20110421

साई बाबाका केही अंगहरुले काम गर्न छाडेपछि उपचारमा संलग्न चिकित्सकहरु चिन्तित, भेन्टिलेटर कै सहायतामा साई बाबा, अमेरिकाबाट विशेष उपकरणसहित विज्ञहरुको टोली भारत आउँदै

साइ बाबा आफैले अझै बाँच्छु भने पनि डाक्टरहरु भन्छन अब बँचाउन गार्हो छ !
Breaking News........
भारतीय आध्यात्मिक नेता साई बाबाका केही अंगहरुले काम गर्न छाडेपछि उपचारमा संलग्न चिकित्सकहरु चिन्तित भएका छन्। आज बिहान आठ बजे अस्पतालले जारी गरेको बुलेटिनमा उनको कलेजोले काम गर्न छाडेको र रक्तचाप अत्यन्तै कम भएको उल्लेख छ। उनलाई अझै पनि भेन्टिलेटर कै सहायतामा राखिएको छ। अमेरिकाबाट विशेष उपकरणसहित विज्ञहरुको टोली भारत आउँदै गरेको पनि एजेन्सीहरुले जनाएका छन्। ८६ वर्षीय साई बाबालाई गत चैत १४ गते अस्पतालमा भर्ना गरिएको थियो। ९६ वर्षसम्म बाँच्ने आफैले
घोषणा गरेका साई बाबाको स्वास्थ्य बिग्रेको खबरपछि उनी उपचाररत अस्पतालमा भक्तहरुको भीड लागेको छ। राज्य सरकारले पुट्टपर्थी र अनन्तपुर जिल्लालाई उच्च सतर्कता अपनाउँदै उनको आश्रम प्रशान्ति निलयममा चार तहको सुरक्षा घेरा राखेको छ। सुरक्षाका अतिरिक्त सरकारलाई अर्बौँको सम्पति रहेको साई बाबाको ट्रस्टका उत्तराधिकारीका लागि समेत संघर्ष चर्किने भय छ। साई बाबाको स्वास्थ्य बिग्रेको खबरपछि ट्रस्टका दुई प्रमुख सदस्यहरु भारतका पूर्व प्रधानन्यायाधीश पीएन भगवती र इन्दुलाल साह पुट्टपर्थीतिर लागेका छन्।


अमेरिकामा घर जग्गा किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि  !
 जिन्दगीमा घर धेरै पटक किनबेच गरिदैन,
 त्यो पनि अझ अमेरिकामा, घर किनबेच गर्दा सहि रियल्टर र कम्पनी छान्नु भएन भने पछी तपाईंले धेरै दु:ख र झन्झट पनि बेहोर्नुपर्ने मात्र होइन घर त्यसै छाड्नुपर्ने पनि हुनसक्छ पछी, तसर्थ परिपक्व, चिनेको र बिस्वासिलो रियल्टर र कम्पनी सँग घर किनबेच गर्नु तपाईंको लागि राम्रो हुन्छ ।   अमेरिकामा ३० बर्ष मा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.5 % वार्षिक । यो बेला घर किन्ने बेला हो । घर भएकाले दोस्रो घर किनेर राख्ने बेला हो । लगानी गरेर प्रतिफल कमाउने बेला हो । अमेरिकामा घर जग्गाको को भाउ बिस्तारै माथि जादै गरेकोले लगानी गर्नेहरुले प्रतिफल पाउने राम्रो अबसर छ, तपाईं ले पनि बिचार गर्ने कि ?? घर किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि म तपाईंलाई सहयोग गर्न तयार छु संपर्क गर्न सक्नुहुन्छ ।
If you want to Buy, Sale Home and Property in United States of America !  I can Help you !
- Ram Prasad Khanal - Realtor®
 Long and Foster
(Leading Real Estate company in the World)
Cell - 703-419-0924
Email : rampdkhanal@gmail.com
 "Note : This Advertisement is only for Those People Who Legally Live and Work in United State of America"  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक