20110413

तपाईं सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरुमा २०६८

- Ram Prasad Khanal - President
International Artists Forum, USA
* Editor In Chief - NepalMother.com and Family
नया बर्षको सुभकामना !

- ध्रुव थापा 


गफ भाषण र झुटो आश्वासनको खेती गरेर

लहलह परेका दिवा सपनाहरु उमार्न खप्पिस हामी

दिन रात राजनिति र कुटनितिका बहसमा

देशलाई भित्तामै पुर्याउन लागेका छौ


विरताका तक्माहरुसितै सोकेसमा

लावारीस भएर टासिएकाछन्

विकासका योजनाहरु ।

फगत पैतालाहरु झुटो आश्वासनमा

हर गल्लीहरुमा दौडिरहेकाछन्

जिन्दगी अरुकै इशारामा नाचेको छ

विश्व हाम्रो तमासामा हाँसेको छ ।


धनीहरु मुकछन् कालो धन्धा कमाउन

गरीवहरु भावुकछन् कालो झण्डा हल्लाउन

नेताहरु गौरवान्तितछन् सारा देशनै हल्लाउन

विकास र प्रगतिलाई जेलखानामा कैद गराई

हिशा हत्या र जातियताको नाममा

खुलेआम व्यापार सलबलाएको छ जता ततै ।


"फुटाउ र शासन" गरको गुरु मन्त्र बोकेर

देश नेता र राजनिति अहिले नामैले भ्रष्ट छ

देश कुनदिशातर्फ गईरहेछ जान्नेलाई प्रश्ट छ

किनभने देश दिन दिनै संक्रमन रोगले ग्रस्त छ

गफै त हो सबै यहाँ मिठो गफमै मस्त छ ।




2


हामीलाई बानी बसेको छ सधै गफ गर्ने

अर्काकै भरमा आफनो शान र नाम कमाउने

जहाँ जसरी भएपनि नाम भने आउनै पर्ने

हामी कत्ति भोका छौ नाम र झुटो शानको

न जाने गाँउको बाटै न सोधनु भन्दा


न जानेकै विषयमा बहस दिन खप्पिस हामी

ब्रमाण्डकै ज्ञानको शान देखाउने हामी

घरभित्र कस्तो गृहयुद्ध चलिरहेछ थाहा हुन्न

विश्व शान्ति र बुद्धको ज्ञानको धाक लगाएर

सगरमाथाको नाँउमा झुटो टाउको उचालेर




गोर्खालीको बहादुरीको इतिहासको धाक लाएर


दिन भरी पसलमा उधारो चियाको चुश्कीमा

विश्व राजनितिको बहस गर्न व्यस्तछौ हामी ।

कोक्रोमा धुधे बालक र सुत्केरी स्वास्नीलाई

एक छाक जोहो गर्ने हम्मे हम्मे हुदापिन


खोक्रो पुरुशार्थ देखाएर धाक लाउने

वास्तवमै विर र स्वाभिमानी छौ हामी ।

जाती, बंश र पुर्खाको धाकलाएर

अर्कालाई होच्चाउन खप्पिस हामी

वास्तवमै महान उच्च र विरछौ

गफैत हो शारंगीको पेट रेटेरपिन


साडेको हुंकार र भ्यागुतोको टरटरमा

दिनलाई रात र रातलाई दिन बनाउने

अकबर र विरबलको कथाको पात्र जस्तै

कुन दाउपेचले आफुलाई उच्च देखाउने

खोक्रा बहस र गफमा हरेक यहा व्यस्त छ

देशभने गरिवी र बेरोजगारीले ग्रस्त छ ।


गफै त हो सबै यहाँ मिठो गफमै मस्त छ ।

तर आशा गरौ नयाँ वर्षले नया विवेक ल्याओस्

नयाँ जोश जाँगर र नयापन ल्याओस्

देशमा ढाकेको कालो बादल फाटेर

मोतिझै चम्कने हिमशिखर देख्न पाओस्

देशका हरेक गल्लीहरुमा हरेक देशबासीमा


नया शुर्यको किरणले न्यानोपन ल्याओस्

यहि कामना छ नया बर्षमा

गफैत हो गफैमा भएपनि नयाँ नेपाल आओस्

आशा गरौ यि गफ र हाँक एकदिन राम्रो

कार्ययोजना बन्न र देश विकासमा काम आओस ।

नत्र भने गफै त हो देश गफैको विषय मात्र नबनोस ।


--
Dhruva Thapa
Founder/Chief Editor
www.hamrosamaj.net

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक