20110414

प्रधानमन्त्री खनालले आयोजना गरेको चियापानमा एमाले बरिष्ठ नेता माधवकुमार नेपाल र केपी शर्मा ओली गएनन् !

झलानाथ खनाल प्रधानमन्त्री निर्वाचित भएलगत्तै गृह मन्त्रालय माओवादीलाई नदिन आग्रहसहितको पत्र बुझाउन बालुवाटार पुगेका केपि ओलीलाई सुरक्षाकर्मीले छिर्न नदिएपछि 'अबदेखि खनाललाई भेट्न बालुवाटार आउँदिन' भन्दै फर्किएका ओलि र पु्वप्रधानमन्त्रि माधव नेपाल नयाँ वर्षको अवसरमा प्रधानमन्त्री झलनाथ खनालले बिहीबार सरकारी निवास बालुवाटारमा आयोजना गरेको चियापान कार्यक्रममा गएनन् । चियापान समारोहमा राजनीतिक दलका नेता, सभासदहरु, विदेशी कुटनीतिज्ञहरु, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी तथा एमाले, माओवादीलगायत दलका कार्यकर्ताको ठूलो संख्यामा उपस्थिति थियो । तर पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री खनालले आयोजना गरेको चियापानमा एमाले बरिष्ठ नेता माधवकुमार नेपाल र केपी शर्मा ओली गएनन् । पछिल्लो मन्त्रिमण्डल विस्तारपछि पनि नेपाल-ओली खनालसँग चिढिएका छन् । दुवै नेताले सिफारिस गरेका नेतालाई मन्त्री नबनाएपछि दुई नेताले सार्वजनिकरुपमै प्रधानमन्त्रीको आलोचना
गरेका थिए । नेपाल-ओली प्रधानमन्त्रीको चियापानमा नगएपछि उपस्थित नेता तथा एमाले कार्यकर्ताहरुले 'कानेखुसि' गरेका थिए । चियापानमा भारतीय राजदूत राकेश सूद पनि गएनन् ।प्रधानमन्त्रीको चियापान समारोहमा राष्ट्रपति रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलगायत शीर्ष नेताहरु सहभागी भए ।


अमेरिकामा घर जग्गा किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि  !
 जिन्दगीमा घर धेरै पटक किनबेच गरिदैन,
 त्यो पनि अझ अमेरिकामा, घर किनबेच गर्दा सहि रियल्टर र कम्पनी छान्नु भएन भने पछी तपाईंले धेरै दु:ख र झन्झट पनि बेहोर्नुपर्ने मात्र होइन घर त्यसै छाड्नुपर्ने पनि हुनसक्छ पछी, तसर्थ परिपक्व, चिनेको र बिस्वासिलो रियल्टर र कम्पनी सँग घर किनबेच गर्नु तपाईंको लागि राम्रो हुन्छ ।   अमेरिकामा ३० बर्ष मा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.5 % वार्षिक । यो बेला घर किन्ने बेला हो । घर भएकाले दोस्रो घर किनेर राख्ने बेला हो । लगानी गरेर प्रतिफल कमाउने बेला हो । अमेरिकामा घर जग्गाको को भाउ बिस्तारै माथि जादै गरेकोले लगानी गर्नेहरुले प्रतिफल पाउने राम्रो अबसर छ, तपाईं ले पनि बिचार गर्ने कि ?? घर किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि म तपाईंलाई सहयोग गर्न तयार छु संपर्क गर्न सक्नुहुन्छ ।
If you want to Buy, Sale Home and Property in United States of America !  I can Help you !
- Ram Prasad Khanal - Realtor®
 Long and Foster
(Leading Real Estate company in the World)
Cell - 703-419-0924
Email : rampdkhanal@gmail.com
 "Note : This Advertisement is only for Those People Who Legally Live and Work in United State of America"  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक