20110419

जेठ १४ भित्र नयाँ संविधानको एकीकृत मस्यौदा नआए नेताहरुलाइ कोठाभित्र थुन्ने चेतावनी

६ सय १ जना सभासदको श्राद्ध गर्दैहिंडेका शर्मा पक्राउ, 
रातो पासपोर्ट दुरुपयोगको अभियोगमा २ सभासद गिरफ्तार
६ सय १ जना सभासदको श्राद्ध गर्दैहिंडेका बर्दिया गुलरियाका राकेशकुमार शर्मालाई प्रहरीले आज बुटवलबाट पक्राउ गरेको छ । बुटवलको मिडियाचोकमा ६ सय १ जना सभासदहरुको कार्टुनसहितको ११ महिने मासिक श्राद्ध गर्नेक्रममा प्रहरीले पक्राउ गरेको हो । पुजारीलाई राखी मासिक श्राद्ध गरेका शर्मालाई श्राद्ध सकिए लगत्तै इलाका प्रहरी कार्यालय बुटवलबाट आएकोप्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले मासिक श्राद्धका लागि शर्माले ल्याएको ६ सय १ जना सभासदहरुको कार्टुनसमेत बरामद गरेको
छ ।

 रातो पासपोर्ट दुरुपयोगको अभियोगमा २ सभासदलाइ प्रहरीले गिरफ्तार गरेको छ। कुटनैतिक प्रयोजनका लागि सरकारले प्रदान गर्ने सो विषेश किसिमको पासपोर्ट दुरुपयोग गर्ने नेपाल जनता दलकी सभासद गायत्री शाह र मधेशी जनअधिकार फोरम नेपालका वीपी यादव पक्राउ परेका हुन्। उनीहरुलाई व्यवस्थापिका संसदको बैठकबाट निस्कने बेला प्रहरीले पक्राउ गरेको हो। केन्द्रीय अनुसन्धान ब्यूरोले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा प्रहरीले उनीहरुलाई समातेको हो।

नेकपा एमालेका युवा सभासदहरुले जेठ १४ भित्र नयाँ संविधानको एकीकृत मस्यौदा नआए नेताहरुलाइ कोठाभित्र थुन्ने चेतावनी दिएका छन्। उनीहरुले संविधान जारी गर्न नसकिए पनि जेठ १४ सम्ममा संविधानको पहिलो मस्यौदा तयार नभए संविधान सभाको म्याद थप्ने वातावरण नबन्ने भन्दै नेतृत्वलाई सचेत गराएका हुन्। वरिष्ठ नेता तथा संवैधानिक समिति अन्तर्गत विवाद समाधान उपसमितिका सदस्य माधव नेपाललाइ भेट गरी आज उनीहरुले संविधान निर्माण प्रकृयालाई गतिदिन आग्रह गरेका छन्। नेपालले जेठ १४ मा संविधानको पहिलो मस्यौदा सार्वजानिक गर्नका लागि पनि दवाब सृजना गर्न सभासदहरुसंग आग्रह गरेको भेटमा सहभागी सभासद पदमा अर्यालले जानकारी दिइन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक