20110412

निको छैन झलनाथ खनालको चाला पनि, माओवादी र मधेसी दुबै रुस्ठ, मन्त्रिको नामावली पठाएनन, एमाले का मन्त्री मात्रै थपे प्रधानमन्त्रीले !

Exclusive News......
ऊर्जा मन्त्री गोकर्ण बिष्टमाथि हतियारधारी समूहले सोमबार साँझ खुकुरी प्रहार !
एकीकृत नेकपा माओवादीले गृह मन्त्रालय आफुले नपाएसम्म मन्त्रीको नाम नपठाउने बताएको छ। सरकार बनेको दुई महिनासम्म गृहबारे प्रधानमन्त्री झलनाथ खनालको निर्णय कुरेर बसेको भन्दै उसले त्यसको निश्चित नभएसम्म थप मन्त्री नपठाउने जनाएको हो । खनालले पार्टीभित्रको अप्ठ्यारोका कारण गृहबारे निर्णय गर्न नसकेको माओवादीलाई बताएका छन् ।
नेकपा एमालेका युवा नेता तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी तोकिएका गोकर्ण बिष्टमाथि
हतियारधारी समूहले सोमबार साँझ खुकुरी प्रहार गरी घाइते बनाएको छन्।दुईवटा कालो पल्सर मोटरसाइकल आएका अज्ञात समूहले बिष्टँ बस्दै आएको गोङ्गबुँस्थित निवासको ढोका नजिकै नेता बिष्टमाथि खुकुरी प्रहार गरेका हुन्। नेता बिष्टको टाउको र हातमा सामान्य चोट लागेको छ। बिष्ट उपचारका लागि ठमेलस्थित मनमोहन अस्पतालमा भर्ना भएको महानगरिय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले जनाएको छ। उनलाई सोमबार साँझ नै विस्तार गरिएको मण्डलमा ऊर्जा मन्त्रालयको जिम्मेवारी तोकिएको थियो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक