुङटार दोहोरिन थालेको संकेत गरेका थिए ।
मन्त्री विवाद मिलाउन नसकेको र पार्टीमा देखिएको विसंगतिबारे पनि उनले मन्त्रालयको नयाँ नामसमेत थपे । उनले यार्सागुम्बु तथा रक्तचन्दन मन्त्रालय, ठेक्कापट्टा, भन्सार तथा मालामाल, गुटबन्दी गोदागोद तथा भन्डाफोर, मनोरन्जन तथा शुलभलाभ र चाकरी चाप्लुसी तथा कमिसन मन्त्रालय बनाउन नेतृत्वलाई व्यंग्य गरे । माओवादीमा यी प्रवृत्ति बढ्दै गएको दाहाल, वैद्य र भट्टराईले स्वीकार गर्दै आएका छन् । माओवादीमा मन्त्री चयनको विषयमा अझै पनि विवाद कायम छ ।
वैद्य पक्षका केन्द्रीय सदस्यले अध्यक्ष दाहाल जनविद्रोहको नीतिबाट 'बहादुरीपूर्वक पछि हटेको' बताए । 'अध्यक्षले ल्याएको राजनीतिक प्रस्तावले पार्टीलाई सुधारवादतर्फ लैजान्छ,' उनको भनाइ थियो, 'उहाँ बहादुरीपूर्वक पछि हटिरहनुभएको छ ।' त्यस्तै अर्का केन्द्रीय सदस्य सुरेश आले मगरले पनि व्यंग्यात्मक रूपमा धारणा राखेका थिए । लामो भाषण गर्न बानी परेका केन्द्रीय सदस्यका लागि सात मिनेट दिइएको छ । मंगलबारसम्म एक सय ४० जनाले दाहालको शान्ति र संविधानमा केन्द्रित र वैद्यको जनविद्रोहमा जानुपर्ने प्रस्तावबारे धारणा राखिसकेका छन् ।

सम्बाददाताको आवश्यकता !

छोटै समयमा विश्वभर छरिएर रहेका नेपालीका बिच लोकप्रिय बन्न सफल अमेरिकाबाट प्रकासित, Nepali community based www.NepalMother.com लाई हामी अन्तरराष्ट्रिय स्तरको News, Views, Entertainment Website का रुपमा बिकास गर्दै गैरहेका छौं , बिभिन्न देश तथा अमेरिकाका बिभिन्न स्टेट तथा शहरहरुमा नेपाल मदर डट कम का लागि सम्बाददाताहरुको आवश्यकता छ । आफ्नो बायोडाटा र एक प्रती फोटो सहित ईमेल info@nepalmother.com मा आबेदन पठाउनुहोला । समाचार लेख्न जान्ने, नेपाली टाइप गर्न जान्ने, फोटो र भिडियोको समेत नलेज भएकालाई बिशेष प्राथमिकता । हाललाई सम्बाददाताहरुले Volunteer का रुपमा सेवा गर्नु पर्नेछ ।
हामी तपाईंलाई पैसा दिन सक्दैनौ तर सम्मान र इज्यत अबस्य दिन्छौं, र हामी पनि नेपाल र नेपालीका लागि, Nepali Community का लागि निशुल्क काम गर्छौँ ।
- Editor in Chief, www.Nepalmother.com
अमेरिकामा घर जग्गा किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि  !
 जिन्दगीमा घर धेरै पटक किनबेच गरिदैन,
 त्यो पनि अझ अमेरिकामा, घर किनबेच गर्दा सहि रियल्टर र कम्पनी छान्नु भएन भने पछी तपाईंले धेरै दु:ख र झन्झट पनि बेहोर्नुपर्ने मात्र होइन घर त्यसै छाड्नुपर्ने पनि हुनसक्छ पछी, तसर्थ परिपक्व, चिनेको र बिस्वासिलो रियल्टर र कम्पनी सँग घर किनबेच गर्नु तपाईंको लागि राम्रो हुन्छ ।   अमेरिकामा ३० बर्ष मा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.5 % वार्षिक । यो बेला घर किन्ने बेला हो । घर भएकाले दोस्रो घर किनेर राख्ने बेला हो । लगानी गरेर प्रतिफल कमाउने बेला हो । अमेरिकामा घर जग्गाको को भाउ बिस्तारै माथि जादै गरेकोले लगानी गर्नेहरुले प्रतिफल पाउने राम्रो अबसर छ, तपाईं ले पनि बिचार गर्ने कि ?? घर किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि म तपाईंलाई सहयोग गर्न तयार छु संपर्क गर्न सक्नुहुन्छ ।
If you want to Buy, Sale Home and Property in United States of America !  I can Help you !
- Ram Prasad Khanal - Realtor®
 Long and Foster
(Leading Real Estate company in the World)
Cell - 703-419-0924
Email : rampdkhanal@gmail.com
 "Note : This Advertisement is only for Those People Who Legally Live and Work in United State of America" 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक