20110420

हाँस्यकालाकार हरिबँस आचार्यकी धर्म पत्नी एबम कलाकार, उदघोसिका मिरा आचार्यको असामयिक दु:खद निधन, अन्तराष्ट्रिय कलाकार मन्चका तर्फबाट हार्दिक समबेदना !

अन्तराष्ट्रिय कलाकार मन्चका तर्फबाट अध्यक्ष्य राम प्रसाद खनालले अमेरिकामा एक प्रेस रिलिज जारी गर्दै बरिस्ठ हाँस्यकालाकार हरिबँस आचार्यकी धर्म पत्नी एबम कलाकार, उदघोसिका मिरा आचार्यको असामयिक दु:खद निधन भएको खबरले मन्च एबम सम्पूर्ण कलाकार जगत स्तब्ध भएको भन्दै यस् दु:खद घडीमा स्वर्गिय आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त सम्पूर्ण परिवार जनमा हार्दिक समबेदना प्रकट गर्नुभएकोछ । हास्य कलाकार आचार्यकी श्रीमती मीरा आचार्यको ४६ वर्षको उमेरमा काठमाडौँ मोडल अस्पतालमा निधन भएको छ। मुटु रोगका कारण पेसमेकर (कृत्रिम ह्रदय गति उपकरण) जडान गरिएकी आचार्यलाई आइतबार अस्पताल भर्ना
गरिएको थियो। सोमबारदेखि उनको स्वास्थ्य झन् बिग्रिएको थियो। अवस्था चिन्ताजनक भएपछि हिजो उनलाई कृत्रिम श्वास प्रणालीमा राखिएको थियो। अमेरिकामा रहेका आफ्ना छोरा त्रिलोक नफर्कुन्जेल यो समाचारलाई सार्वजनिक नगर्न आचार्यले सञ्चारकर्मीहरुलाई अनुरोध गरेका थिए। आचार्य स्वयं पनि हिजो रक्तचापमा असन्तुलन भएर सलाइन पानीका साथ अस्पतालमा थिए। छोरा आज बिहान काठमाडौँ आइपुगेपछि चिकित्सकहरुले उनको निधनको घोषणा गरेका हुन्। मीरा रेडियो नेपाल र विभिन्न एफएमकी चर्चित कार्यक्रम प्रस्तोता पनि थिइन्। विभिन्न विज्ञापन र सिरियलहरुमा उनले आवाज दिएकी थिइन्। हरिवंशसित उनको विवाह २०४० सालमा भएको थियो।



अमेरिकामा घर जग्गा किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि  !
 जिन्दगीमा घर धेरै पटक किनबेच गरिदैन,
 त्यो पनि अझ अमेरिकामा, घर किनबेच गर्दा सहि रियल्टर र कम्पनी छान्नु भएन भने पछी तपाईंले धेरै दु:ख र झन्झट पनि बेहोर्नुपर्ने मात्र होइन घर त्यसै छाड्नुपर्ने पनि हुनसक्छ पछी, तसर्थ परिपक्व, चिनेको र बिस्वासिलो रियल्टर र कम्पनी सँग घर किनबेच गर्नु तपाईंको लागि राम्रो हुन्छ ।   अमेरिकामा ३० बर्ष मा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.5 % वार्षिक । यो बेला घर किन्ने बेला हो । घर भएकाले दोस्रो घर किनेर राख्ने बेला हो । लगानी गरेर प्रतिफल कमाउने बेला हो । अमेरिकामा घर जग्गाको को भाउ बिस्तारै माथि जादै गरेकोले लगानी गर्नेहरुले प्रतिफल पाउने राम्रो अबसर छ, तपाईं ले पनि बिचार गर्ने कि ?? घर किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि म तपाईंलाई सहयोग गर्न तयार छु संपर्क गर्न सक्नुहुन्छ ।
If you want to Buy, Sale Home and Property in United States of America !  I can Help you !
- Ram Prasad Khanal - Realtor®
 Long and Foster
(Leading Real Estate company in the World)
Cell - 703-419-0924
Email : rampdkhanal@gmail.com
 "Note : This Advertisement is only for Those People Who Legally Live and Work in United State of America"  

2 comments:

  1. मीरा भाउजुको असामयिक निधनले स्तब्ध परेको छ | उहाको दिवंगत आत्माको चीर शान्तिको कामना र कलाकार हरिबंश आचार्य र परिवारमा शोक र पीडालाई सहन गर्ने शक्ति मिलोस भन्ने प्रार्थना गर्दछौ |

    Ram Kumar Bimali and family

    ReplyDelete
  2. प्रशिद्ध हाँस्य अभिनेता हरिबँश आचार्यकी श्रीमती उद्घोषिका मीरा आचार्यको दु:खद निधनले नेपाली मिडिया जगत तथा कला क्षेत्र अनी सम्पूर्ण दर्शक र पाठक स्तब्ध बनेकोछ । वहाँको आत्माले चिर शान्ती पाऊन् ।

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक