20110428

माओवादी नेताद्वारा बाँकेमा गाई काटेर सुकुटी बनाउने दुइवटा ठूला कारखाना सञ्चालन !

ट्रका ट्रक गाईको सुकुटी ठूला शहर जाने गरेको खुलासा !
नेपालगन्जदेखि १३ किलोमिटर पश्चिमस्थित बर्गदहीमा महिनौंदेखि गाई काटेर सुकुटी बनाई नेपालगन्जलगायत ठूला शहरमा पठाउने गरेको तथ्य फेला परेको हो। गाउँदेखि टाढा बाँझो खेत र नजिकै नालासमेत रहेकाले गाई काटेर छाला र मासु निकालेर अस्थिपञ्जर फाल्नसमेत उनीहरूलाई सजिलो भएको हो। नालामा २ सयभन्दा बढी गाईका अस्थिपञ्चर यत्रतत्र छरिएका छन्। त्यहाँ गन्हाएर जान सकिने अवस्था नै छैन। गाउँ प्रवेशका सबै द्वारमा सेन्ट्री राखी उनीहरूले दिनरात गाई काटेर सुकुटी बनाउने गरेका हुन्। गाई काट्न राखिएका कामदारहरूलाई त्यहीँ बस्ने र खानेसमेत व्यवस्था मिलाइएको थियो। घटनास्थलनजिकै आधा दर्जन जिउँदा गाईसमेत बाँधेर राखेको देखिएबाट पनि त्यहाँ मासु काटेर सुकुटी बनाउने गरेको पुष्टि हुन्छ।
दर्ुइ हप्ता लामो अनुसन्धानपछि बुधबार जिल्ला प्रहरी कार्यालय बाँकेले बर्गदहीमा गरेको अपरेसनबाट यी सबै कुराको पुष्टि भएको हो। प्रहरी निरीक्षक मुकुन्द रिजालको नेतृत्वमा तीनवटा मोटरसाइकलमा सादा पोसाकमा गएका ६ प्रहरीले गाई काट्ने मानिसलाई भने फेला पार्न सकेनन्।  प्रहरीले
अपरेसनका क्रममा घटनास्थलमा फेला पारेको १५ क्विन्टलजति मासु नालामा फालेर नष्ट गरेको छ भने सुकुटी बनाउने भट्टी भत्काइदिएको छ। प्रहरी निरीक्षक रिजालले माओवादीका स्थानीय नेता मुक्ति कुरैसी र जमिल कुरैसीले गाई काटेर सुकुटी बनाउने भट्टी सञ्चालन गरेको विशेष सूचना आएकाले अपरेसन गरेको बताए। उनका अनुसार प्रहरीले दुवैलाई पक्राउ गर्न टोली खटाइसकेको छ। बाँकेमा यसअघि पनि गाईको ४ क्विन्टल मासुसहित एक दर्जन मानिस पक्राउ परेका थिए। प्र्रहरीले कारबाही प्रक्रिया अघि बढाए पनि उनीहरू अदालतबाट छुटेका थिए। नेपालको राष्ट्रिय जनावर गाईलाई हिन्दू धर्मावलम्बीले माताका रूपमा पुज्ने हुनाले मुलुकी ऐनमा ँगोवध’ गर्नेलाई कडा सजायको व्यवस्था छ। मुलुकी ऐनको चौपाया महलअनुसार गाई र गोरु मार्नेलाई १२ वर्षर मार्न लगाउनेलाई ६ वर्षकैदको व्यवस्था छ।- News of Nepal

सम्बाददाताको आवश्यकता !

छोटै समयमा विश्वभर छरिएर रहेका नेपालीका बिच लोकप्रिय बन्न सफल अमेरिकाबाट प्रकासित, Nepali community based www.NepalMother.com लाई हामी अन्तरराष्ट्रिय स्तरको News, Views, Entertainment Website का रुपमा बिकास गर्दै गैरहेका छौं , बिभिन्न देश तथा अमेरिकाका बिभिन्न स्टेट तथा शहरहरुमा नेपाल मदर डट कम का लागि सम्बाददाताहरुको आवश्यकता छ । आफ्नो बायोडाटा र एक प्रती फोटो सहित ईमेल info@nepalmother.com मा आबेदन पठाउनुहोला । समाचार लेख्न जान्ने, नेपाली टाइप गर्न जान्ने, फोटो र भिडियोको समेत नलेज भएकालाई बिशेष प्राथमिकता । हाललाई सम्बाददाताहरुले Volunteer का रुपमा सेवा गर्नु पर्नेछ ।
हामी तपाईंलाई पैसा दिन सक्दैनौ तर सम्मान र इज्यत अबस्य दिन्छौं, र हामी पनि नेपाल र नेपालीका लागि, Nepali Community का लागि निशुल्क काम गर्छौँ ।
- Editor in Chief, www.Nepalmother.com

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक