20110420

नयाँ लोकतान्त्रिक नेपालका १ करोड ६० लाख रुपियाँ लिएर सुविधाको रातो पासपोर्ट बेच्ने दुइ सभासद्लाई प्रहरीले पक्राउ !

Exclusive News.......
मोटो रकम लिएर सुविधाको रातो पासपोर्ट बेच्ने दुइ सभासद्लाई प्रहरीले मंगलबार पक्राउ गरी कारबाही अगाडि बढाएको छ। आफनो नाममा जारी भएको पासपोर्ट जानी-जानी बेच्ने जनता दलकी सभासद् गायत्री साह र मधेसी जनअधिकार फोरमका सभासद् विश्वनाथप्रसाद यादवलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो -सीआईबी) ले मंगलबार दिउँसो संविधानसभा भवनबाट निस्कँदै गर्दा पक्राउ गरेको थियो। सभासद् यादव र साहको नाममा १२ अगस्ट २००८ र २५ जुलाई २००८ मा जारी भएका ती पासपोर्ट १ करोड ६० लाख रुपियाँमा बेचेको आधार फेलापरेको सीआईबी प्रमुख प्रहरी नायब महानिरीक्षक राजेन्द्रसिंह भण्डारीले जानकारी दिनुभयो। पक्राउ परेका व्यक्तिले अबुधाबी प्रहरीलाई आफूहरूले उक्त पासपोर्ट ठूलो रकम दिएर किनेको जानकारी दिँदै अपराधसमेत स्वीकार गरेको जानकारी अबुधाबी प्रहरीले नेपाल सरकारलाई गराएको
समेत डीआईजी भण्डारीले बताउनुभयो। तीन वर्षघि जारी भएको उक्त पासपोर्ट सभासद्द्वयले मोटो रकम लिएर पृथ्वी छन्त्याल र एक महिलालाई बेचेकोमा उनीहरू सोही पासपोर्ट बोकेर काठमाडौं, अबुधाबी हुँदै अस्ट्रेलिया जान लागेका बेला अबुधाबी प्रहरीले पक्राउ गरी नेपाल फिर्ता गरिदिएको थियो। काठमाडौंबाट इत्तेहाद एयरवेजबाट १६ जनवरी २०११ का दिन अबुधाबी पुगेका ती दुइ व्यक्तिलाई त्यहाँको प्रहरीले पक्राउ गरी जनवरी १८ मा सोही विमानबाट काठमाडौं डिपोर्ट गरेको भए पनि एयरपोर्टस्थित अध्यागमन विभागले पक्राउ नगरी मिलेमतोमा छाडिदिएपछि उनीहरू फरार भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत अध्यागमनका कर्मचारी र प्रहरीको मिलेमतोमा काठमाडौंबाट उड्न सफल भएका उनीहरूलाई अबुधाबी प्रहरीले नेपाल सरकारलाई जानकारी गराएर फिर्ता गरेको भए पनि अध्यागमन विभागका कर्मचारीले पक्राउ नगरी भगाउने काम गरेको सो घटनाको अनुसन्धान गरिरहेका सीआईबीका एक अधिकृतले नेपाल समाचारपत्रलाई जानकारी दिए। सभासद्द्वयको फोटो परिवर्तन गरी छन्त्याल र नाम नखुलेकी ती महिलाको फोटो टाँसी रातो पासपोर्ट लिएर जाँदासमेत उनीहरूले पासपोर्टमा स्टिकर टाँस्ने र डिपार्चरको स्टाम्पसमेत हानेर पठाएको देखिएकाले उक्त अवैध काममा संलग्न अध्यागमन अधिकारीमाथि समेत कारबाही हुने सीआईबी प्रमुख डीआईजी भण्डारीले जानकारी दिनुभयो। सभासद्को राहदानी दुरुपयोग गरेको अभियोगमा नेपाल फर्काइएका उनीहरूलाई अध्यागमन विभागले मात्र पक्राउ गर्न सक्ने प्रावधान भएकाले उनीहरू फरार भएको प्रहरीले दाबी गरेको छ।
प्रहरीले सभासद्द्वयले आफनो नाममा जारी भएको पासपोर्टको फोटो भएको पन्ना निकालेर अरू व्यहोरा भएको सबै कागज उनीहरूलाई दिएको प्रहरीले बरामद गरेको पासपोर्टको ल्याबटेस्टबाट पत्ता लगाएको छ। प्रहरीले सभासद्बाट बरामद गरेको पासपोर्टमा भने उनीहरूको फोटो जस्ताको तस्तै रहेको छ। जनता दल र मधेसी जनअधिकार फोरमबाट समानुपातिकबाट सभासद् भएका साह र यादवको नाममा जारी ०१९८२७ र ०१९८९३ नम्बरको कूटनैतिक पासपोर्ट जारी भएको थियो। सभासद्का नाममा जारी भएको १२ वटा अर्को पासपोर्टसमेत दुरुपयोग भएको आशंकामा छानबिन अगाडि बढाएको र दुरुपयोग भएको भनिएको ती पासपोर्टका बारेमा तथ्य संकलन गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत सभासद्द्वय साह र यादवले कूटनैतिक पासपोर्ट दुरुपयोग गरिरहेको बारेमा अनुसन्धान अगाडि बढाइरहेका बेला प्रहरीले फौजदारी अभियोग र सरकारी छाप किर्ते गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरी प्रहरीपरिसर हनुमानढोकामा राखेको छ।
परराष्ट्र मन्त्रालयले कूटनैतिक पासपोर्ट सभासद्द्वयबाट दुरुपयोग भएको जानकारी संविधानसभालाई गराएपछि संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले कारबाहीका लागि सरकारलाई निर्देशन दिएको भए पनि वर्तमान सरकारले आफूहरूलाई र्समर्थन गरेको सभासद् भएका कारण कारबाहीका लागि ढिलासुस्ती गरिरहेका बेला प्रहरीले अनुसन्धान गर्दा उनीहरू दोषी देखिएपछि पक्राउ गरी कारबाही अगाडि बढाएको हो।

संसद् अधिवेशन चलिरहेका बेला सभासद्हरूलाई पक्राउ गर्न नमिल्ने व्यवस्था संविधानसभाको धारा ५६ मा उल्लेख भए पनि उपधारा ५ मा सभासद्लाई कुनै फौजदारी अभियोग लागेको भए पक्राउ गर्ने अधिकारीले पक्राउ गर्नुपर्ने कारणसहितको जानकारी सभाको अध्यक्षता गर्ने अध्यक्षलाई जानकारी गराएपछि कारबाही प्रक्रिया अगाडि बढाउन सकिने उल्लेख छ। ब्युरोले दुइ सभासद्लाई पक्राउ गरेको केही क्षणमा नै सभाध्यक्ष नेम्वाङलाई जानकारी गराएको डीआईजी भण्डारीले जानकारी दिनुभयो। पक्राउ परेका सभासद्को बारेमा जिज्ञासा राख्दा सभाध्यक्ष नेम्वाङले भन्नुभयो- ँम कानुनको शासनमा विश्वास राख्ने व्यक्ति हुँ, देशको कानुनी व्यवस्थाअनुसार कारबाही हुनेछ। कानुनलाई आफनो बाटो लिन दिऊँ।’ प्रहरीले फौजदारी अभियोगमा सभासद्द्वयलाई पक्राउ गरेको भए पनि उनीहरू निलम्बन भएका छैनन्। सभासद्लाई भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही गरेमा निलम्बन हुने कानुनी व्यवस्था भएको तर अन्य अपराधको हकमा भने कानुनी व्यवस्था नभएकाले सभासद्द्वय प्रहरी खोरमा भए पनि उनीहरूको सभासद् पद भने कायमै रहने भएको छ। प्रहरीले उनीहरूविरुद्ध राहदानी ऐन २०२४ र सरकारी कागज किर्ते ऐनमा कारबाही अगाडि बढाउने भएको छ। राहदानी ऐनमा कूटनैतिक पासपोर्ट दुरुपयोग गर्नेलाई एक वर्षजेल सजाय र ५ सय जरिवाना गर्ने व्यवस्था छ। सरकारी छाप किर्ते गर्नेलाई दर्ुइ वर्षजेल सजायको व्यवस्था गरिएको छ।


अमेरिकामा घर जग्गा किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि  !
 जिन्दगीमा घर धेरै पटक किनबेच गरिदैन,
 त्यो पनि अझ अमेरिकामा, घर किनबेच गर्दा सहि रियल्टर र कम्पनी छान्नु भएन भने पछी तपाईंले धेरै दु:ख र झन्झट पनि बेहोर्नुपर्ने मात्र होइन घर त्यसै छाड्नुपर्ने पनि हुनसक्छ पछी, तसर्थ परिपक्व, चिनेको र बिस्वासिलो रियल्टर र कम्पनी सँग घर किनबेच गर्नु तपाईंको लागि राम्रो हुन्छ ।   अमेरिकामा ३० बर्ष मा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.5 % वार्षिक । यो बेला घर किन्ने बेला हो । घर भएकाले दोस्रो घर किनेर राख्ने बेला हो । लगानी गरेर प्रतिफल कमाउने बेला हो । अमेरिकामा घर जग्गाको को भाउ बिस्तारै माथि जादै गरेकोले लगानी गर्नेहरुले प्रतिफल पाउने राम्रो अबसर छ, तपाईं ले पनि बिचार गर्ने कि ?? घर किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि म तपाईंलाई सहयोग गर्न तयार छु संपर्क गर्न सक्नुहुन्छ ।
If you want to Buy, Sale Home and Property in United States of America !  I can Help you !
- Ram Prasad Khanal - Realtor®
 Long and Foster
(Leading Real Estate company in the World)
Cell - 703-419-0924
Email : rampdkhanal@gmail.com
 "Note : This Advertisement is only for Those People Who Legally Live and Work in United State of America"  

1 comment:

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक